logo

मधेशी दलका नेतालाई रामचन्द्र पौडेलको सवाल, पचास लाख खोई?

      11/16/2018 गते 00 00 मा प्रकाशित     1628   पटक पढिएको

बीरगंज ३० कार्तिक । 
नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले  मुलुकलाई बर्तमान सरकारले सर्वसत्तावाद तर्फ लाने मेसो मिलाउन लागेको आरोप लगाए । 


पर्सा जिल्लाको क्षेत्र नं ४ को आसवारीमा शुक्रवार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ नेता पौडेलले यस्तो आरोप लगाएका हुन ।

 

कम्युष्टि सरकारले अदालत अख्तियार लगायतका  संस्थाहरुलाई आफनो नियन्त्रणमा लिने प्रयास गर्दै अधिकार जती प्रधानमंत्रीको मुठ्ठीमा राख्ने अभ्यास गरेको बताए । उनले  अदालत र अख्तियार जस्ता संस्थाहरुलाई कमजोर बनाएर अधिकार जती प्रधानमंत्रीको मातहतमा लगेर सर्वसत्तावाद लाद्ने  प्रयास भएको भन्दै  नेता पौडेलले चिन्ता प्रकट गरे  । 


दुइ तिहाई बहुमतको आडमा सरकार लोकतन्त्रलाई समाप्त पारेर अधिनायकवाद लादने षडयन्त्रमा लाग्यो नेता पौडेलले भने त्यतीमात्र हैन बिकास र समृद्धिको नारा दिएर आएको सरकार भ्रष्टाचारको काण्डैकाण्डामा डुवेको छ” । उनले म पनि खान्न र अरुलाई पनि खान दिन्न भन्ने प्रधानमंत्री ओलीको भनाईलाई आफूले  पनि स्वागत गरेको तर स्वागत गर्नु निर्रथकसिद्ध भएको उनले बताए । 


उनले सरकार बनेको ६ महिना बितिसक्दा पनि देश र जनताको पक्षमा कुनै काम हुन नसकेकोले जनतामा निराशा ब्याप्त भएको बताए । 


नेता पौडेलले मधेशमै उभिएर मधेशी दललाई प्रश्न गरे राजेन्द्र र उपेन्द्र जी आन्दोलनमा शहीद हुनेहरुलाई ५० लाख दिने भन्नु भयो किन दिनु भएन ? शहीद र घाइतेहरुलाई किन बिर्सिनु भयो  ? नेता पौडेलले नेपाली कांग्रेसले मधेश आन्दोलनका शहीद र घाइतेको अवस्थाका बारेमा छानविन गरि क्षतीपूर्ती उपलब्ध गराउन छानवीन आयोग बनाएर काम गर्ने घोषण गरे । 


ग्रामीण क्षेत्रका नागरिको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा नेता पौडेलले सत्ता साझेदारीमा सरकार चलाउने मधेशी दललाई प्रश्न गरे खोई बिकास ? जनतालाई गरेका बाचा सम्झना गर्न उनले आग्रह गर्दै भने जनताको पक्षमा प्रदेश सरकारले भलाईको के काम ग¥यो ?  


कार्यक्रममा राजपा पर्साका सचिव धर्मेन्द्र पटेल बहुदरमाई नगरपालिका वडा नं २ वाट वडाध्यक्षमा निर्वाचित स्वतन्त्र वडाध्यक्ष जितेन्द्र पटेल ।महेश यादव डा अनिल झा पुरुषोत्तम दुवे गणेश पटेल लगायत दर्जनौ ब्यक्तिहरु संघीय समाजवादी फोरम राजपा र नेकपा परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।


कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले लोकतन्त्र धरापमा परेको चर्चा गर्दै नेपाली कांग्रेस रहे मात्र भावी पुस्तालाई लोकतन्त्र र मुलुक हस्तान्तरण गर्न सकिने बताए । त्यस्तै पूर्व मंत्री सुरेन्द्र चौधरीले बर्तमान सरकार गरिव जनताकोलागि नभई ढाँड भाँच्न उद्धत रहेको बताए ।

पूर्व सभासद अनिल रुङगटाले उग्रराष्ट्रवाद र उग्रमधेशवादका कारण जनता भ्रममा परेको बताए । उनले भने अवस्था त्यो छैन कुनै पनि अतिवादले मुलुकलाई भलो हुदैन मुलुकको हित र प्रगतीकालागि नेपाली कांग्रेसलाई मजवुत बनाउनुको बिकल्प नभएको बताउ ।


कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता जनार्दन सिंह क्षेत्रले मधेशी दलले जनतालाई केही समय भ्रममा पारेको बताए । उनले भने क्षेत्री दलमा सरकार र देश चलाउने ल्याकत छैन ।

 

नेता सिंहले सम्बिधान संशोधन बिना चुनाव समेत हुदैन भन्नेहरु अहिले सत्ताको चास्नीमा डुवेकोले पनि उनीहरुको वास्तविकता उजागर भएको बताए । 


कार्यक्रममा नेपाली कांग्रेसका नेता अजय चौरसिया, पटेर्वा सुगौली गाउँपालिकाका उपाध्यक्ष ममता महतो  बपशष्ठ नारायण कुर्मी महेश यादव ,पुरुषोत्तम दुवे , धर्मेन्द्र पटेल ,जितेन्द्र पटेल श्रीकान्त यादव लगायतकाले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सभापतित्व पार्टीका क्षेत्रीय सभापति रमेश पाण्डेले गरेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.