logo

पारदर्शी समाज बनाउनकालागि सूचना दिन सरोकारवालाई आग्रह 

      6/21/2018 गते 00 00 मा प्रकाशित     861   पटक पढिएको

बीरगंज ७ असार । 
नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले सूचनाको हक सम्बन्धी कानून निर्माणको अगुवाई नेपाली पत्रकारहरुले गरेको बताएका छन ।  

 

उनले सूचनाको हकबाट पत्रकारहरुले लाभ उठाउनु पर्ने बताउए  । नेपाल पत्रकार महासंघ पर्सा शाखाले बिहिवार वीरगन्जमा आयोजना गरेको ‘सूचनाको हक कार्यान्वयन र चूनौतीको सवाल’ विषयक गोष्ठीमा बोल्दै उपाध्यक्ष पोखरेलले गलत कार्य लुकाउनका लागि सरकारी कार्यालयहरुले सूचना दिन आनाकानी गर्ने गरेको बताए ।

 

उनले जनताबाट उठाउने करको खर्चको फाँटवारी  र जनमत प्राप्त क्षेत्रले गर्ने निर्णयको सम्बन्धमा आम जनताले समेत खोज्नु पर्ने बताए  । 


 पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौड्यालले मूल्यवान सूचना भयो भने मात्रै सबैको आकर्षण हुने भन्दै अर्थशास्त्रमा मूल्य निर्धारण माग र पूर्तिको संयोजनमा भए जस्तै सूचनाको हकमा पनि माग पक्ष र पूर्ति पक्षको समन्वय आवश्यक रहेको बताए  ।

 

उनले संविधानले व्यवस्था गरे अनुसारको हक सबैले पाउनुपर्ने भन्दै  सूचना लिने पक्ष पनि जिम्मेवार हुनु जरुरी रहेको बताए  । वीरगन्ज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत डाक्टर भीष्म प्रसाद भुसालले सुकार्यका लागि नै सूचना प्रयोग गर्ने भन्दै  सूचना माग्ने बाहानामा कर्मचारीहरुलाई दुख दिने प्रवृत्तिको विकास भएको बताए  ।

 

उनले  पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने अभ्यास भईरहेको जानकारी दिदै वीरगन्ज महानगरपालिकामा अभिलेखहरु अव्यवस्थित राखिएकोले आधारभूत सूचना समेत नागरिकले पाउन नसकेको बताए  । नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष के.सी. लामिछानेले सूचना सम्पत्ति, शक्ति, ज्ञान र धन पनि भएकोले पत्रकारले यसलाई बुझ्नुपर्ने बताए  ।

 

नेपालमा सूचना गोप्य राख्ने संस्कृति, बन्द संस्कृति रहेको भन्दै उनले सूचना हुने व्यक्तिमा शक्ति पनि हुने बताए  । नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बञ्जाराको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव युवराज खडका र स्वागत भाषण उपाध्यक्ष अनुप तिवारीले गरेका थिए ।

 

कार्यक्रममा नेपाल पत्रकार महासंघ शंकर खतिवडा , नेपाल आदीवासी जनजाती पत्रकार महासंघका प्रदेश इन्चार्ज निरज पिठाकोटे मगर मधेशी पत्रकार संघका मनोज पटेल समाजका श्रवण साह लगायतको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.