logo

क्याम्पस प्रमुखलाई परिवर्तन गर्न माँग गर्दै कुलपती समक्ष बिद्यार्थीको ज्ञापन

      8/20/2018 गते 00 00 मा प्रकाशित     1188   पटक पढिएको

बीरगंज ४ भदौ ।
अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले त्रिभूवन बिश्व बिद्यालयका कुलपती प्रधानमंत्री के.पी.ओली समक्ष बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसको बेथिति बिरुद्ध पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र बुझाएका छन । 


दुबै संगठनले क्याम्पस प्रमुखले आफूहरुसंग गरेको सहमती लागू नगरेको र क्याम्पसको प्राज्ञीक वतावरण बिग्रेको र त्यसलाई सुुधार गर्नकालागि त्रिभूवन बिश्वबिद्यालयका पदाधिकारीहरुले समेत पहल नगरेपछि  प्रधानमंत्रीलाई ज्ञापन बुझाउन परेको उल्लेख गरेका छन । 


उनीहरुले बुझाएको ज्ञापन पत्रमा क्याम्पस प्रमुखले आर्थिक अनियमितता गरेको  आरोप लगाएका छन । बिद्यार्थीहरुले वर्तमान क्याम्पस प्रमुख परिर्वतन गरि क्याम्पसलाई बचाउन उनीहरुले माँग गरेका छन । 


डेढ वर्षको यो अवधिमा बर्तमान क्याम्पस प्रमुखले कार्यभार सम्हालेपछि क्याम्पसको शैक्षिक, प्रशासनिक, परीक्षा तथा आर्थिक अवस्था दिनानुदिन खस्किदै गएको आरोप लगाउदै क्याम्पस प्रमुखको  एकमात्र लक्ष्य आर्थिक लाभ कहाँ र कसरी हुने त्यसमै केन्द्रीत हुने गरेको उल्लेख गरेका छन । ज्ञापन पत्रमा अनेरास्ववियुका अजित साह तथा अनेरास्ववियु क्रान्तिकारीका संन्दीप बिक्रम शाहले हस्ताक्षर गरेका छन ।


बिद्यार्थीले बुझाएको ज्ञापन पत्रमा यस्ता आरोपहरु उल्लेख छन 
१    परिक्षामा २१ जना विद्यार्थी बराबर एक निरिक्षक खटाउनु पर्ने त्रि.वि.वि.को ब्यवस्थाको बर्खिलाप गई ५०÷५५ परिक्षार्थीमा एकजना निरिक्षक मात्र खटाएर बाँकी दुईजनाको पारिश्रमिक तथा अन्य आर्थिक सुविधा अपचलन गरेको  ।
२    आर्थिक लाभ हुने ठाउँमा एउटै कर्मचारीलाई दोहोरा–तेहरो जिम्मेवारी दिई अन्य क्षमतावान कर्मचारीको मनोवल गिराउने काम गरेको ।
३    ६ महिना म्याद हुने करारमा नियुक्त रहेका व्यक्तिलाई क्याम्पसको मालसमान खरिदको जिम्मेवारी दिई बित्तिय अनुशासन भंग गर्दै आएको ।
४    आर्थिक वर्षको अन्त्यमा असारे बिकासअन्तर्गत टुक्रे योजना बनाएर कोटेशनमार्फत काम वाँडफाड गरि करिव ३० लाख रुपैया अर्थहिन रुपमा खर्च गर्ने प्रपंच गर्दा संचार माध्यमले उजागर गरेपछि रोकिएको काम पुनः अगाडी बढाई रहेका छन् ।
५    शैक्षिक संस्थाको रकम राजनीति क्षेत्रका मान्छेहरुलाई बोलाई स्वागत सत्कार गर्ने नाममा खर्च गर्ने गरेकोे ।
६    क्याम्पस प्रमुख स्वयं आफै ओम इन्टरनेशनल नामक निजि शैक्षिक संस्थाको संचालक भई क्याम्पसमा समय नदिई क्याम्पसको श्रीबृद्धिमा स्वयं बाधक बनेको ।
७    क्याम्पसमा कर्मचारी तथा शिक्षकको व्यवस्थापन र जिम्मेवारी दिँदा आग्रहपूर्ण ब्यवहार गरेको ।
८    एउटै ब्यक्तिलाई एकै समयमा कर्मचारी र शिक्षकको रुपमा नियुक्ती दिई गैरकानुनी काम गर्दै गराउदै आईरहेको रहेकोे ।
९    पुस्तकालयमा पर्याप्त पुस्तक तथा शैक्षिक सामग्रीको ब्यवस्था गर्न क्याम्पस प्रमुख उदासिन रहेको ।
१०    सेमेस्टर प्रणालीलाई ब्यवस्थित रुपमा संचालन गर्न पूर्वाधार, शैक्षिक समाग्री तथा आवश्यक शिक्षकको ब्यवस्था नगरेको । 
११    क्याम्पसका पदाधिकारीहरुबीच समन्वय र समझदारीमा क्याम्पसको प्राज्ञिक विकासमा गर्नु पर्नेमा एक दुईजना पदाधिकारीलाई काखी च्यापी आर्थिक लाभको मनसुवाले काम गर्ने गरेको । 
१२    दरबन्दी केन्द्रीय कार्यालयमा राखी यस क्याम्पसमा काजमा कार्यरत व्यक्तिहरुलाई क्याम्पसको प्रशासनिक जिम्मेवारी दिई क्याम्पसलाई बेथितीको आंखडाको रुपमा रुपान्तरण गरेको । 
१३    क्याम्पसको परिसरमा रहेको रुखविरुवा संरक्षण गर्नु पर्नेमा अनुमति बेगर काटेर हिनामिना गरेको  ।
१४    मर्मत तथा निर्माणका लागि टेण्डर आह्वान नगरी आर्थिक अनियमितताका लागि आफ्ना निकटस्थ तथा आसेपासेलाई अमानतमा काम गराई आर्थिक अपचलन गर्दै आएका । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.