logo

निकुञ्ज प्रशासन मूर्दावाद,जनताले जोगाएको मध्यवर्ती क्षेत्रमा दादागिरी बन्द गर !

      8/28/2018 गते 00 00 मा प्रकाशित     2172   पटक पढिएको

काठमाण्डौ १३ भदौ ।  पर्सा राष्ट्रीय निकुञ्जले ठोरी गाउँपालिकाको ट्रिपर र ट्रयाक्टर नियन्त्रणमा लिएपछि स्थानीय र निकुञ्जवीचमा तनाव पैदा भएको छ ।


ठोरी गाउँपालिका कार्यालयले वडा नं. ५ सुवर्णपुरमा आफ्नै डोजर, ट्रिपर र ट्याक्टर प्रयोग गरेर सडक मरम्मत गरिरहेको थियो । मंगलवार  दिउँसो पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गत गडवालाइन पोस्टबाट खटिगएको सेनाको टोलीले ठूलो बाघमोर्चा गाउँको माझबाट ति साधनहरु नियन्त्रणमा लिएको हो । 


अविरल वर्षका कारण ठोरी गाउँपालिका यातायात पहुचबाट बिच्छेद भएको अवस्थामा बागमोर्चा खोलाबाट आवश्यक गिट्टी वालुवा झिकेर सडक मरम्मत गर्दा निकुञ्जले गाउँपालिकाको ट्रिपर ट्रयाक्टर नियन्त्रणमा लिएपछि निकुञ्जको यो कदमको सर्वत्र आलोचना गर्न थालिएको छ । 

 

 निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने खोलाबाट अनुमतिबिना ग्रेभेल निकालेकोले उपकरण नियन्त्रणमा लिएको पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए  । तर ठोरी गाउँपालिका अध्यक्ष पि.एल.श्रेष्ठले वर्षाको कारण बिग्रेको सडक जनताको सहभागितामा मरम्मत गरिएको बताए ।

 

उनले सडक सम्याउदा चाहिएको २÷४ टिप ग्राभेल गाउँकै वीचको सडक छेउवटा झिक्दा आरक्षले जनआवश्यकतालाई नजरअन्दाज गरेर शासकीय दम्भ देखाएको टिप्पणी गरे ।  उम्बुलेन्स समेत चल्न नसक्ने अवस्थामा बाटो सम्याउदा निकुन्जले मानवीय सम्वेदनाको खिलाफमा काम गरेको श्रेष्ठले बताए ।


निकुञ्जले बस्ती समेत आफनो सीमा त्रि पर्छ भनेर स्थानीयसंग निहु खोजेको स्थानीयको आरोप छ । निकुञ्जले एक जना चाहलकलाई मंगलवारै मुक्त गरेको छ । ट्रिपर र ट्रयाक्टर भने गडुवालाईनमा रहेको निकुञ्ज सुरक्षार्थ खटिएको सेनाको ब्यारेकमा राखेको छ । 


गएको जेठ २० देखी २४ सम्म निकुञ्ज क्षेत्र भित्र रहेको ओडार खोलाबाट एक्साभेटर प्रयोग गरे अनधिकृत रुपमा गिट्टी वालुवाको उत्खनन हुदा निकुञ्जले कुनै हस्तष्ोप गरेको थिएन । हुलाकी सडकको निर्माणको ठेक्का लिएको बानिया निर्माण सेवा नेपालको राजनीतिका एक हस्ती भएकोले पनि निकुञ्जले कुनै प्रतिक्रिया देखाएको थिएन । त्यही हुलाकी बाटोमा हिलोका कारण सदरमुकाम बीरगंजबाट बिच्छेद भएपछि ग्राभेल हाल्दा साधनहरु नियन्त्रणमा लिनु कतिको जायज हो भन्दै ठोरी प्रेमी कुमार भण्डारीले आफनो सामाजिक संजाल मार्फत रोषपूर्ण सवाल सोधेका छन । निकुञ्ज प्रशासनको यो कामको भत्र्सन गर्दछौ निकुञ्ज प्रशसन मूर्दावाद भन्दै आक्रोश पाखेका छन । 
पूर्व जनप्रतिनिधि समेत रहेका पत्रकार प्रताप श्रेष्ठले भने यसरी आन्दोलनको अपिल गरेका छ “ मनहरीका जनतालेआरक्ष हटाउनु प¥यो भनेर आन्दोलन गर्दा वन मन्त्रलयनै आएर गिडगिडाएको थियो ।

 

अव त्यो आन्दोलन ठोरी गाउँपालिकाबाट सुरु हुनु पर्छ । हात्तीले ज्यान लिंदा उद्धार गर्न नआउने निकुञ्ज, तस्करसंग जनताले लडदै जोगाएको मध्यवर्ति क्षेत्रमा दादागिरी गर्ने ? अब जनता जाग्नु प¥यो निकुञ्जका पिउनहरूलाई गाउँमा आउँदा हाकिम साव भन्दै लम्पसार पर्ने प्रबृतिले उनीहरुको मन बढेको हो ”
सामाजिक संजाल मार्फत निकुञ्जको यो कामको तिब्र आलोचना भएको छ । बानिया निर्माण सेवाले केही खान दिएकोले त्यतीबेला चुप भएको निकुञ्ज प्रशासन अहिले गाउँपालिकाले केही नदिएकोले यस्तो गरेको होला भन्ने टिप्पणीहरु पनि सामाजिक संजालमा देखिएका छन । 

पछिल्लो समय वर्षा सुरु भएसंगै ठोरी गाउँपालिकाका कच्ची सडकमा पानी जमेर खाल्डाखुल्डी बन्न थालेपछि गाउँपालिकाले बाटो ग्रावेलिङको काम थालेको थियो।हुलाकी सडक पानी पर्ने बित्तिकै हिलो हुने र आवतजावत नै गर्न नसकिने भएपछि सो सडकको विकल्पका रुपमा रहेको ठुलोबाघमोर्चा बाट ठोरी ४ बिशालचोकजाने सडक बर्षाको पानीले भत्काएर सवारी संचालन नै गर्न नसकिने भएपछि गाउँपालिकाले सडक मर्मत गरेर सुचारु गराउन थालेको थियो।


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.