logo

कर फिर्ताको घोषणा पछि महानगरको बिरोधमा नेपाली कांग्रेसको धर्ना

      8/1/2018 गते 00 00 मा प्रकाशित     1019   पटक पढिएको

वीरगन्ज १६ साउन ।

नेपाली कांग्रेस पर्साले बीरगंज महानगरको करबृद्धिको बिरोधमा महानगरपालिकाको कार्यालयमा एक घण्टे धर्ना दिएका छन । बढाइएको कर फिर्ता लिन माग गर्दै नेपाली कांग्रेसले धर्ना दिएको हो ।

 


यद्यपी वीरगगंज महानगपालिकाका प्रमुख बिजय सरावगीले केही करहरु हटाइने र केही करको दरमा संशोधन गरिने बताएका छन। मंगलवार महानगरमै पत्रकार सम्मेलनको आयोजना गरेर उनले यस्तो जनाकारी गराएको भएपनि नेपाली कांग्रेस सडकमा उत्रिएको हो।

 

महानगरले कर फिर्ता र संशोधनको घोषणा गरेपछि बिभिन्न संघसंस्थाले गरेको आन्दोलन मत्थर भएको छ । तर नेपाली कांग्रेसले भने “राजनीतिक स्टन्ट”कालागि आन्दोलन गरिरहेको राजनीतिक बिश्लेषकहरुको टिप्पणी छ ।

 

बीरगंज महानगरका प्रमुख बिजय सरावगीले  जनताबाट निर्वाचित भएर आएको हुनाले महानगरवासीको चित्त दुखाएर  कर बढाउनुको अर्थ नरहेको भन्दै कर स्थगन र दरमा संशोधनको निर्णयमा पुगेको मंगलवारै घोषणा गरेका थिए  ।

 
मेयरको यस्तो घोषणालाई नेपाली कांग्रेसले अश्विासको नजरले हेरेको छ । नगरसभाले गरेको निर्णय महानगरप्रमुखको घोषणाले मात्र फिर्ता नहुने भएकोले जनहीतकालागि आफूहरुले आन्दोलन गरेको नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेलको भनाई छ । 

 


महानगरले कार्यापालिकाको बैठकबाट कर फिर्ताको निर्णय गरेपछि कर बिरोधी आन्दोलन रोकिने उनले बताए । 
मेयर सरावगीले बुधबार हुने महानगर कार्यपालिकाको बैठकमा करका दर र दायरा स्थगन तथा संशोधनको प्रस्ताव लैजाने सार्वजनीक घोषणा गरिसकेका छन । 


आजको बैठकले करको दर दायरा स्थगन तथा संशोधनको बिषयमा महत्वपूर्ण निर्णय लिने सक्ने अवस्थालाई मध्यनजर राख्दै नेपाली कांग्रेसले क्रेडीट लिन आन्दोलन गरेको हो भन्नेहरुको संख्या पनि कम भने छैन । 


नेपाली कांग्रेसले बुधवार महानगरको प्रवेशद्वारा दिउसो १ बजेदेखी २ बजेसम्मकालागि आयोजना गरेको धर्नामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल, जिल्ला सभापति अजय कुमार द्विवेदी जिल्ला सचिव किशोरी साह ,बिजय सर्राफ,अशोक गुप्ता, अरविन्द गुप्ता,भवानी घिमिरे,लगायतका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.