logo

जनतालाई आर्थिक उत्पादनसंग जोडदै जिल्लाकै नमुना वडा बनाउने छौ -अध्यक्ष गैरे

      6/26/2018 गते 00 00 मा प्रकाशित     1096   पटक पढिएको

रंगपुर १२ असार ।
पटेर्वा सुगौली गाउपालिकाको वडा नं २ मा मंगलवार वडा स्तरीय योजना संकलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा वडाध्यक्ष बिजय गैरे आर्थिक वर्ष ०७५/०७६का लागि ८० लाखको बजेट सीमा रहेको जानकारी दिएका थिए ।

 

उनले यसपटक सामुदायिक रेडियोको संचालन , बिदालयमा शिक्षकको ब्यवस्था, सडक लगायतका पूर्वाधारमा काम गर्ने योजना रहेको बताएका थिए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछानेले सहकारीका माध्यमले अर्गानीक तरकारीको उत्पादन र बिक्री बितरणकोलागि सहकारीको स्थापना त्यसको माध्ययमले कोल्डस्टोरेजको स्थापनालाई ध्यान दिइनु पर्ने बताए ।

 

गादीमा रहेको भूमरीमाई लाई बुलबुले तालको रुपमा बिकास गर्नकालागि योजना बनाउन उनले गाउपालिका नेतृतवलाई आग्रह गरे । पर्यटकहरुकोलागि आकर्षणको केन्द्रको रुपमा गादीलाई बिकास गर्नकालागि उपाध्यक्ष लामिछानेले होमस्टे संचालन गर्न धार्मिक बनको बिकास र त्याहा बनभोज स्थल र अन्य मनोरन्जनको ब्यवस्था गर्ने कुरालाई योजनामा सामेल गर्न आग्रह गरे ।

 


वडाध्यक्ष गैरे प्रतिउत्र मन्तब्य दिदै यही आर्थिक वर्षमा गादीमा तीनवटा होमस्टे संचालनमा ल्याउने प्रतिवद्धता ब्यक्त गरे ।


कार्यक्रमा गादीका नागरिकको उल्लेख्य सहभागिता रहको थियो । गादीका नागरिकलाई उत्पादनसंग जोडेर उनीहरुको क्रयशक्ति बढाउने गरि योजना बनाउन वडाकार्यालय क्रियाशिल रहेको वडाध्यक्ष गैरे ले बताए । पटेर्वा सुगौलीको वडा नं २ गादीलाई जिल्ला कै नमुना वडा बनाउने गरि आफूहरु अगाडि बढेको उनले बताए ।

 


कार्यक्रममा गाउँपलिकाका उपप्रमुख ममता महतोले गादीको योजना संकलन र त्यसमा नागरिकको सहभागिता गादीले प्रस्तुत गर्ने योजना गाउँपालिकामै अत्यन्तै उतकृष्ट रहेको बताइन । उनले गादीको योजनाले समग्र गाउँपालिकालाई नेतृत्व गर्ने बताइन ।

 


कार्यक्रममा नेकपाका नेता रामकुमार नेपाल नवसाद अन्सारी आधारभूत बिदालय बेल्वाका प्रधानाध्यापक महेन्द्र चौधरी ,कुमार बस्नेत लगायतले आफना योजनाहरुका बारेमा बिचार राखेका थिए । 


वडा सचिव देवीचरण न्यौपानेले संचालन गरेको कार्यक्रममा गादी भित्र रहेका सबै बिद्यालयका प्रधानाध्यापकहरु वडाका सबै वडाका पूर्व जनप्रतिनिधिहरु र अहिलेको निर्वाचित प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.