logo

ठेक्का तथा बिकसामा अनियमितता भएको भन्दै कार्यालयमा तालाबन्दी, बिद्यालयमा डाँक बढाबढ

      7/18/2018 गते 00 00 मा प्रकाशित     1111   पटक पढिएको

बीरगंज २ साउन ।
पर्साको कालिकामाई गाउपालिकाको कार्यालयमा बुधवार स्थानीयवासीले तालाबन्दी गरेका छन । कालिकामाई गाउँपालिका वडानम्बर १ मुडली, टिनडोबिया र रबिदासका स्थानीयवासीहरुले बिभिन्न मांग राख्दै बुधवार गाउँपलिकाको कार्यालयमा तालाबन्दी गरेका हुन ।

 

स्थानीयबासीले पोखरीबाट नै सिचाई गर्नु पर्ने, खुल्ला गरेको टेन्डर  बन्द गर, भष्टाचारी बन्द गर, रकम हिनामिना भएकोले सार्वजनिक सुनवाई गर, लक्षित वर्गको रकम पारदर्शी गर, लक्षित वर्गको रकममा कमिसनखोरी बन्द गर जस्ता मांग राख्दै, तालाबन्दी गरेका छन ।

 

गाउपालिकाका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले लाखौ रुपैया भ्रष्टाचारी गरेको आरोप स्थानीयबासीले लगाएका छन । गाउपालिकाका अध्यक्ष नथुनी कुश्वाहा, उपाध्यक्ष राजेश चौरसिया र प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले प्रत्येक उपभोक्ता  र ठेकेदारबाट ३५ प्रतिशत रकम कमिसन लिएकोले काम गुणस्तरीय नभएको आरोप उनीहरुको  छ ।

 

समाजिक विकासको रकम तथा लक्षित वर्गको रकम धेरै जसो आफनै कर्मचारीबाट  कार्यसम्पादन गरेको कागजात बनाएर भुक्तानी दिएको र केही मात्रमा स्थानीय सामाजिक संघ सस्था र परामर्शदाता कम्पनीसित पहिला कमीशन लिइ पछि मात्र भुक्तानी दिने गरेको स्थानीयले बताए ।  ठेक्कापट्टा तथा उपभोक्ता  समिति बनाउदा आफनै पार्टीको सदस्य मात्रै राखेको खुलासा भएको छ ।  

 

दलितको रकम छुटयाउनु पर्ने, शिक्षा,स्वास्थ्य,कृषिमा लगानी गर्नु पर्ने जस्ता मांग राखेको  मुडली निवासी स्थानीय अम्बिका हजरा दुसादले बताए  । यसै गरी लक्षित वर्गका लागी छुटयाइएको २ करोड रकममा जम्मा ५ वा ६ लाख रकम खर्च भएको सावीक मुडली गाविसका भूतपूर्व उपाध्यक्ष प्रमा पटेलले बताए  ।

 

सिलाई मेसिन १३ थान र कपडा नकिनेका कारण सिलाई सिक्न नसकेको, खेलकुदको रकम ७ लाख ५० हजार रहेको १ दिनमा ५० हजार मात्र खर्च गरे सबै रकम सिद्धाईएको देखाइएको र कृर्षिका लागि ६ लाख छुटयाइएको र बोरिंग खरिद गरी जनप्रतिनिधीहरुले आ अफनो घरमा लगी थन्कायाएको स्थानीय प्रमा पटेलले आरोप लगाउ उनले लाखौ भ्रष्टाचारको छानबिन हुनु पर्ने मांग गर्दै तालाबन्दी गरिएको बताए  ।

 


स्थानीयले जुन पोखरिको ठेक्का लगाउने बिषयमा बिरोध गरेका छन । त्यही पोखरीको ठेक्का भने कालिकामाई गाउँपालिकाको बीरन्चीवर्वामा रहेको एक बिद्यालयमा बसेर लगाउने काम गरिदै छ ।

 

बिद्यालयमा डाँक बढाबढ कोलागि ठेकेदारहरुको सहभागिता भएको र ठेक्का लगाउन थालिएको बिरन्चीवर्वाका वार्डअध्यक्ष पवन तिवारीले बताए । उनले पोखरिबाट सिचाई गर्ने कुरामा सत्यता नरहेको बताउदै मुडली गाविस हुदा पनि पोखरि ठेक्कामा लगाइदै आएको थियो अहिले गाउँपालिकाले लगाउन खोजेको अध्यक्ष तिवारीले बताए । 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.