logo

जंगली जनावरको आतँक रोक्न सोलार फेन्स प्रभावकारी देखिँदै

      6/16/2018 गते 00 00 मा प्रकाशित     1119   पटक पढिएको

प्रेम लामा

जेष्ठ, २ ठोरी ।

ठोरी गाउँपालिकाको पूर्व तर्फका दुई वडा र जिराभवानी गाउँपालिकाको उत्तर पश्चिम तर्फको केही क्षेत्रलाई लक्षित गरी लगाइएको विद्युतीय तारबार(सोलार फेन्स) प्रभावकारी देखिएको छ ।

 

पर्सा राष्ट्रिय निकुञ्जबाट मानववस्ती पस्ने जंगली जनावरको आतँक रोक्नका लागि लगाइएको विद्युतीय तारवार प्रभावकारी देखिँदै गएको ठोरी गाउँपालिकाका अध्यक्ष पदमलाल श्रेष्ठले जानकारी दिए । जंगली जनावरबाट सर्वसाधरणले धेरै सास्ती भोग्नु परेको भन्दै अध्यक्ष श्रेष्ठले निकुञ्जको आर्थिक सहयोगमा लगाइएको विद्युतीय तारवार पछि यस क्षेत्रका किसानहरुले केही राहतको महशुस गरेको बताए ।

 

विद्युतीय तारवार गरिएपछि जंगली जनावरहरु मानववस्ती छिर्ने क्रममा कमी आउन थालेको स्थानीय धनबहादुर तामाङ पनि बताउँछन् । विद्युतीय तारवारसँगै बँदेल, चित्तल, घोडगदाहा लगायतका अन्य स–साना वन्यजन्तु मानववस्ती प्रवेशमा कमी आएको उनले बताए । जंगली जनावरले खेतवारीमा लगाएको अन्नपात खाइदिनुका साथै माडेर दुःख दिने गरेको तितो अनुभव सुनाउँदै तामाङले भने, “पछिल्लो समय तारवारले जंगली जनावर मानववस्ती प्रवेशमा कमी आएको छ ।

 

मानववस्ती छिर्ने क्रममा विद्युतको झट्का लाग्दा जंगली जनावरहरु तर्सेर पुनः जंगलतर्फ नै भाग्ने गरेको छ । यो वर्ष भने खेतवारीमा लगाइएको चैते धान र मकैवाली भित्र्याउन पाइन्छ कि भन्ने आशामा छौँ ।” विद्युतीय तारवारले हात्तीको आतँक रोक्न सक्ने /नसक्नेबारे भने सर्वसाधरण अझै ढुक्क हुन सकेका छैनन् । पछिल्लो समय वस्तीसंग सीमाना जोडिएको निकुञ्ज क्षेत्रमा हात्ती नदेखिएकाले हात्तीका लागि तारवारको प्रभावकारीताबारे केही भन्न नसकिने स्थानीयको चिन्ता रहेको छ ।

 

विद्युतीय तारवार गरिएको क्षेत्र हात्ती प्रभावित क्षेत्र हो । मानववस्ती पस्ने हात्तीको आतँक रोक्न नसकेपनि अन्य साना जंगली जनावरको आतँक न्यूनिकरण हुनेमा आफूहरु आशाबादी बनेको अर्का स्थानीय टेकबहादुर श्रेष्ठले बताए ।

 

पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयको आर्थिक सहयोगमा ठोरी गाउँपालिका–४ को शान्तिटोलदेखि सुवर्णपुरको गडुवालाईन हुँदै जिराभवानी गाउँपालिका–१ को बसन्तपुरसम्म साढे १४ किलोमिटर लामो विद्युतीय तारवार लगाइएको कुसुमबाटिक मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष टंकप्रसाद तिमिल्सिनाले जानकारी दिए । ५/५ किलोमिटरको दुरीमा १२ सय वाटको सौर्य उर्जा जडान गरी ४ फेजको तारवारमा २४ सै घण्टा ७ देखि ९ भोल्टको विद्युत छाड्ने गरेको तिमिल्सिनाले बताए ।

 

अध्यक्ष तिमिल्सिनाले भने, “साढे ७ भोल्टको विद्युतको झट्काले नै हात्ती तर्सने प्राविधीकको भनाई छ । हामीले लगाएको ४ फेजको तारमा ७–९ भोल्टको विद्युत प्रवाह हुन्छ । जसले गर्दा हात्ती पनि रोकिनेमा हामी विश्वस्त छौँ । हात्तीले रुख ढालेर तारवारमा क्षति गरेर वस्ती पस्न सक्ने सम्भावना भने छ ।” तारवार गरिएको क्षेत्रमा झाडीबढेर तारलाई छुँदा विद्युत सोसेर लिँदा पर्याप्त मात्रमा ४ ओटै फेजको तारमा विद्युत प्रवाह हुन नसक्दा समस्या आउन थालेको उनले बताए ।

 

पर्सा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तरगत कुसुमवाटिका उपभोक्ता समिति, सुनाखरी उपभोक्ता समिति र पञ्चमुखी उपभोक्ता समिति क्षेत्रभित्र विद्युतीय तारवार गरिएको तिमिल्सिनाले बताए । जंगली जनावर र मानववीचको द्वन्द्व बढ्दै गएपछि राष्ट्रिय निकुञ्जले विद्युतीय तारवारको कार्यक्रम ल्याएको हो ।

 

फलामको पोल गाडेर व्यवस्थित ढंगले विद्युतीय तारवार गरिएकाले राष्ट्रिय निकुञ्ज आसपासका जनताहरु केही उत्साहित भने देखिएको अर्का स्थानीय राजु थिङले बताए । रु. ७१ लाखमा धरानको सुमित सप्लायर्स एण्ड ट्रेडर्सले दुई साताअघि विद्युतीय तार लगाउने कार्य सम्पन्न गरेको अध्यक्ष तिमिल्सिनाले बताए । आजको प्रतीकबाट

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.