logo

स्व.विन्दु देवी पाण्डे स्मृति पत्रकारिता पुरस्कार पत्रकार खडकालाई

      6/19/2018 गते 00 00 मा प्रकाशित     1889   पटक पढिएको

वीरगंज ५ असार ।   स्व.विन्दु देवी पाण्डेको स्मृतिमा स्थापित महिला पत्रकारीता पुरस्कार २०७५ बाट पत्रकार कविता खड्का पुरस्कृत भएकी छिन् ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित पुरस्कार वितरण कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले ११ हजार रुपैयाँको चेक र सम्मान पत्र सहित खडकालाई पुरस्कृत गरेका हुन ।  

कार्यक्रमलाई  नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहानले मिडिया सञ्चालकहरुको श्रम शोषणका कारण पहिला भन्दा अहिले सञ्चारमाध्यममा महिला पत्रकार कमी देखिएको बताएका थिए । सोही कमिलाई पुरा गर्न निकट भविष्य मै नेपाल पत्रकार महासंघ प्रदेश कार्यसमितिले श्रमजीवी पत्रकारहरुका निम्ति कार्यक्रमहरु ल्याउन लागेको बताएका थिए । उनले साना लगानीका मिडियाहरुका लागी समेत महासंघ प्रोत्साहनका कार्यक्रमहरु ल्याउन लागेको बताएका थिए ।

खड्का राजधानी बाहिर महिलाहरुकै सक्रियतामा पर्साबाट प्रकासित मध्य नेपाल सन्देश साप्ताहीक पत्रिकाकी सम्पादक हुन । २ वर्ष अगाडी पर्सा जिल्लाका महिला पत्रकारहरुको सहभागितामा उनले पत्रिका  प्रकाशन सुरु गरेकी थिईन् । यसअघि ८ वर्षदेखी वीरगंजको सामुदायिक रेडियो नारायणी एफ।एम।मा महिला कै विषयमा रेडियो कार्यक्रम चलाउँदै आएकी थिईन् ।

बरिष्ठ पत्रकार जगदीश शशर्माले खडकालाई समाजिक सुझबुझ भएकी महिला पत्रकार रुपमा उनको छवी स्थापित भएको बताए  । उनले २० वर्ष अगाडी महिलाहरु विद्यालय जान रुचाउँदैन्थे तर त्यही कन्या विद्यालय भए पढ्न जान्थे त्यसैगरी उनले २ वर्षदेखी निरन्तर मध्य नेपाल पत्रिका मार्फत महिला पत्रकारहरुलाई आवद्ध गराई समाजलाई योगदान दिदै आएकोमा प्रशांसा गरेका थिए ।

यसैगरी नेपाल पत्रकार महासंघका प्रदेश नम्बर २ का उपाध्यक्ष के. सी. लामिछाने लेप्रतिष्ठानले महिलाहरुलाई प्रोत्साहित गर्ने काम सराहनिय रहेको बताएका थिए । उनले महिला पत्रकारहरुको सहभागितालाई लिएर एक प्रकारको छलफल आवश्यक्ता रहेकोमा जोड दिएका थिए ।

यसैगरी वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्कीले पत्रकारको नेतृत्व विकासका  लागी महानगरपालिका जहिले पनि तयार रहेको बताइन । पुरस्कृत पत्रकार कविता खड्काले पुरस्कारले अझै बढी जिम्मेवार बनाएको बताइन ।

यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले प्रतिष्ठानले गर्दै आएको काम महासंघको भएपनी महिलाहरुको प्रतसाहनका निम्त हुदैँ आएको कामलाई महासंघले सधै उतप्रेरण गर्दै जाने बताएका थिए ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी पर्साकी उपाध्यक्ष मधु राणा, ठाकुरराम बहुमुखी क्याम्पसका प्रध्यापक डा.हरेराम ठाकुर, पत्रकार सरोज खड्का लगायतकाले मनतव्य व्यक्त गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष बिजय प्रकाश विनको सभापतित्वमा समपन्न कार्यक्रमको सहजिकरण विजय भण्डारीले गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.