logo

ठाकुरराम क्याम्पसमा भवन अलपत्र

      9/28/2018 गते 00 00 मा प्रकाशित     885   पटक पढिएको

वीरगन्ज ठाकुर बहुमुखी क्याम्पसको नयाँ भवन अलपत्र परेको छ । ठेकेदार कम्पनीलाई ४ पटक म्याद थपिदा पनि ७५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको छ । एक करोड ४९ लाख रुपैयाको ठेक्का वीरगन्जको मोना कन्सट्रक्सनले २ वर्षभत्रि भवन निर्माण सम्पन्न हुने गरि ०७१ वैशाख २२ मा कार्यादेश पाएको थियो ।

 

०७३ वैशाख २१ सम्म निर्माण भइसक्नु पर्ने क्याम्पस भवन हालसम्म अलपत्र परेको छ । क्याम्पस प्रशासन शाखाका अनुसार हालसम्म ४ पटक म्याद थपिएको छ ।

 

ठेकेदार कम्पनीले गत साउन २३ मा अगामि कात्तिक मसान्त भित्र निर्माण सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । कुल ठेक्का रकम मध्ये ७५ लाख रुपैया निकासा भइसकेको लेखा शाखाले जनाएको छ । भवन निर्माण अलपत्र पारेपाछि क्याम्पस प्रशासनले ०७४ फागुनमा दुई पटक स्पष्टीकरण पनि सोधेको थियो । 

 


    हालै ठाकुरराम बहुमुखी क्याम्पसले बीबीए कक्षा सञ्चालन अनुमति पाएको छ । नयाँ भवनमा छठपछि बीबीए कक्षा सञ्चालन गर्ने योजना क्याम्पस प्रशासनको थियो । समयमै भवन निर्माण नहुदा पुरानै भवनमा कक्षा सञ्चालन गर्छौ,।

 

सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले भने, धेरै पटक पत्राचार गरेपनि चासो लिएको छैन् । कात्तिक मसान्त भित्र निर्माण सम्पन्न गरिदिने प्रतिवद्धता जनाएपनि हालसम्म निर्माण सुरु गरेको छैन् । निर्माण गरेको संरचना समेत गुणस्तरीय नरहेको विद्यार्थीले आरोप लगाएका छन् ।

 

विद्यार्थी नेता कृष्णकुमार उपाध्यायले दुई तल्ले भवनका केही पिलर बांगिएको बताए । भवनको बीम समेत बाँगिएको छ,’ उनले भने, शैक्षिक संस्थामा भ्रष्टचार हुदा दुख लागेको छ । क्याम्पस प्रशासनले अनियमितता गर्नेलाई कारवाही गर्नुपर्ने उनले जोड दिए । क्याम्पस प्रमुख डा.प्रमोद कुशवाहाले नयाँ भवन निर्माण सम्पन्न गराउन सरोकारवाला पक्षको दबाब आवश्यक रहेको औल्याए ।  


यस वर्षदेखि सुरु हुने बीबीएका लागि झन्डै २ सय विद्यार्थीले आवेदन दिएका थिए । जसमध्ये करिब ६४ जना छनौट हुनेछन्, सहायक क्याम्पस प्रमुख लामिछानेले भने, बिबिएका लागि सुविधाजनक प्रयोगशाला, पुस्तकालय, फर्निचरको आवश्यकता पर्छ, नयाँ भवन निर्माण भइदिएको भए यी संरचना बनाउन सजिलो हुन्थ्यो ।

 

मोना कन्स्ट्रक्सनका सञ्चालक रामाकान्त चौरसियाले उक्त ठेक्का पेटी कन्ट्रयाक्टमा दिएको खुलाए । बीचमा बालुवा नहुदा निर्माण सुरु गर्न नसकिएको पेटी कन्ट्रयाक्टरले भन्थे,’ कान्तिपुरसग फोनमा उनले भने, अब केही दिनभित्र सुचारु गर्ने भनेका छन् ।

 

निर्माण व्यवसायी संघ पर्साका अध्यक्ष समेत रहेका चौरसियाका अनुसार पेटी कन्ट्रयाक्टमा लिएका ठेकेदारले समयमै निर्माण कार्य सम्पन्न नगर्दा आफनो कम्पनीको नाम बदनाम भइरहेको बताए । साभार ः कान्तिपुर

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.