logo

जनताबाट निर्वाचित नेता तस्करको संरक्षणमा,राज्य सयन्त्र भन्दा मरिचका तस्कर बलिया

      7/3/2018 गते 00 00 मा प्रकाशित     2589   पटक पढिएको

वीरगंज, १८ असार ।
मरिच तस्करीका मुख्य नाइके भनिएका अनिल पटवारी हालसम्म फरार रहेका छन् । गत जेठ २१ गते वीरगंजको मुख्य नाकाबाट भारततर्फ लैजान लागिएको १२ मैट्रिक टन मरिच उनैको भएको रहस्य खुलीसकेको कारणले गर्दा उनी भूमिगत भएको बताइन्छ । 


मरिच तस्करी गरेको अभियोगमा ग्लोबल लेदर टेनिङ इन्डष्ट्रिज प्रा.ली. का सञ्चालक संजय अग्रवाल सहित भन्सार एजेण्ट दिलीप श्रीवास्तव र ट्रक चालक भारतीय नागरिक धर्मेन्द्र कुमारलाई हिरासतमा राखिएको भएतापनि मुख्य आरोपी अनिल पटवारी (अग्रवाल) नै रहेकोले उनी भूमिगत भएका हुन् । 


संजय अग्रवाल पटवारीका आफ्नै काका का छोरा हुन । सोझा– संजयको नाममा कम्पनी बनाए। विगत लामो समयदेखि सुपारी र मरिचको तस्करी गर्दै आएका अनिल पटवारी छोटो अवधिमै एक हजार करोड भन्दा बढीको सम्पति कमाउन सफल भएका छन् । 


लामो समयदेखी सुपारी लगायतका अन्य बस्तुको अनधिकृत कारोवार गर्दै आएका पटवारीले राज्यको कर छली गरेर  केही महिना भित्र आदर्शनगर एरियाभित्र सय करोड भन्दा बढीको सम्पति  खरिद गरेको व्यापरीहरुबीच चर्चा छ । संघीय समाजवादी फोरमका नेताहरुसंग अचेल बढी हिमचिम बढाएका पटवारी फोरमकै नेताको संरक्षणमा काठमाण्डौंमा रहेका छन  ।

 

जनताबाट निर्वाचित नेताले बाडेको अनेकौ सपना भताभूङ हुदै गएका छन । अझ ति नेता कर झली गरेर मुलुकलाई टाट पल्टाउने तस्कारको संरक्षणमा लागेको सून्दा उनका मतदाता समेत निराश बनेको छन ।

 

उता अनिल पटवारीका भाई संजय अग्रवाललाई राजश्व अनुसन्धान विभागले थुनेर तीन करोड ७६ लाख ८० हजार धरौटी मांगेको र सो बराबरको रकम तिर्न नसक्दा संजय हाल हिरासतमै रहेका छन् । उनलाई छुट्याउन पटवारीले कुनै कुनै पहल नगरेपछि संजयका साथीहरु मनोजदास र विष्णु अग्रवालले संजयलाई छुटाउन आवश्यक सहयोग गरीरहेकोले निकट भविष्यमै संजय धरौटी राखेर छुट्ने संभावना छ । 


सुपारी र मरिचका कुख्यात तस्कर अनिल पटवारीलाई जोगाउन संघीय समाजवादी फोरमका नेताहरु र वीरगंज उद्योग वाणिज्य संघ न्वारनको बल लगाएर लागि परेको छ । 


वीरगंज भन्सारबाट हुने तस्करी कार्यका मुख्य योजनाकार मध्ये एक भन्सार अधिकृत उद्धव ढुङ्गानालई हालसम्म कुनै कारवाही नगरिएकोमा व्यापारीहरु आक्रोशित भएका छन् ।

 

मरिच पास गराउने भन्सार अधिकृत हहुन ढुङगाना  । तर ढुङगाना अनुसन्धानको दायरमा पनि नआएको र उनले उन्मुक्ति पाएको भन्दै बीरगंज उधोग वाणिज्य संघका अध्यक्ष तथा प्रदेश सभा सदस्य ओम प्रकाश शर्माले सार्वजनीक मन्चहरुमै कुरा उठाउदै आएका छन । 

 

गत जेठ २१ गते वीरगञ्जको मूल नाका  भएर भारततर्फ जान लागेको भारतीय नम्बरको ट्रकमा १२ मेट्रिकटन मरीच बरामद भएको थियो । 

अग्रवाल मुख्य सञ्चालक रहेको ग्लोबल लेदरले भारतको कानपुरस्थित मेरिट एक्जिमलाई छाला पठाउने भनिएको ट्रकमा मरीच फेला परेको थियो ।


ग्लोबल लेदर टेनिङ इण्डष्ट्रिज प्रालिका सञ्चालक अग्रवाललाई राजस्व बिभाग काठमाण्डौले थुनामा पठाएको छ । मरिचको अवैध कारोवारको बिषयमा बयान दिन काठमाण्डौ गएका अग्रवालसंग बिभागले धरौटी माग गरे पछि उनी थुनामा पुगेका हुन ।

 

बिभागले अग्रवालसंग ३ करोड ७६ लाख ८० हजार रुपैयाँ घरौटी मागेको थियो । धरौटी रकम तिर्न नसकेपछि बिभागले उनलाई असार ७ मा थुनामा पाठाएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.