logo

छठ पर्व ब्रतालुले आज अस्ताउदो सूर्यलाई अर्घ दिए

      11/13/2018 गते 00 00 मा प्रकाशित     843   पटक पढिएको

बीरगंज २६ कार्तिक । 
तराईवासी नेपालीको महापर्व छठको आज मुख्य दिन ब्रतालुहरुले साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन ।

लगातार ३६ घण्टा सम्म निर्जल र निराहार भएर गरिने यो व्रत तराईवासीले निकै आश्था र श्रद्धा पूर्वक मनाउने गर्छन् ।

छठ व्रत गर्दा शरीरका रोगहरु नाश हुनुका साथै सन्तान प्राप्ति हुने र परीवारमा सुख शान्ति छाउने विश्वास छ । छठी माईको आराधना गर्दा आफूले चाहेको कुरा पुरा भएको भनाई छ बीरगंज रानीघाट निवासी  सरिता देवी साहको  ।

आफूले पुत्र कामना गरेको त्यो पुरा भएकोले छठ पुजा गर्दै आएको उनले बताइन । उनले छठी माताको महत्व रहेको र माताको पूजा आराधनामा सफाईमा धेरै ध्यान दिनु पर्ने बताइन ।

छठ पर्वमा प्रकृति र सूर्य भगवानको उपसना हुने गर्दछ । किसानले उत्पादन गरेको कृषि उपज नै पूजाका सरदमको रुपमा प्रयोग गरिएका हुन्छन ।

सूर्यलाई अर्घ दिदा प्रसादको रुपमा ति सामाग्रीहरु पनि सर्मण गरेर ब्रतालुहरुले सूर्य भगवानलाई धन्यवाद दिन्छन । सूर्यले दिने प्रकाश सबैकालागि समान हुने भएजस्तै छठ पर्व पनि समानताको अर्को उदाहरण हो ।

अहिले त छर्ठ पर्वको महिमा बढदै जादा अन्य समुदायका ब्यक्तिहरुले पनि बडो भक्ति पूर्वक छठपर्व मनाउने गरेका छन । बिगत ४ वर्ष देखी छठ पूजा गर्दै आएकी कोपीला कडेलले छठ पूजा गर्न थालेपछि आफ्नो आत्मबिश्वास बढेको बताइन । मलै सन्तुष्टी पाएकी छु त्यही भएर माताको पूजा गर्छु उनले भनिन ।


हिजो बेलुका पूजा पश्चात खाएको प्रसाद को भरमा रहेर व्रत बसेका व्रतालुहरुले अब भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि मात्र अन्नरजल ग्रहण गर्नेछन् ।

हिजो बेलुका छठ ब्रतालुहरुले खरना पुजा सम्पन्न गरेका थिए । पूजा पछि माटोको चुल्होमा पकाएर तयार पारिएको खिर, रोटी, केरा तथा नुन बिनाको प्रसाद खाएका व्रतालुहरुको भोली बिहान सूर्य उदय हुदा सम्म ३६ घण्टा लामो निर्जल र निराहार व्रत बस्ने छन ।

नदी, तलाउ तथा पोखरी किनारमा बनाइएका छठ घाटहरुमा आज व्रतालुले अस्ताउँदै गरेको सूर्यलाई अर्घ अर्पण गरेका हुन । भोली बिान भोलि बिहान उदाउँदो सूर्यलाई दोश्रो अर्घ चढाएपछि छठ पर्व सम्पन्न हुनेछ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.