logo

रौनीयारको पप्पु कन्ट्रक्शनका बिरुद्ध गौरमा प्रर्दशन,निर्माणमा ढिलासुस्ती गरेको भन्दै कारवाहीको माँग

      8/27/2018 गते 00 00 मा प्रकाशित     1931   पटक पढिएको


गौर ११ भदौ ।
देशभरका करिब ७ किमी लम्बाई पूल निर्माणको ठेक्का लिएर काम नगरेपछि बदनाम बनेको पप्पु कन्स्ट्रक्सनको बिरोधमा सोमबार रौतहट सदरमुकाम गौरमा प्रर्दशन भएको छ  । 


समयमा नै पुल नबनेको बारण गौरमा डुगा दुर्घटना भएर मानिसको ज्यान  गएको भन्दै पप्पु कन्स्ट्रक्सन बिरुद्ध गौरमा प्रर्दशन भएको हो । 


शनिवार साँझ गौर–४ स्थित लालबकैया नदीको टिकुलियाघाटमा निर्माण हुँदै गरेको पक्की पुलको पिलरमा ठोक्किएर डुंगा दुर्घटना भएको थियो ।पप्पु कन्स्ट्रक्सन पर्साको क्षेत्र नं ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका सांसद हरि नारायण रौनीयारको हो । अहिले कम्पनीको काम भने उनका छोरा सुमीत रौनीयारले हेर्ने गरेका छन ।

 

दुर्घटनापछि २९ जना भन्दा धेरै डुबेका थिए । जसमा तीनजनाको शव भेटिएको छ भने अन्य दुईजना अझै बेपत्ता छन् । अधिकांश यात्रु पौडिएर बाँच्न सफल भएका थिए । 


पीडित परिवारलाई राहत र सम्झौता अनुसार समयमा काम नसक्ने ठेकेदारलाई कडा कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाइएको हो । 


ठेकेदारको लापर्वाहीले पुल समयमा नै नबनेकोले डुगा दुर्घटना भएर मानिसको ज्यान गएको भन्दै गौरमा नेकपाको अगुवाइमा प्रर्दशन गरेको नेकपाका जिल्ला नेता कमलराय यादवले बताएका छन ।

 

 पिडित परीवारलाइ नेपाल सरकारबाट उचित राहत र सम्झौता समय भित्र काम सम्पन्न नगर्ने ठेकेदारलाइ हदै सम्मको कार्वाही माग गर्दै नेकपामा जिल्ला तहका नेताहरुको जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएका छन ।

 

ज्ञापन पत्र बुझ्दै रौतहटका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले मागहरु सम्वन्धित निकायमा पठाएको जनाएका छन ।

 

बागमती तथा लालबकैयामा जीर्ण डुगाहरु प्रयोग हुदै आएको  , तालिम नलिएका डुगा चालकहरुले चलाएको , डुगा संचालन गर्दा आउने खतरा लाइ रोक्न न्युनतम सुरक्षाको समेत व्यवस्था नगरेको, डुगाको अवस्थाको बिषयमा स्थानिय तह तथा स्थानिय प्रशासन अनुगमन नगरेकोले गम्भिर बन्न आग्रह गर्दै ज्ञापन पत्र बुझाएको गौर स्थित नेकपाका युवा नेता शम्भु साहले बताएका छन ।

 

गएको २०७४ असार २५  भित्र सो पुल निमार्ण भैसक्नु पर्नेमा अहिले सम्म पिलर मात्रै निमार्ण भएको छ । २०७१ साल असार २६ उक्त पुलको निर्माणका लागि सम्झौता भएको  थियो । निर्माणको ठेक्का पाएको पप्पु कन्ट्रक्सनको ढिलासुस्तीका कारण जोखिम मोलेर लालबकैया नदी तर्न स्थानीयबासी बाध्य छन् ।
 निमार्ण हुँदै गरेको उक्त पुल दुई सय ४२ मिटर लामो छ भने ७ वटा स्पर रहेका छन् । 

 

निर्माणको ठेक्का पप्पु कन्ट्रक्सनले १४ करोड ९३ लाख २७ हजार एकसय पचास रुपैयाँमा लिएको थियो । ठेकेदारले पुल निर्माणमा लापरबाही गरेपछि सडक डिभिजन कार्यालयले २०७४ माघ २९ गते यता सम्झौता अनुसार काम गर्न भन्दै पटक पटक पत्राचार गरिरहेको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.