logo

कोल्डस्टोर्समा घ्यू उद्योग, राँगाको बोसो मिसावट, नागरिक स्वास्थ्यमा खेलवाड, प्रशासनले ठोक्यो ताला

      9/2/2018 गते 00 00 मा प्रकाशित     1293   पटक पढिएको

उमेश गुप्ता
बीरगंज १७ भदौ । 
बाराको प्रसौनीमा रहेको एक घ्यू फ्याक्ट्रीमा अखाद्य वस्तु भेटिएपछि प्रशासनले सीलबन्दी गरेको छ ।

 

प्रसौनीमा रहेको कोल्ड स्टोर्समा अनधिकृत रुपमा साइनबोडै समेत नराखी संचालनमा रहेको डेरी घ्यू उद्योगमा अखाद्य र गुणस्तरहीन वस्तु भेटिएपछि शनिबार प्रशासनले सील बन्दी गरेको हो । 


करिव दश दिन अगाडि उद्योगबाट उत्पादित सामाग्रीहरुको नमुना लिइ परिक्षण गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले गरेको परिक्षणमा अखाद्य वस्ुत भेटिएकोले उद्योगमा सीलबन्दी गरिएको कार्यालय प्रमुख राजकुमार रिजालले बताए। उद्योगले उत्पादन गरेको सबै सामाग्रीमा केमिकल र अन्य विषादी सहित अखाद्य वस्तुहरुको मिश्रण गरिएको पाइएको छ । 


टोलीमा सहभागी एकजनाका अन्ुसार घ्यूमा डाल्डा,राङाको बोसो,पाम आयल,आलुसहित वनको झारपात मिसावट गरी  घ्यू उत्पादन गर्ने गरिएको छ । यद्धपी घ्यूमा मिसावट के भएको थियो भन्ने बिषयमा परिक्षण बाँकी रहेको यकिन भन्न नसकिने बताइएको छ ।

 

 सो उद्योगले उत्पादन गर्ने गरेको वस्तुको नमुना परिक्षणमा नेपाल सरकारले तोकेको मापदण्डको बर्खिलाप गरिएको वतावरण र सरसफाईमा कुनै ध्यान नदिएको पाइएको र त्यो सामाग्रीले नागरिक स्वास्थ्यमा प्रतिकूल असर पार्ने भएकोले शीलबन्दी गरिएको खाद्य्य प्रविधि तथा गुण नियन्त्रण विभाग हेटौडाले जनायो । 


सो घ्यू उद्योगले डेरी घ्यू,एमडीएच र शिवम ब्रान्डका घ्यूहरु उत्पादन गर्छ ।घ्यू उधोगमा नियमतह उद्योगले सामान उत्पादन गर्दा त्यसको निगरानीकालागि सिसि क्यामेरा राख्नुपर्छ ।

 

तर त्यसो नगरेको अत्यन्तै दुर्गन्धीत स्थानमा घ्यू उत्पादन गरेको टोलीमा रहेका एक जनाले बताए । ति सहभागीका अनुसार  यस बाहेक उत्पािदत वस्तुमा पनि उत्पादित मिति,मूल्य, ब्याच नम्बर समेत उल्लेख गरिएको छैन् । जुन एकदम गलत रहेको छ’,उनले भने ।  


घ्यूमा यसरी रांगाको बोसो मिसावट गर्नु धार्मिक हिसाबले एकदम गलत रहेको धर्म गुरुहरु बताउँछन् । उनीहरुका अनुसार घ्यूमा बोसो मिलाएर बनाउनु भनेको गलत मात्र नभइ हिन्दू धर्मसंग खेलवाड गर्नु पनि हो । घ्यूको प्रयोग शुभ कर्ममा गरिने भएकोले घ्यू उत्पादक राजु मित्तलले धार्मिक भावनासंग पनि खेलवाड गरेको चर्चा चल्न थालेको छ । 

 

बाराका प्रमुख जिल्ला अधिकारी,प्रहरी उपरिक्षक मिरा चौधरी अन्य उपभोक्ता हित संग आवद्ध संस्थाका प्रतिनिधिहरुको सहभागितामा उधोगमा शिल लागेको हो । उधोगले उत्पादन गरेको १ सय १६ डिब्बा घ्यू र ४ सय केजी प्याकिङ्ग तयारीमा रहेको घ्यू समेत नष्ट गरेको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.