logo

संघीयता उल्ट्याउने आधार करप्रणाली बन्छ की भन्ने चिन्ता भयोःअध्यक्ष दाहाल

      8/7/2018 गते 00 00 मा प्रकाशित     1200   पटक पढिएको

बीरगंज २२ साउन ।
 नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आर्थिक समृद्धि प्राप्तीकालागि मुलुकमा लगानी मैत्री वतावरण बनाउनु पर्नेमा जोड दिएका छन  ।


मंगलवार बीरगंजमा नेपाल उधाग वाणिज्य महासंघले आयोजना गरेको नगर तथा जिल्ला संघहरुको राष्ट्रीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले ठुलो संघर्ष पछि आएको परिर्वतनमा अपेक्षा गरिए जस्तो उपलब्धी हासिल नभएको चिन्ता समेत ब्यक्त गरे  । 


उनले  राज्य र नेतृत्वको सोच परम्परागत रहेको र त्यसको बिरासत अहिले पनि कायमै रहेकोले सचेत हुन पर्ने अवस्था रहेको बताए । अध्यक्ष यादवले राज्यको सोचमा उधोगी ब्यवसायीहरु ठग हुन भन्ने कुराले जरा गाडेको बताए ।

यता फाइल सर्दा वा उता फाइल सार्दा पनि उनीहरुलाई दोहन गर्नु पर्छ भन्ने सोचाई राज्यको प्रशासनयन्त्रमा हावी रहेको चर्चा गर्दै अध्यक्ष दाहालले यो सोचाई रहदा सम्म  बिकासमा फडको मार्न नसकिने बताए  ।

 

संसारका देशहरुले कसरी बिकास गरे भन्ने चर्चा गर्दै अध्यक्ष दाहालले जुन देशमा मुनाफा कमाउने स्वतन्त्रता छ त्यस्ता देशहरु बिकासको दिशामा अगाडि बढेको बताए । उनले जुन देशमा  नाफा कमाउने स्वतन्त्रता हुदैन त्यो देशमा बिकास नहुने बताए  ।

 

नाफा नभए लगानी हुदैन ,लगानी नभए उत्पादन बृद्धि हुदैन उत्पादन बृद्धि नभए रोजगारीको सृजना हुदैन त्यसैले पनि राज्य सकारात्मक हुनु जरुरी छ उनले भने “ नाफा कमाउने कुराको सुनिश्चितता नहुदा सम्म लगानी पनि हुदैन उत्पादन पनि बढदैन र रोजगारी पनि हुदैन ।”

 

उनले  राज्यले लगानीमैत्री वतावरण नवनाउदा सम्म पूजी जता पनि जाने चर्चा गरे । उनले  पूजीमा यति लिकूइड हुन्छ जता ओराले हुन्छ त्यतै बगेर जान्छ त्यो रोकेर रोकीदैन भने । नेपालमा वतावरण राम्रो बनाउन सकियो भने बिदेशी लगानी आउन कसैले चाहेर पनि रोक्न नसक्ने अध्यक्ष दाहालले बताए  ।


उनले मुलुकमा देखिएको करप्रणालीको चर्चा गर्दै कता कता २२ से २४ से राज्यको अभ्यास तिर जान खोजे जस्तो भएन भन्ने प्रति प्रश्न गरे  । तीन ठाउमा कर तिर्नु  पर्ने  अवस्था आएकोमा उनले आफू सबैभन्दा बढी चिन्तीत भएको बताए   । उनले पृथ्वी नारायण शाहले कर तिर्दा तिर्दै आजीत भएका जनताको सर्मथन पाएर नेपालको एकिकरण गरेको प्रसंग समेत सुनाउ  ।


उनले आफूहरुले स्थानीय सरकार बनाएको हो, राजा बनाएको होइन भन्दै जनताको घर दैलोमा स्थानीय सरकारको पहुच र बिकास निर्माणमा जनताको सहभागिताको वतावरण बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको  बताए  ।  तर अहिले जसरी करको बिषयमा जे हुदैछ त्यसले आफूलाई चिन्तीत बनाएको बताउदै उनले करको नाममा उठेको असन्तुष्टी  संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउने अस्त्र बन्ने त होइन भने । 

 

बढ्दो आयातलाई प्रतिस्थापन गर्न र निर्यात प्रवर्द्धनका लागि वैदेशिक लगानी अपरिहार्य बनेको दाहालले बताए े  । वैदेशिक लगानीबिना विकासको भावनालाई सम्बोधन गर्न असम्भव छ,’ नेकपा अध्यक्ष दाहालले भने  “त्यसका लागि आफ्नै देशभित्रका पूँजीको सुरक्षा गरी ऐन कानुनको झन्झट हटाई वैदेशिक लगानीको वातावरण बनाउनुपर्छ ।’ उद्योगी व्यवसायीलाई उत्साहका साथ नयाँ लगानी गर्न समेत उनले अपिल गरे । 


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले मुलुकमा विद्यमान बेथिति अन्त्यका लागि सरकारले प्रभावकारी कदम चाल्ने बताए । उनले आफूहरुले बनाउन लागेको कानूनको बिषयमा सरकार छलफल गर्न तयार रहेको बताए ।

 

उनले ब्यपारीलाई आफना कर्मचार नबिगार्न समेत आग्रह गरे । उनले संचारगृहहरु पूर्वाग्ही भएको समेत भन्न भ्याए । उनले  बजारको मूल्य, वस्तुको गुणस्तरको ग्यारेन्टी निजी क्षेत्रले लिएमा सरकारले अनुगमन नगर्ने बताए।उनले चुनौतीको भाषमा निजी क्षेत्रलाई यस्तो अपिल गर्दै  सहि गर्नेहरु डराउन नपर्ने र गलत गर्ने नछोडिने दृढता ब्यक्त गरे।

 

नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कर प्रणालीले निजी क्षेत्र त्रसित बनेको बताइन् ।उनले कर बिरोधी बीरगंजमा भएको जस्तो आन्दोलन देशका अन्य भागमा गर्न नपरोस भनीन ।

 

उनले सरकारलाई गभिम्रतापूर्वक सोच्न आग्रह गरिन । ब्यवसायीलाई करको त्रास नहोस उनले भनिन मुलुकमा स्थायी सरकार बनेको छ अन्तराष्ट्रीय क्षेत्रमा राम्रो सन्देश गएको र बिदेशी लगानी आउने वतावरण बन्दे गएको भन्दै वतावरण बिगार्ने काम सरकारले नगरोस भनिन ।  


वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले राज्यले वीरगन्जबाट राजस्व ज्यादा लिने तर बीरगंजलाई जहिले पनि पछाडी पार्ने काम भएको भन्दै गुनासो गरे ।  उनले राज्स्व संकलनको अनुपातमै बीरगंजको बिकासका निम्ति ध्यान दिन आग्रह गरे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.