logo

फोटो हेर्दै मुख्यमंत्री राउतले भने जनताका हरेक दुःखमा साथ दिनेछु 

      6/22/2018 गते 00 00 मा प्रकाशित     1278   पटक पढिएको

असार ८ पर्सा । 

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले तीन तहको निर्वाचन र सरकार गठनपछी जनताले राहत पाउनुपर्ने बताएका छन् ।

 

तन्नेरी चासो र पिजे क्लब काठमाडौँको आयोजनामा वीरगंजको घण्टाघरमा आयोजित फोटो प्रदर्शनी कार्यक्रम बोल्दै  गद्दीले स्थानीय, प्रदेश र संघ मिलेर मुलकलाई समृद्ध बनाउने बताए ।

 

“हामी नविर्सौ” शिर्षक दिईएको उक्त फोटो प्रदर्शनीमा मुख्यमंत्री गद्दीले जनताका हरेक दुःखमा साथ दिनु पर्ने कार्यक्रमले कर्तव्य बोध गराएको बताए । 

 

फोटो प्रदर्शनी कार्यक्रममा मधेश आन्दोलन, नाकाबन्दी, महाभुकम्प, बाढी पहिरो, दैनीकि अभाव, पेट्रोलियम पदार्थको हाहाकार लगायत संविधान निर्माण, स्थानीय, प्रदेश र सासदको निर्वाचन लगायतको जनतासंग प्रत्यक्ष सरोकार राख्ने विषयवस्तुहरु राखिएको तन्नेरी चासोका संयोजक शिवानाथ यादवले बताए । 

 

कार्यक्रमको उदघाटन सत्रमा प्रदेश सभासद तथा वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष ओम प्रकाश शर्मा  भिमा यादव  वीरगंज महानगरपालिकाकी उप मेयर शान्ति कार्की  नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जारा  नेविसंघका अध्यक्ष दिलिप राज कार्की लगायतले मन्तब्य ब्यक्त गरेका थिए । 

 

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि पर्साका सभापति फुलमहम्मद मिया, उधोग वाणिज्य संघका उपाध्यक्ष सुबोध गुप्ता, नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष राम सरार्फ, जिल्ला युवा समिति पर्साका अध्यक्ष संतोष गुप्ता, मध्य नेपाल सन्देशकी सम्पादक कविता खड्का, चेलि कृषि साहकारी संस्था लिमिटेडकी कमला घिमिरे, कार्यक्रममा तन्नेरी चासोका नविन शिलवाल, दिपज्योति श्रेष्ठ, निलम पन्त, सन्ध्या पौडेल, कैलाश न्यौपाने, सुवाश श्रेष्ठ, आयुष श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण शिवनाथ यादवले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.