logo

श्रद्धालुहरुलाई रोक्न पाइदैन, धार्मिक सम्वेदनामाथि आक्रमण नगर्न सासद रौनीयारको चेतावनी

      7/17/2018 गते 00 00 मा प्रकाशित     1062   पटक पढिएको

बीरगंज १ साउन । संघीय समाजवादी फोरम नेपालका तर्फबाट पसाृ क्षेत्र नं ३ बाट बिजयी सासद हरिनारायण रौनीयारले पटेर्वा सुगौली गाउपालिकामा रहेको दुग्धेश्वर महादेव मन्दीर भाठामा मेला लगाउन दिनु पर्ने दोह¥याएका छन ।

 


मंगलवार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत उनले यस्तो देह¥याएका हुन । उनले परम्परादेखी चल्दै आएको रित र संस्कृतिको खिलाफ हुने वतावरण नवनाउन उनले सरकारसंग आग्रह गरे ।

 


अन्यत्र पनि जंगल भित्र धर्मका आस्था केन्द्रहरु रहेको र त्याहा श्रद्धालु भक्तजनहरुलाई जान कुनै रोकटोक नरहेको स्पष्ट पारे । रामभोरी भाठामा मानिस वा सवारी साधनको प्रवेश निषेध गरिएको होइन उनले भने “निश्चित शुल्क लिएर जान दिने गरिएकै छ ” । तर वर्षमा दुईपटक श्रद्धालुहरु आफनो आस्था केन्द्रमा जल चढाउन जान्छन जंगली जनावरको बासस्थानलाई प्रतिकुल प्रभाव पार्छ भनेर त्यसलाई रोक्ने काम ठिक नभएको सासंद रौनीयारको भनाई छ । 

 


सासद रौनीयारले आरक्ष पछी बनेको, निकुञ्ज त झन भर्खर भएको हो तर मन्दीर आजको हो र ? भन्ने प्रतिप्रश्न गर्दै वर्षौ पहिलादेखी हुदै आएको परम्परालाई निषेध गरेर धार्मिक सम्वेदनामाथि आक्रमण नगर्न समेत उनले सरकारसंग आग्रह गरे । 

 


उनले जंगल  बाहिरको गाउँबाट ७ किलोमिटर भित्र जंगलमा जानु पर्छ जल चढाउन एके दिनमा गएर फर्किन सम्भव नहुने भएकोले गृहमंत्रालय र बनमंत्रालयलाई म बेलैमा सचेत हुन समेत आग्रह गर्दछु । 

 


भिडन्त होस अवस्था बिग्रयोस भन्ने आफूहरुको चाहना नभएको भन्दै सासद रौनीयारले त्यस्तो अवस्था नआओस भन्नकालागि प्रयास गरेको स्पष्ट पारे । 
अन्यत्र बिनारोकटोक यात्रुहरु जान पाउने अनी पर्सा जिल्लामा चाही रोक लगाउनु पर्ने यो पाच्य निर्णय होइन उनले भने जीवजन्तुको वास अस्थानमा दखल पु¥याउने शिकार खेल्न जान लागेको होइन ।

 

आफनो आस्था केन्द्र शंकर भगवानको मन्दीरमा जल चढाउन जान लागेको कुरा हेक्का राख्न सम्बन्धीत सबैलाई अपिल गरे । 


सासद रौनीयारले संघीय संसदको शुन्य समयमा समेत यो बिषय उठाएर सरकारको ध्यानाकर्षण गराएका थिए ।


सखुवा प्रसौनी गाउँपालिकाका प्रमुख प्रदीप जयसवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्य मन्जुर आलम,प्रदेश योजना आयोगका सदस्य मोहन लाल चौधरी नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहान लगायतले आफनो बिचार ब्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.