logo

जिराभवानीमा १३२५ सम्बन्धी तालिम सम्पन्न,महिला वालवालिकाको हितमा काम गरिने

      10/30/2018 गते 00 00 मा प्रकाशित     1045   पटक पढिएको

सेढवा १३ कार्तिक
सामाजिक बिकास समन्वय समितिको आयोजना तथा युएनडिपीको सहयोगमा जिराभवानी गाउँपालिकामा संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदद्वारा पारित १३२५ का बिषयमा एक दिने तालिम सम्पन्न भएको छ । 


जिराभवानी गाउँपालिकाका जनप्रतिनिधि तथा स्थानीय महिला अगुवाहरुको सहभागिता रहेको सो तालिमको प्रदेश सभाका सदस्य  एवं नेपाली कांग्रेसका नेता शंकर चौधरीले उद्धघाटन गरेका थिए । 


नेता चौधरीले महिलाको बिकासले मात्र समाजको बिकास हुने कुरामा जोड दिए ।उनले समाजलाई छोरी मैत्री हुन समेत आग्ह गरे । बाबु आमाको सेवामा छोरा घन्दा छोरी छिटो पुग्ने गरेको चर्चा गर्दै बिज्ञानको प्रयोग गरेर छोरीलाई जन्मिन नदिने जुन प्रवृति हावी भएको छ त्यसलाई रोक्नु पर्नेमा जोड दिए ।

 

उनले महिलालाई अधिकार सम्पन्न बनाउनकालागि आफनो तर्फबाट आवश्यक सहयोग रहने प्रतिवद्धता जनाए । 
कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछानेले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदले पारित गरेको प्रस्ताव नं १३२५ र १८२० का बारेमा सहभागिलाई प्रशिक्षण दिएका थिए ।

 

उनले प्रस्तावको बारेमा चर्चा गर्दै महिला तथा वालवालिकाको शान्ति र सुरक्षाका लागि प्रस्ताव लागु गर्नु पर्ने बाध्यता रहेको बताए ।

 

द्वण्द्व र त्यस पछिको शान्ति निर्माणको प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता  भएमा शन्ति प्रक्रियाले दीगो शान्ति हासिल गर्न सक्ने अवस्था प्रस्तावहरुले अपेक्षा गरेको उनले बताए ।

 

दुबै प्रस्तावलाई कार्यान्वयन गर्नकालागि राज्यपक्ष बाध्यकारी भएको उनले बताए । प्रस्तावले महिला तथा वालवालिकाको सुरक्षा,सहभागिता,प्रर्वद्धन ,राहत पूर्नप्राप्ती र अनुगमन मूल्याकंन तथा स्रोत ब्यवास्थापनका बिषयमा  निर्दिष्ट गरेको लामिछानेले बताए । 

 


कार्यक्रममा जिरा भवानी गाउँपालिका उपाध्यक्ष उषा चौधरी वडा ं १ का अध्यक्ष नुमान शेख,२ का महादेव महतो,३ उमेश महतो थारु ४ का सुभाष राउत थारु र ५ का दारा सिंह गाउँकार्यपालिकाका सदस्य अर्मिला पासवान श्रीकान्ती चौधरी लगायतले आफनो बिचार ब्यक्त गरेका थिए ।  

 


गाउँपलिकाका अध्यक्ष राप्रित महतोको अध्यक्षतमा भएको कार्यक्रममा उनले महिला र वालवालिकाको हितका लागि गाउँपालिकाले आवश्यक नीति निर्माण तथा स्रोत परिचालन गर्ने प्रतिवद्धता जनाए । 
कार्यक्रमको उद्धेश्यका बारेमा संस्थाका जय नारायण चौधरीले प्रकाश पारेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.