logo

बिद्यालय परिसर बन्यो गिट्टी बालुवाको बिक्री भण्डार

      6/14/2018 गते 00 00 मा प्रकाशित     839   पटक पढिएको

बीरगंज १ असार । 
जगरनाथपुर गाउँपालिका वडा नं ५ मा बहहुवरी प्रसौनीमा रहेको  श्री नेपाल राष्ट्रीय प्रथामिक बिद्यालयको प्राङ्गण गिट्टी बालुवाको बिक्री कक्ष बनेको छ ।

पर्खालले घेरिएको बिद्यालयको प्राङ्गणमा निर्माण ब्यवसायी समेत रहेका वडाध्यक्ष रामअयोध्या कुर्मीको गिट्टी बालुवा भण्डारण गरिएको हो । जंगलबाट निकासी गरि ल्याइएको गिट्टी बालुवा बिद्यालय परिसमा भण्डारण हुदा बिद्यालयका वालवालिकाको शिक्षामा नराम्रो प्रभाव परेको छ । बिद्यालयमा जम्मा १ सय २० जना बिद्यार्थी रहेका छन ।

 

बालुवा गिट्टी बोकेर परिसरमा पस्ने ट्रयाक्टरको आवाजको कारण बिद्यार्थीलाई पढाउन नसकिएको बिद्यालयका शिक्षकहरुको भनाई छ । वालवालिकाको शिक्षामा प्रतिकुल असर परिरहेको बिदालयका सहायक प्रधानाध्यापक जीतेन्द्र पाण्डेले बताए । उनले पनि बिद्यालय शिक्षाको बिषयमा स्थानीयमा जागरुकताको कमी भएको चर्चा गर्दै बिद्यालय परिसरमा वार्डअध्यक्ष  कुर्मीको इच्छालेनै गिट्टीबालुवा भण्डारण भइरहेको बताए ।

 

बहुवरी प्रसौनीकै ब्यक्ति वार्डअध्यक्ष बिजयी भएको र उनैले बिदालय परिसरमा गिट्टी बालुवा राख्न लगाएकोले उनको कामप्रति कसैले सवाल उठान नसकेको एक शिक्षकले बताए ।

 

तराईमा  प्रचण्ड गर्मी छल्न बिहानमा कक्षा संचालन गर्ने चलन छ । बिहानको शितल समय अध्ययन अध्यापन ठिक मानिन्छ तर  त्यही बेला ट्रयाक्टरको आवाजले शिक्षक र बिद्यार्थीको ध्यान भंग गर्छ ।

 

अहिले ठेक्का पट्टाको काम छाडेको बताउने वार्डअध्यक्ष आमअयोध्या कुर्मी भने बिद्यालय प्रशासनले गिट्टी बालुवा राख्न दिएको भन्दै आफनो बचाउमा लागेका छन । उनले आफूले  राखेको नभई तर अव जिम्मेवार मान्छे भएपछि जिम्मेवारी त लिनै पर्छ भन्दै दुई तीन दिनमा गिट्टी बालुवा हटाउने बताउछन ।

 

स्थानीयले भने संघीय समाजवादी फोरम नेपालबाट बिजयी भएका कुर्मीको “बहुवली” चरित्रका कारण कसैले केही नभन्ने भएकोले बिदालयलाई पनि आफनो ब्यापारको अड्डा बनाएको बताउछन । बिद्यालय २०१६ सालमा स्थापना भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.