logo

बिन्दवासीनी गाउँपालिकाका अध्यक्षले ढाँटे,जनता निराश,यसवर्षको गाउँ सभाको टुङ्गो छैन

      8/20/2018 गते 00 00 मा प्रकाशित     2301   पटक पढिएको

बीरगंज ४ भदौ ।
बिन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु (मोदी) को कारण गाउँपालिकाको काम प्रभावित भएको गाउँ कार्यपालिका सदस्यहरुले आरोप लगाएका छन । 


गाउँपालिकाकी उपाध्यक्ष किरण देवी सहित ८ जना गाउँ कार्यपालिका सदस्यहरुले सोमवार संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी गाउँपालिका अध्यक्ष मोदी कै कारण विकास निर्माणको कामकाजले गति लिन नसेकेको आरोप लगाएका हुन ।

बिन्दवासीनी गाउँपालिकाले ०७४/०७५ को बजेटबाट किसानलाई बितरण गर्न किनिएको ग्यास चुल्हो,सिलीण्डर,खानेपानी धारा र पम्पीसेट खरिद गरिएकोमा ति समानहरु बितरण भने भएको छैन ।

 

यही कुरा संचार माध्यमले सार्वजनीक गरेपछि गाउँपालिकाका अध्यक्ष श्रीलाल साह (मोदी)ले प्रमुख कार्यकारी अधिकृत र लेखापालले आफूहरुलाई थाहा नदिई समान खरिद गरेको  बितरण नगरेको भन्दै प्रतिक्रिया दिएका थिए ।

तर सोमवार आयोजना गरिएको पत्रकार सम्मेलनमा उपाध्यक्ष गुप्ताले  गाउँपालिकाको सबै काम, क्रियाकलाप कानुन बमोजिम नेपाल सरकारको मापदण्ड अनुसार भए पनि अध्यक्ष मोदीले राजनैतिक लाभको लागि भ्रामक समाचार संचार माध्यमलाई दिएको वताइन   ।

उपाध्यक्ष गुप्ताले  ग्यास चुल्हो, पम्पीसेट, धारा  लगायतका समाग्री गाउँपालिका अध्यक्ष मोदी कै रोहबरमा खरिद गरेको दावी गरिन । उनले  आफनै रोहवरमा सामान खरिद गरेको भएपनि अध्यक्षले   प्रमुख प्रशासकिय अधिकृत तथा लेखापाल माथी गलत आरोप लगाएको वताइन  ।

 

सामग्री खरिदको मुचुल्कामा अध्यक्ष मोदीले हस्ताक्षर गरेको प्रमाण देखाउदै उपाध्यक्षले गुप्ताले भनिन  सबै थोकमा अध्यक्षको संलग्नता भए पनि कर्मचारीलाई आरोप मात्र लगाइएको हो ।

 

  कानुन विपरित केही कार्यक्रमको भुक्तानी दिनको लागि प्रमुख प्रशासकिय अधिकृत र लेखापाललाई अध्यक्ष मोदीले दबाव दिएको र सो कुरा कानुन बमोजिम नभएको र दिन नमिल्ने वताए पछि अनावश्यक रुपमा मानसिक दबाव दिन आरोप लगाईको उपाध्यक्ष गुप्ताको दावी छ ।

 

 गाउँपालिकाको प्रथम गाउँ सभाबाट पारित कार्यकक्रम अनुसार खरिद भएका साग्रीहरु वितरण गर्नको लागि बोर्डबाट पारित हुने कार्यविधि आवश्यक भएको तर मिति २०७५/०२/२५ गते अन्तिम बोर्ड बैठक बसेको र बारम्बार वितरणको लागि कार्यविधि बनाउन  अध्यक्षलाई बैठक बोलाउन आग्रह गरे पनि आनाकानी गरेका कारण हाल सम्म खरिद गरिएको सामानहरु वितरण हुन नसकेको उपाध्यक्ष गुप्ताको भनाई थियो ।

 

बिन्दवासीनीमा आर्थिक वर्ष ०७५/०७६ को गाउँसभा भएको छैन ।  स्थानीय सरकार संचालन ऐनको दफा १६ र १९ बमोजिम कार्यपालिका र गाउँ सभाको बैठक बोलाउन अधिकार अध्यक्ष संग मात्र भएकोले प्रत्येक महिनामा कम्तिमा एक पटक हुने बैठक २०७५ जेठ महिना पछि हाल सम्म बस्न सकेको छैन । 

 

दोस्रो गाउँ सभा  ०७५ असार १० देखी २५ भित्र सम्पन्न हुनु पर्नेमा हाल सम्म पनि बैठकको लागि कुनै प्रक्रिया सुरु हुन नसकेको समेत पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो । 

अध्यक्ष आफु खुसी भ्रमणमा जाने र स्थानीय सरकार संचालन ऐनको दफा १६ को १२ बमोजिम ७ दिन भन्दा बढी समय अनुपस्थित भएमा निमित्तको जिम्मेवारी उपाध्यक्षलाई दिनु पर्नेमा त्यस्तो पनि नगरी एकलौटी रुपमा अगाडि बढेको उपाध्यक्ष गुप्ताले बताइन । 

 सामाजिक बिकासको कार्यक्रम उपाध्यक्षले संचालन गर्ने अधिकार भए पनि अध्यक्षले आफै कार्यक्रम सम्झौतामा साक्षी बसेको प्रमाण समेत उपाध्यक्षले पत्रकार सम्मेलनमा देखाइन ।  

 

कार्यक्रममा वडा नं. २  का अध्यक्ष संजय चौहान, वडा नं. ३ का अध्यक्ष सलमा खातुन, वडा नं. ४ का अध्यक्ष अनोज चौरसिया, वडा नं. ५ का अध्यक्ष सुकदेव चौरसिया, गाउँ कार्यपालिकाका सदस्य रामचन्द्र चौरसिया, फुलमती देवी, हरिन्द्र चौरसिया लगाइत केही गाउँ सभा सदस्यहरुको समेत सहभागिता रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.