logo

 पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

      6/29/2018 गते 00 00 मा प्रकाशित     1056   पटक पढिएको

वीरगञ्ज, १५ असार ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घ तथा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी), काठमाण्डौंको संयुक्त आयोजनामा शुक्रवार एक समारोहका बीच पेशा पहिचान सम्बन्धी कार्यशाला गोष्ठी बीरगंजको होटेल भिषूवामा सम्पन्न भएको छ । 


 बीरगंज उधोग वाणिज्य सङ्घका का.वा. अध्यक्ष सुबोध गुप्ताको अध्यक्षता  आयोजित कार्यशाला गोष्ठीमा बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले प्राविधिक दक्ष जनशक्तिको आवश्यकता रहेको बताए ।

 

उनले वीरगञ्ज–पथलैया कोरिडोरमा यस किसिमको कार्यशालाले आवश्यकता पहिचान र सोको सम्बोधनमा ठूलो सघाउ पुग्ने बताए  । ठूलो जनसङ्ख्यालाई रोजगारी प्रदान गर्दै आइरहेको पर्सा–बाराका उद्योग व्यवसाय प्रतिष्ठानहरुले विषयगत क्षेत्रका दक्ष जनशक्ति उपलब्ध नभएको गुनासो आपूm समक्ष पनि आइरहेकोले महानगर स्वयम् पनि सरोकारवाला निकायहरु सँग समन्वय र सहकार्य गरेर प्राविधिक दक्ष जनशक्ति उत्पादन गर्ने तर्फ अग्रसर रहेको प्रमुख सरवागीले बताए ।  


कार्यशालामा सिटिइभिटीका निर्देशक दीपक पौडेलले सिटिइभिटीको वर्तमान सङ्गठनात्मक संरचना, स्वरुप र कार्यक्षेत्रका साथै यस संस्थाले हालसम्म तयार पारेको तालिम पाठ्य सामग्रीका बारे विस्तृत जानकारी गराउँदै आवश्यकता पहिचान गरी आउँदा दिनमा थप नयाँ पाठ्यक्रम पनि निर्माण र यसमा महानगरपालिका र वीउवासङ्घसँग संयुक्तसाझेदारी गरेर अघि बढ्ने  बताए । 


मुलुक प्रादेशिक संरचनामा गई सकेकोले सङ्घीय सरकारबाट सातवटै प्रदेशमा प्रदेशस्तरीय एक एक वटा सिटिइभिटी कार्यालय स्थापना गर्ने योजना बनाएको र ६ वटा महानगरपालिकामा महिलालाई लक्षित गरी महिला पोलिटेक्निक इन्स्टिच्युटस्थापना गरिने जानकारी गराए । 


सङ्घका का.वा. अध्यक्ष सुबोध गुप्ताले नेपालको प्रमुख आर्थिक केन्द्रर औद्योगिक नगर वीरगञ्ज, पर्सा–बारामा अवस्थित उद्योगहरुलाई चाहिने दक्ष प्राविधिक जनशक्ति तयार गर्ने तर्फ वीउवासङ्घले विगतका वर्षहरुदेखि नै विभिन्न सरकारी तथा गैरसरकारी निकायसँग सहकार्य गर्दै आइरहेको र आउँदा दिनहरुमा सङ्घ, वीरगञ्ज महानगरपालिका र सिटिइभिटी बीच एउटा साझा समझदारी कायम गरी अघि बढ्नु पर्ने आवश्यकता औल्याए  ।

 

उहाँले सङ्घलेयस क्षेत्रका उद्योगहरुलाई आवश्यक पर्ने दक्ष जनशक्तिको पहिचान गर्न सङ्घद्वाराआफ्नै अग्रसरतामा योजना निर्माण गरीतालिम सञ्चालनमा सिटिइभिटीको सहयोग लिने बताउनुभयो । 


उक्त कार्यशाला गोष्ठीमा मोहन रञ्जन प्रधान, आशीष लाठ, मनोज उपाध्याय, टेकनाथ खतिवडा, शम्भुप्रसाद कलवार, पशुपति विक्रम शाह, अनिल जयसवाल लगायतले आ–आफ्नो धारणा राखेका थिए भने सहजीकरण सिटिइभिटीका विनोद बडालले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.