logo

क्याम्पस प्रमुखले वार्ता भाँडेःबिद्यार्थी,हामी हमेसा वार्ताकालागि तयार छौः क्याम्पस प्रमुख

      8/30/2018 गते 00 00 मा प्रकाशित     1292   पटक पढिएको

बीरगंज १४ भदौ ।

ठाकुरराम बहुमुखी क्याम्पस प्रशासन र नेकपा निकट बिद्यार्थी संगठन वीच बिहिवार भएको वार्ता बिना निष्कर्ष सकिएको छ । असफल वार्ताले क्याम्पसको वतावरण प्राज्ञिक बनाउनको साटो झनै तनाव सृजना गरेको छ ।

क्याम्पस प्रशासन झारा टार्ने हिसावले वार्तामा प्रस्तुत भएको बिद्यार्थी नेता प्रभाकर गुप्ताले बताए । क्याम्पस प्रमुख डा.प्रमोद कुशवाहाले  अनेरास्ववियूका दुबै संगठनको तर्फबाट बुझाईएको माग पत्रका बिषयमा कुनै तयारी बिना वार्तामा आएकोले वार्ता नभएको बिद्यार्थीहरुले बताएका छन । क्याम्पस प्रशासनले वार्ताको प्रपन्च रच्यो वर्ताको माध्यमबाट समास्याको हल खोज्ने उसको नियत नभएको प्रष्ट देखिएको अर्का बिद्यार्थी नेता शिवजी गुप्ताले बताउनु भयो ।

क्याम्पस प्रशासन बिद्यार्थी संगठलाई अपमानीत गर्ने र राजनीतिक पूर्वाग्रपूर्ण ब्यवहार गर्न उद्धत भएपछि वार्तामा समस्या आएको उहाँले बताउनु भयो ।

वार्तामा क्याम्पस प्रशासनले नै बिद्यार्थी संगठनलाई आमन्त्रण गरेको थियो । वार्तामा बसेपछि क्याम्पस प्रमुख डा.कुशवाहाले माँगहरु के छन भन्दै बिद्यार्थी संगठनका नेताहरुलाई सोधेका थिए । ज्ञापन बुझाएका बिद्यार्थी नेताहरुले भने हाम्रा माँगहरु समेत नपढी वार्तामा आएर के नाटक देखाउन खोजेको भन्दै क्याम्पस प्रशासनको आलोचना गरेका थिए ।

क्याम्पस प्रशासनले हालै मात्र राजनीति शास्त्रका बिभागीय प्रमुखलाई समाजशास्त्रको पनि बिभागीय प्रमुख बनाएको बिषयमा बिद्यार्थीले प्रश्न गरेका थिए । क्याम्पस प्रमुख डा. कुशवाहाले यो तपाईहरुको चासोको बिषय हैन तपाईहरुले बिद्यार्थीको हक हितको कुरा गर्नुहोस कर्मचारी, शिक्षकका बिषयमा उहाहरुकै संगठनहरुले कुरा गर्ने जावाफ दिएका थिए ।  क्याम्पसमा हुने हरेक गतिविधिमा आफूहरुको चासो र सरोकारको रहने भन्दै आफूहरुले क्याम्पस प्रमुखको भनाईको प्रतिवाद गरेको प्रभाकर गुप्ताले बताउनु भयो  ।

क्याम्पस प्रशासनको गैर जिम्मेवार रबैया र वार्ता भाँडने योजनाका कारण बार्ता असफल भएपछि आक्रोशमा बिद्यार्थीहरुले कुर्सी फालाफाल गरेका थिए । कुर्सी फालाफाल गर्दा सहायक क्याम्पस प्रमुख रोशन लामिछानेलाई सामान्य चोट लागेको बताइएको छ ।

अखिलका नेता प्रभाकर गुप्ताले क्याम्पस प्रमुखको राजनीतिक आग्रहपूर्ण तथा छुद्र ब्यवहारले वार्ता भाडियो र तोडफोड समेत भयो त्यसको जिम्मा क्याम्पस प्रमुखले लिनु पर्ने बताएका छन । उनले   क्याम्पसको स्वच्छ शैक्षीक वतावरणलाई धुमील पार्ने काम क्याम्पस प्रमुखबाट हुदै आएको दावी गर्दै प्राज्ञीक मर्यादा कायम गर्न नसक्ने र जनताका छोराछोरी पढने क्याम्पस बिगारेर आफनो नीजि क्याम्पस उकास्ने खेलमा प्रमुख लागेको आरोप लगाए  । क्याम्पस प्रमुख डा.कुशवाहा बीरगंजको ओम इन्टरनेशनल कलेजको संचालक हुन । वार्ता भाडिएपछि बिद्यार्थीहरुले ठाकुरराम बहुमखी क्याम्पसको लेखा शाखामा पनि तलाबन्दी गरेका छन । क्याम्पस प्रमुखको कार्यकक्ष,स्टोर शाखामा तालाबन्दी रहेकोमा आजबाट लेखा शाखामा समेत तालाबन्दी भएको छ ।

तर क्याम्पस प्रमुख डा. कुशवाहाले भने आफू जहिले पनि वर्ताको माध्यमबाट समास्याको हल खोज्न तयार रहेको बताए   । उनले आउने आइतवार बिद्यार्थी संगठनहरुसंग फेरी वार्ताको कार्यक्रम तय भएको जानकारी दिए । उनले बिद्यार्थीहरुले राखेको माग प्रति क्याम्पस प्रशासन सम्बेदनशील रहेको बताउदै वर्ताको वतावरण बनाउन समेत अपिल गरेका छन । अचानक अवस्था असमान्य बन्यो उनले भने  ‘नियत कसैको खराव जस्तो त लागेको थिएन’ १५ वटा जति काठको कुर्सीमा क्षति पुगेको छ ।

यसअघि भदौं ४ गते नै बिद्यार्थीहरुले  क्याम्पस प्रमुख परिवर्तन गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत त्रिभुवन विश्व विद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका थिए । त्यो भन्दा अगाडि बिद्यार्थीहरुले आफना माँगहरु पुरा नगरिएको भन्दै क्याम्पसको स्टोर शाखामा तालाबन्दी समेत गरेका थिए । साउन १७ गते बिद्यार्थीका बिभिन्न माँग पुरा गर्ने भन्दै क्याम्पस प्रशासनले सहमती जनाएको थियो ।

ठाकुरराम बहुमुखी क्याम्पसमा व्यापक अनियमितता भएको भन्दै बिद्यार्थी संगठनले उच्च स्तरीय छानविन समिति गठन गर्न माग समेत गरेका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.