logo

पूर्व सभासद रुङ्गटा र मेयर सरावगी साडी बोकेर गरिवका घर घरमा 

      11/12/2018 गते 00 00 मा प्रकाशित     764   पटक पढिएको

कात्तिक,२६ वीरगञ्ज ।  नेपाली कांग्रेसका पूर्व सभासद अनिल रुंगटाले दलित तथा गरिब ब्रतालु महिलालाई सडी वितरण गरेका छन । छठ पर्वको अवसरमा पर्सा क्षेत्र न १ का नेपाली कांग्रेस सांसदका उम्मेदवार तथा पूर्व सभासद अनिल रुंगटाले ब्रतालु महिलालाई साडी वितरण गरेका हुन् । 


पूर्व सांसद रुंगटाले आफ्नो क्षेत्र को १९ वटा वडामा दुई दिनमा एक हजार पाँच सयवटा साडी वितरण गरेका हुन् । विपन्न तथा गरिब समुदायमा छठ मनाउन लागि अन्दाजी ६ लाख रुपैयाँ बराबरको साडी वितरण गरिएको हो । 

 

चाडपर्वमा एक समुदायले अर्को समुदायलाइ विभिन्न उपहार दिएर आपसी भेदभाव हटाउन वीरगन्जका १९ वटा वडामा साडी वितरण गरिएको रुंगटाको भनाइ छ । वीरगन्जको २,४,५,७,८,१६ सहित १९ वटा वडामा साडी वितरण गरिएको हो ।  

 

चाडपर्वका बेलामा गरिब भएकै कारण हीनतबोधको अवस्था नआओस भनेर साडी वितरण गरिएको रुङटाको भनाई छ । घरघरमै गएर उत्साहका साथ पर्व मनाउन आग्रह गर्दै साडी उपहार दिएको उनले बताएका छन् । 


यसैगरि  वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी  तथा प्रदेस सभा सांसद रागीनी वर्णवालले महानगरपालिकामा रहेका विभिन्न वडाका दलित ब्रतालु परिवारलाई साडी तथा आर्थिक सहयोग बितरण गरेका छन ।

 

सोमबार विहान वीरगन्ज महानगरपालिकाका वडा नम्बर १,५,१५,१३,२३ र २६मा रहेका दलितवस्तीहमा पुगी नगर प्रमुख सरावगी र सांसद बर्णवालले ३ सय छठ ब्रतालुहरुलाई साडी तथा आर्थिक सहयोगहस्तान्तरण गरेका हुन । 


विभिन्नवडाहरुमा सम्पन्न भएको छठसामग्र वितरण कार्यक्रममा संघीय समाज वादी फोरम नेपाल पर्साका जिल्ला कोषाध्यक्ष रबि बर्णवाल ,सहसचिव एवम नगर प्रमुख सरावगीका राजनैतिक सल्लाहकार मुकेश द्धिवेदी,युवा नेता सज्जन अग्रवाल,प्रकाश शर्मा,तथा महमह नासिर खाल लगायतका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.