logo

आगू औषधको कुलतबाट आजको युवापुस्ता अलग हुनुपर्नेमा बिज्ञहरुको जोड

      7/1/2018 गते 00 00 मा प्रकाशित     992   पटक पढिएको

बीरगंज १७ असार । 
लागू औषधको दूब्र्यसनबाट आजको युवाहरुलाई अलग राख्न युवाहरुले नै पहल गर्नु पर्नेमा बिज्ञहरुले जोड दिएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकको सहयोगमा अनुभूती एजुकेशन फाउडेशनमा आइतवार आयोजना गरिएको कार्यक्रममा यस्तो बताइएको हो ।

 

युवा समुहले आयोजना गरेको लागू औषध बिरुद्धको जागरण गोष्ठीमा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक ज्ञान कुमार महतोले लागू औषधको सेवनबाट हुने बेफाइदाहरुको बारेमा जानकारी गराएका थिए । उनले लागु औषधको उत्पादन ,भण्डारण,ओसार पसार र सेवन सबै कुरा दण्डनीय रहेको बताए । 


लागू औषधको कुलतमा फस्नेहरुको घर परिवार र जीवीन बिग्रिने चर्चा गर्दै उनले समाज र राष्ट्रको नेतृत्व गर्ने आजको युवा पुस्ता लागू औषधको कुलतमा फस्न नहुने बताए । बिकास र समृद्धिको यात्रा नै धरापमा पर्ने चर्चा गर्दै उनले एकले अर्कोलाई जोगाउने काम गर्नु पर्नेमा जोड दिए ।

 

उनले लागु औषध सेवनका लक्षणहरुको बारेमा चर्चा गर्दै आफूवीचका साथीहरुमा त्यस्तो लक्षण देखा परे तुरुन्तै सम्हालन आग्रह गरे । लहलहैमा लागेर ,स्वाद लिनु प¥यो भनेर कुनै चिन्ता कारण लागु औषधको सेवन गर्न नहुनेमा उनले जोड दिए । 

 


कार्यक्रममा कलेजका प्रचार्य सुमन कार्कीले कलेजमा बिभिन्न संघ संस्थाहरुको सहकार्यमा जागरणमुलक कार्यक्रमहरु संचालन गर्दै आएको जानकारी दिए । उनले बिद्यार्थीको सोच्ने तौर तरिकामा पाठयक्रम भन्दा बाहिरका कार्यक्रमले सकारात्मक प्रभाव पारेको चर्चा गर्दै आजका बिद्यार्थी भोलीका असल नागरिक हुने भएकोले उनीहरुलाई अल्लारे हुन नदिनेमा आफनो प्रयास रहेको बताए । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछानेले कुलतले बिनास मात्र गर्ने भएकोले कुलतमा नलाग्न लाग्न नदिन समेत आजको युवा पुस्ताले भूमिका निर्वाह गर्नु पर्ने बताए । 


आरुषी साहको अध्यक्षतामा भएको कार्यक्रमको संचालन बिवेक कर्णले गरेका थिए । कार्यक्रममा इन्सेक युवा समुहबाट कार्तिक साह, उज्जवल द्धिवेदी, शिवाकान्त प्रजापति लगायतकाको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.