logo

सिक्दै छन वालिकाहरु आक्रमणबाट बच्ने प्रतिरक्षाका उपापयहरु

      9/25/2018 गते 00 00 मा प्रकाशित     1094   पटक पढिएको

बीरगंज ९ असोज
    क्षेत्रीय  ट्राफिक प्रहरी कार्यालय पथलैयाको प्रहरी उपरिक्षक किरण बज्रचार्य र बीरगंजको पाठशाला बीरगंज स्टडी सेन्टरको संयुक्त पहलमा वालिकाहरुको आत्मरक्षाकालागि सीप बिकासको अभियान संचालन भएको छ । आत्मरक्षाको सीप र कलाको बिषयमा प्रहरी उपक्षिक बज्राचार्यले प्रशिक्षण दिने अभियानको मंगलवारबाट प्रारम्भ गरिएको छ ।


        सोही अभियान अन्तरगत मंगलवार डि.ए.भि.आर.वि.केडिया मा.वि. परवानिपुरमा कार्यक्रमको शुभारम्भ गरिएको छ । पछिल्लो समय निर्मला पन्त लगायत देशका बिभिन्न स्थानमा भएको बलात्कार र बलात्कारजन्य घटनाका कारण वालिकाहरुमा नाकारत्मक असर परेको चर्चा गर्दै पाठशालाका राजन श्रीवास्तवले आफनो सुरक्षाका निम्ति वालिकाहरुले नै उच्च मनोवल प्रर्दशन गर्नु पर्ने सुझाव दिए । 


     प्रहरी उपरिक्षक एवं  प्रशिक्षक बज्रचार्यले विद्यार्थीहरुलाई एकलो परेको बेला बच्नकालागि कुन तरिका अपनाउने, कसरी कुनै अपरिचितव्य िक्तको सामना गर्ने, बाहिर यात्रा गर्दा व्यागमा राख्न सक्ने साधान सामाग्रीहरुको  सहयोगले पनि हुन सक्ने घट्नाबाट कसरी जोगिने, पोजिशन, एटेक ईत्यादीकोे वारेमा विद्यार्थीहरुलाई प्रशिक्षण दिएकी थिइन । 


प्रशिक्षक बज्रचार्यले आक्रमण अभ्यासका माध्यमले आत्मरक्षाको कलाको बारेमा जानकारी गराएकी थिइन ।उनले , मोबाईलको सहि प्रयोग, स्पिड डायल, तथा अन्य कुनै आक्रमणबाट बच्नकालागि व्यक्तिगत आत्मरक्षा  (कभाि मभाभलअभ) को वारेमा आप्mनो घरपरिवार छिमेक, साथीहरुमा समेत सोको वारेमा छलफल गरि आकस्मिक घट्नालाई रोक्न वा त्यसबाट बच्न वारे जनचेतना फैलाउने कार्य गर्न सबैमा अनुरोध गरिन ।


    पाठशाला–विरगंज स्टडी सेन्टरको  पहलमा भएको कार्यक्रममा पठशालाका सदस्य राजाबाबु रौनियार,संचारकर्मी एवं समाजसेवी राधेश्याम पटेलको सहभागीता रहेको थियो ।  कार्यक्रम संचालन विद्यालयका शिक्षक दिलिप गुप्ताले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.