logo

यातायात कार्यालय बीरगंजका अधिकृत बिरुद्ध बिशेष अदालतमा आरोप पत्र दायर

      10/1/2018 गते 00 00 मा प्रकाशित     940   पटक पढिएको

बीरगंज १५ असोज । 

कानून बिपरित भारतीय सवारी चालक अनुमती पत्रलाई नेपाली कारण गरेको र त्यसको अभिलेख समेत नष्ट गरेको आरोपमा यातायात कार्यालय बीरगंजमा कार्यरत कर्मचारी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  आइतवार बिशेष अदालत काठमाण्डौमा आरोप पत्र दायर गरेको छ । 

 

गैर कानूनी रुपमा भारतीय सवारी चालक अनुमतीपत्र नेपाली करण गरेको र त्यसको अभिलेख समेत नराखी बदनीयतका साथ नेपााल सरकारलाई हानी नोक्सानी पु¥याउने काममा तत्कालीन कार्यालय प्रमुख  विश्वराज नेपाल, तत्कालिन शाखा अधिकृतहरु कमलराज गौतम, शालीग्राम पौडेल र उमेश रेग्मी तथा तत्कालिन नायब सुब्बा अविन्दर दासको सो कार्यमा संलग्नता रहेको फेला परेको अख्तियर दुरुपयोग अनुन्धिान आयोगले जनाएको छ।

 

सवारी चालक अनुमतिपत्रलाई नेपालीकरण गर्दा कानून बमोजिम यकिन गर्नुपर्ने कागजातहरु यकिन नगरी नेपालीकरणको नाममा गलत लिखत तयार गरी चालक अनुमति पत्र जारी गर्ने कार्यमा संलग्न कार्यालय प्रमुख विश्वराज नेपाल, तत्कालीन शाखा अधिकृतद्वय कमलराज गौतम र शालीग्राम पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम कसूर गरेको देखिन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम सजाय हुन मागदावी लिइ आइतवार विशेष अदालत काठमाडौंमा आरोप(पत्र दायर गरिएको अख्तियारले जनायो ।

 

साथै नेपालीकरणको लागि प्राप्त निवेदन र सो साथ संलग्न अन्य कागजातहरु र सफल परीक्षार्थीका उत्तरपुस्तिका लगायतका कागजात काम(तामेल भएको एक वर्ष नपुग्दै प्रमाण लोप गर्ने मनसायले नियम विपरित कागजात धुल्याइ सरकारी कागजात नष्ट गर्ने कार्यमा संलग्न कार्यालय प्रमुख विश्वराज नेपाल, तत्कालीन शाखा अधिकृत उमेश रेग्मी र तत्कालीन नायव सुब्बा अविन्दर दासले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम कसूर गरेको देखिन आएकोले निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १२ बमोजिम सजाय हुन मागदावी लिइ आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।
अख्तियारले आरोप पत्र दायर गरेपछि उनीहरु स्वतः निलम्बनमा परेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.