logo

आफनो स्वार्थ भन्दा माथि देशको स्वार्थलाई राख्न प्रम ओलीको सुझाव

      9/22/2018 गते 00 00 मा प्रकाशित     1095   पटक पढिएको

काठमाडौं,६ असोज,प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका नेता कार्यकताहरुलाई मौरी जस्तै मेहनती बन्न निर्देशन दिएका छन    ।
 वाम नेतृ साहाना प्रधानको चौथो स्मृतिसभालाई आज पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो निर्देशन दिएका हुन  ।


 प्रधानमन्त्री ओलीले कर्मीमौरीको झैं मेहनतले मात्र देश विकास हुने बताए  । “कर्मीमौरी झैं एकजुट भएर काममा लाग्नुहोस । सबैको संयुक्त मेहनतले देश निर्माण हुन धेरै समय लाग्दैन” प्रधानमन्त्री ओलीलेको भनाई थियो ।

 


 प्रधानमन्त्री ओलीले आफ्नो स्वार्थ भन्दा देशको स्वार्थलाई केन्द्रमा राखेर काम गर्न सबैलाई सुझाए  । “आफ्ना आग्रह,पूर्वाग्रह छाडौं,आफ्नो होइन देशको स्वार्थलाई ध्यान दिऔं भने देश विकास हुन धेरै समय लाग्दैन” प्रधानमन्त्री ओलीलेको कथन थियो ।


प्रधानमन्त्री ओलीले विगतमा वामपन्थीको भूमिकालाई निस्तेज पार्ने प्रयास भएकोले देश लामो समय पछाडि परेको बताए । “वामपन्थीको भूमिकालाई काँग्रेसले स्विकारेको भए ०१७ सालमा पञ्चायत स्थापना हुन सक्ने थिएन” प्रधानमन्त्री ओलीले भने “फेरी पनि वामपन्थी सुझाव मानेको भए पञ्चायतपनि लामो समय रहने थिएन । ”


 नेपालको वामपन्थी आन्दोलनमा साहाना प्रधानको भूमिका अग्रणी रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । साहानालाई महिला आन्दोलनकी नेतृको रुपमा हेर्नु उपयुक्त नहुने प्रधानमन्त्रीको भनाइ छ । “वहाँ नेपालको राजनीतिक र सामाजिक आन्दोलनको अग्रणी नेतृ हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “२०४६ सालको जनआन्दोलनमा वहाँको भूमिकाले नै नेपालमा जनताका अधिकार पुनरबहाली गर्न सजिलो भएको हो ।”


बाम नेतृ साहना प्रधानको स्मृतिमा गठीत प्रतिष्ठानका अध्यक्ष पार्टीका केन्द्रीय सदस्य रामकुमारी झांक्रीको अध्यक्षतामा भएको कार्यक्रममा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता तथा पूर्व प्रधानमंत्री झलनाथ खनाल ,पार्टीका नेता बामदोव गौतम लगायतका नेताहरुले स्व. नेतृ साहना प्रधानको बिषयमा चर्चा गरेका थिए ।
  
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.