logo

बिद्यालय परिसर बन्यो गिट्टी बालुवाको बिक्री भण्डार

      6/14/2018 गते 00 00 मा प्रकाशित     928   पटक पढिएको

बीरगंज १ असार । 
जगरनाथपुर गाउँपालिका वडा नं ५ मा बहहुवरी प्रसौनीमा रहेको  श्री नेपाल राष्ट्रीय प्रथामिक बिद्यालयको प्राङ्गण गिट्टी बालुवाको बिक्री कक्ष बनेको छ ।

पर्खालले घेरिएको बिद्यालयको प्राङ्गणमा निर्माण ब्यवसायी समेत रहेका वडाध्यक्ष रामअयोध्या कुर्मीको गिट्टी बालुवा भण्डारण गरिएको हो । जंगलबाट निकासी गरि ल्याइएको गिट्टी बालुवा बिद्यालय परिसमा भण्डारण हुदा बिद्यालयका वालवालिकाको शिक्षामा नराम्रो प्रभाव परेको छ । बिद्यालयमा जम्मा १ सय २० जना बिद्यार्थी रहेका छन ।

 

बालुवा गिट्टी बोकेर परिसरमा पस्ने ट्रयाक्टरको आवाजको कारण बिद्यार्थीलाई पढाउन नसकिएको बिद्यालयका शिक्षकहरुको भनाई छ । वालवालिकाको शिक्षामा प्रतिकुल असर परिरहेको बिदालयका सहायक प्रधानाध्यापक जीतेन्द्र पाण्डेले बताए । उनले पनि बिद्यालय शिक्षाको बिषयमा स्थानीयमा जागरुकताको कमी भएको चर्चा गर्दै बिद्यालय परिसरमा वार्डअध्यक्ष  कुर्मीको इच्छालेनै गिट्टीबालुवा भण्डारण भइरहेको बताए ।

 

बहुवरी प्रसौनीकै ब्यक्ति वार्डअध्यक्ष बिजयी भएको र उनैले बिदालय परिसरमा गिट्टी बालुवा राख्न लगाएकोले उनको कामप्रति कसैले सवाल उठान नसकेको एक शिक्षकले बताए ।

 

तराईमा  प्रचण्ड गर्मी छल्न बिहानमा कक्षा संचालन गर्ने चलन छ । बिहानको शितल समय अध्ययन अध्यापन ठिक मानिन्छ तर  त्यही बेला ट्रयाक्टरको आवाजले शिक्षक र बिद्यार्थीको ध्यान भंग गर्छ ।

 

अहिले ठेक्का पट्टाको काम छाडेको बताउने वार्डअध्यक्ष आमअयोध्या कुर्मी भने बिद्यालय प्रशासनले गिट्टी बालुवा राख्न दिएको भन्दै आफनो बचाउमा लागेका छन । उनले आफूले  राखेको नभई तर अव जिम्मेवार मान्छे भएपछि जिम्मेवारी त लिनै पर्छ भन्दै दुई तीन दिनमा गिट्टी बालुवा हटाउने बताउछन ।

 

स्थानीयले भने संघीय समाजवादी फोरम नेपालबाट बिजयी भएका कुर्मीको “बहुवली” चरित्रका कारण कसैले केही नभन्ने भएकोले बिदालयलाई पनि आफनो ब्यापारको अड्डा बनाएको बताउछन । बिद्यालय २०१६ सालमा स्थापना भएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.