logo

क्याम्पस प्रशासनलाई भ्रष्टाचारको आरोप,मरमत सम्भारको काम स्थगीत

      6/29/2018 गते 00 00 मा प्रकाशित     1412   पटक पढिएको

बीरगंज १४ असार । 
बीरगंजको ठाकुुरराम बहुमुखी क्याम्पसमा भइरहेको मरम्मत सम्भारको काम शुक्रवार देखी स्थगीत भएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले निर्माणकार्यमा अनियमितता भएको भन्दै छानविनको माग गरे पछि निर्माण कार्य स्थगीत भएको निर्माण समितिका अध्यक्ष प्राध्यापक नरसिंह महतोले बताएका छन ।

 

यस अघि पनि नेपाल बिद्यार्थी संघले निर्माण कार्यमा अनियमितता भएको भन्दै क्याम्पसको स्टोर शाखामा तालाबन्दी गरेको छ । 
क्याम्पसमा स्नातोकोत्तर तहमा समेष्टर प्राणाली लागू भएपछि आन्तरिक स्रोत परिचालन गरेर आधुनीक कक्षा कोठा बनाउने अध्यापनमा मल्टी मिडयाको प्रयोग गर्ने भन्दै प्रति सेमेष्टर १६ हजार रुपैया शुल्क लिने गरेको थियो । क्याम्पसले निर्माण समिति बनाएको भएपनि निर्माण  समितिको बैठक भने नबसेको समितिका अध्यक्ष महतोले बताए । 


समितिको बैठक बसेको छैन तर निर्माणको काम शुरु भएको छ । समितिका अध्यक्ष महतोले आफूले चिठी नपाएकोले समितिको बैठक नबसेको बताए । क्याम्पस प्रशासनको तर्फबाट चिठी ढिलो गरि दिइएको उनको भनाई छ ।

 

निर्माण समितिमा प्राध्यापक संघका अध्यक्ष ,कर्मचारी संघका अध्यक्ष पनि सदस्यका रुपमा रहेका छन । निर्माण समितिका सदस्य समेत रहेका प्राध्यापक संघका अध्यक्ष इन्दुशेखर मिश्रले बिद्यार्थी संगठनहरुले निर्माण प्रक्रियामा असहमती जनाएपछि निर्माणको काम स्थगीत गर्ने निर्णय भएको बताए । 

 


बिद्यार्थी संगठनले भने मरमतसम्भारको नाममा भएको सबै बजेटलाई टुक्रा टुक्रा पारेर कोटेशनमा काम गराउनु नै बदनियतपूर्ण भएको दावी गरेका छन । मरमतसम्भारको प्राविधिक पक्षको परामर्शदाताका  रुपमा रहेका इन्जिनियर मुन्ना सर्राफले बजेटलाई फरक फरक काम अनुसार टुक्रा टुक्रा पारिदिएको क्याम्पस प्रमुख प्रमोद कुशावाहाले बताए ।

 

उनले टेन्डर प्रक्रियामा गएर काम सक्न गा¥हो हुने र काम गर्नकालागि गर्मीको छुट्टी उपयोग गर्नु परेकोले कोटेशनमा काम गर्नु परेको बताए । उनले कमजोरी भयो होला तर नियत खराव नभएको स्पष्ट पारे ।उनले भने निर्माणको काम रोकेर कसैलाई फाइदा नहुने भएकोले काम नरोकिने अवस्थाको निर्माणमा सहायोग पु¥याउन सबैलाई अपिल गरेका छन ।

 

क्याम्पस प्रमुखले यसो भने पनि  अमानतामा निर्माण काम सम्पन्न गर्ने कुरा कार्यसमितिबाट नभएको  बिद्यार्थीहरुको दावी रहेको छ । त्यती मात्र हैन निर्माण समितिका अर्का सदस्य रामायण राउतले समेत आफूले निर्माणको काम काहा बाट कुन प्रक्रियाका आधारमा भइरहेको छ भन्ने कुरा थाहा नपाएको बताए ।

 

उनले निर्माण समितिको बैठक नबसी माटो खसाल्ने काम भएको दावी गरे । बिद्यार्थी संगठनले पारदर्शीताको माग गरेर ज्ञापन बुझाएको आफूलाई लागेको उनले बताए ।  महतो निर्माण समितिको बैठक नबसेको कुराले पनि बिद्यार्थीको यो दावीलाई बल पु¥याएको देखिन्छ ।

 


बजेट टुक्रा गरेर झयाल ढोका मरमत,क्षत बनाउने र क्यान्टीनको मरमतकाम भइरहेको छ । यो सबै निर्माण कामकोलागि करिव २५ लाख रुपैया बजेट रहेको छ । 
बिद्यार्थी संगठनले क्याम्पस प्रशासनले आर्थिक पारदर्शीता कायम गर्नकालागि हिसाव सार्वजनीक गर्न माग गरेका छन । क्याम्पस प्रशासनको असक्षमताका कारण क्याम्पसको साख खस्किएको आरोप समेत लगाएका छन ।

 

बिद्यार्थीको यो आरोप क्यम्पस प्रमुख कुशवाहाले अस्वीकार गरेका छन । शुक्रवार दुबै संगठनका अजित साह ,सन्दीप बिक्रम शाहको नेतृत्वमा क्याम्पस प्रमुखलाई ज्ञापन पत्र बुझाएका थिए । बिद्यार्थी संगठनको ज्ञापन बुझेपछि क्यमम्पस प्रमुख डा. कुशवाहाले निर्माण सििमत सहितको बैठक राखी गरिएको छलफल बाट निर्माण कार्य स्थगीत गर्ने निर्णय भएको बताइएको छ 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.