logo

बिन्दवासीनी गाउँपालिकाका अध्यक्षले ढाँटे,जनता निराश,यसवर्षको गाउँ सभाको टुङ्गो छैन

      8/20/2018 गते 00 00 मा प्रकाशित     2408   पटक पढिएको

बीरगंज ४ भदौ ।
बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु (मोदी) को कारण गाउँपालिकाको काम प्रभावित भएको गाउँ कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन । 


गाउँपालिकाकी उपाध्यक्ष किरण देवी सहित ८ जना गाउँ कार्यपालिका सदस्यहरुले सोमवार संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिका अध्यक्ष मोदी कै कारण विकास निर्माणको कामकाजले गति लिन नसेकेको आरोप लगाएका हुन ।

बिन्दवासीनी गाउँपालिकाले ०७४/०७५ को बजेटबाट किसानलाई बितरण गर्न किनिएको ग्यास चुल्हो,सिलीण्डर,खानेपानी धारा र पम्पीसेट खरिद गरिएकोमा ति समानहरु बितरण भने भएको छैन ।

 

यही कुरा संचार माध्यमले सार्वजनीक गरेपछि गाउँपालिकाका अध्यक्ष श्रीलाल साह (मोदी)ले प्रमुख कार्यकारी अधिकृत र लेखापालले आफूहरुलाई थाहा नदिई समान खरिद गरेको  बितरण नगरेको भन्दै प्रतिक्रिया दिएका थिए ।

तर सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष गुप्ताले  गाउँपालिकाको सबै काम, क्रियाकलाप कानुन बमोजिम नेपाल सरकारको मापदण्ड अनुसार भए पनि अध्यक्ष मोदीले राजनैतिक लाभको लागि भ्रामक समाचार संचार माध्यमलाई दिएको वताइन   ।

उपाध्यक्ष गुप्ताले  ग्यास चुल्हो, पम्पीसेट, धारा  लगायतका समाग्री गाउँपालिका अध्यक्ष मोदी कै रोहबरमा खरिद गरेको दावी गरिन । उनले  आफनै रोहवरमा सामान खरिद गरेको भएपनि अध्यक्षले   प्रमुख प्रशासकिय अधिकृत तथा लेखापाल माथी गलत आरोप लगाएको वताइन  ।

 

सामग्री खरिदको मुचुल्कामा अध्यक्ष मोदीले हस्ताक्षर गरेको प्रमाण देखाउदै उपाध्यक्षले गुप्ताले भनिन  सबै थोकमा अध्यक्षको संलग्नता भए पनि कर्मचारीलाई आरोप मात्र लगाइएको हो ।

 

  कानुन विपरित केही कार्यक्रमको भुक्तानी दिनको लागि प्रमुख प्रशासकिय अधिकृत र लेखापाललाई अध्यक्ष मोदीले दबाव दिएको र सो कुरा कानुन बमोजिम नभएको र दिन नमिल्ने वताए पछि अनावश्यक रुपमा मानसिक दबाव दिन आरोप लगाईको उपाध्यक्ष गुप्ताको दावी छ ।

 

 गाउँपालिकाको प्रथम गाउँ सभाबाट पारित कार्यकक्रम अनुसार खरिद भएका साग्रीहरु वितरण गर्नको लागि बोर्डबाट पारित हुने कार्यविधि आवश्यक भएको तर मिति २०७५/०२/२५ गते अन्तिम बोर्ड बैठक बसेको र बारम्बार वितरणको लागि कार्यविधि बनाउन  अध्यक्षलाई बैठक बोलाउन आग्रह गरे पनि आनाकानी गरेका कारण हाल सम्म खरिद गरिएको सामानहरु वितरण हुन नसकेको उपाध्यक्ष गुप्ताको भनाई थियो ।

 

बिन्दवासीनीमा आर्थिक वर्ष ०७५/०७६ को गाउँसभा भएको छैन ।  स्थानीय सरकार संचालन ऐनको दफा १६ र १९ बमोजिम कार्यपालिका र गाउँ सभाको बैठक बोलाउन अधिकार अध्यक्ष संग मात्र भएकोले प्रत्येक महिनामा कम्तिमा एक पटक हुने बैठक २०७५ जेठ महिना पछि हाल सम्म बस्न सकेको छैन । 

 

दोस्रो गाउँ सभा  ०७५ असार १० देखी २५ भित्र सम्पन्न हुनु पर्नेमा हाल सम्म पनि बैठकको लागि कुनै प्रक्रिया सुरु हुन नसकेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 

अध्यक्ष आफु खुसी भ्रमणमा जाने र स्थानीय सरकार संचालन ऐनको दफा १६ को १२ बमोजिम ७ दिन भन्दा बढी समय अनुपस्थित भएमा निमित्तको जिम्मेवारी उपाध्यक्षलाई दिनु पर्नेमा त्यस्तो पनि नगरी एकलौटी रुपमा अगाडि बढेको उपाध्यक्ष गुप्ताले बताइन । 

 सामाजिक बिकासको कार्यक्रम उपाध्यक्षले संचालन गर्ने अधिकार भए पनि अध्यक्षले आफै कार्यक्रम सम्झौतामा साक्षी बसेको प्रमाण समेत उपाध्यक्षले पत्रकार सम्मेलनमा देखाइन ।  

 

कार्यक्रममा वडा नं. २  का अध्यक्ष संजय चौहान, वडा नं. ३ का अध्यक्ष सलमा खातुन, वडा नं. ४ का अध्यक्ष अनोज चौरसिया, वडा नं. ५ का अध्यक्ष सुकदेव चौरसिया, गाउँ कार्यपालिकाका सदस्य रामचन्द्र चौरसिया, फुलमती देवी, हरिन्द्र चौरसिया लगाइत केही गाउँ सभा सदस्यहरुको समेत सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.