logo

ज्यानमाराको आरोप लागेको पप्पुको लापरवाहीले जब्दीघाटको पूल भासिएको ठहर

      8/28/2018 गते 00 00 मा प्रकाशित     1581   पटक पढिएको

काठमाण्डौ १३ भदौ ।  ठेकेदारले कमसल सामग्री प्रयोग गरेकाले बबई नदीको जब्दीघाटस्थि पक्की पुल भासिएको छानबिन समितिले ठहर गरेको छ ।

 

समितिले सोमबार पुल महाशाखालाई बुझाएको प्रतिवेदनमा पप्पु कन्स्ट्रक्सनको ‘गम्भीर’ लापरबाहीलाई कारण मानिएको महाशाखाका उपमहानिर्देशक अर्जुनजंग थापाले बताए ।

 

यसअघि उक्त कन्स्ट्रक्सनले डिजाइनमा समस्या देखाउँदै निर्माण रोकेको थियो । कन्स्ट्रक्सनले पुल निर्माणका मापदण्डभन्दा कमसल सामग्री प्रयोग गरेका महाशाखाले जनाएको छ ।


‘‘निर्माण कम्पनीको गम्भीर लापरबाही देखियो’, उनले भने, ‘यो विषयमा अख्तियारले समेत छानबिन गरिरहेको छ।’ यस्तै पप्पु कन्स्ट्रक्सनले रौतहटको लालबबकैया नदीमा तोकिएको समयमै पुल नबनाएका कारण चारजनाको ज्यान गएको भन्दै सम्बिधान सभाका सदस्य सत्यनारायण भगतले मंगलबार कारबाहीको माग राखेर गृह मन्त्रालयमा किटानी जाहेरी दिएका छन् ।


पप्पु कन्सट्रक्शन पर्साको क्षेत्र नं ३ वाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य हरिनारायण रौनीयारको हो ।

 

०७४ चैत ८ गते उनी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेपछि कन्स्ट्रक्शनको काम आफूले छाडेर जेठो छोरा सुमीत रौनीयारलाई जिम्मा लगाएको बताउदै आएका छन ।  उनी आफू कम्पनीको प्रमुख हुदा गरेका सम्झौता ,काम र त्यसबाट उत्पन्न परिणामबाट उन्मुक्ति पाउने दलील सहित उनले जिम्मेवारी हस्तान्तरणको चर्चा गर्ने गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.