logo

मधेशमा मार्क्सवाद अव भाद्र ६ र ७ मा

      8/15/2018 गते 00 00 मा प्रकाशित     831   पटक पढिएको

बीरगंज ३० साउन ।
बैज्ञानीक साम्यवादका प्रर्वतक सर्वहारा वर्गका महान नेता  कार्लमार्क्सको द्विशतावार्षिकी समारोह बीरगंजमा भब्यता पूर्वक मनाइने भएको छ । यस अघि शतावार्षिकी मुल समारोह समितिले   बीरगंजमा भाद्र १ र २ गते बीरगंजमा “मधेशमा माक्र्सवाद” शिर्षकमा मार्क्सवादकाबारेमा बैचारिक बहस गर्ने निर्णय गरेको थियो ।

नेपाल कम्युनिष्ट पार्टीले भाद्र २ गते महान शहीद रामबृक्ष यादवको स्मृतिमा धनुषामा बिशेष कार्यक्रमको आयोजना र सो कार्यक्रमा पार्टीका अध्यक्षद्वय प्रधानमंत्री के.पी.शर्मा ओली र पूर्व प्रधानमंत्री पुष्पकमल दाहालको सहभागिता हुने भएकोले  यो कार्यक्रम भाद्र ६ र ७ गतेकालागि सरेको आयोजक समितिका संयोजक पुरुषोत्तम पौडेलले जानकारी दिए । 

कार्यक्रममा नेकापाका शिर्ष नेताहरु,अन्यवाम घटकका नेता तथा स्वतन्त्र बुद्धिजीवीहरुले समेत मार्क्सवादका बिभिन्न पक्ष र आयामाका बारेमा सोच दृष्टिकोण र बिचारहरु राख्ने कार्यक्रम रहेको संयोजक पौडेलले बताए ।


मार्क्सवादले समाजभित्रको वर्गीय अन्तरसर्घर्षको अवस्थालाई बैज्ञानिक रुपमा हल गर्ने भएकोले मधेशमा मार्क्सवादको सार्थक बहस शुरु गर्न लागिएको हो ।


शतवार्षिकी समारोह सफल बनाउनकालागि पूर्वमंत्री तथा नेकपा नेता पुरुषोत्तम पौडेलको संयोजकत्वामा ब्यवस्थापन समितिको निर्माण भएको छ । त्यस्तै गोविन्द देवकोटाको संयोजकत्वमा  प्रचार उप समिति  बनेको छ ।

 समितिको सदस्यहरुमा के.सी.लामिछाने,महेश दास, लालबाबु शेख,श्याम बन्जारा,कमल उपाध्याय,अनुप तिवारी,निरज पिठाकोटे,रामबाबु मेहता र दिवाकर  भण्डारी लगायतका रहेका छन । त्यस्तै के.सी.लामिछानेको संयोजकत्वमा अवास उपसमिति निर्माण भएको छ । समितिमा उमेश गुप्ता,शिवजी गुप्ता रामबाबु यादव लगायतका रहेका छन ।

 त्यस्तै बीरेन्द्र शाहको संयोजकत्वमा अभिलेख उपसमिति वालगोपाल थापाको संयोजकत्वमा खाना तथा खाजा ब्यवस्थापन उपसमिति निर्माण भएको छ । पुरुषोतम पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति र सचिवालय निर्माण भएको छ । 

 भाद्र ६ र ७ गते बीरगंजको नगर सभागृहमा हुने “मधेशमा मार्क्सवाद”बैचारिक बहस कार्यक्रममा प्रदेश नम्बर २ का आठवटै जिल्लाबाट १ हजार नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने आयोजकले जनाएका छन । कार्यक्रममा मार्क्सवाद प्रति रुची भएका तर नेकपा तथा अन्य कम्युनिष्ट घटक भन्दा  बाहिर रहेका युवाहरुले पनि भाग लिन पाउने आयोजकले बताए छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.