बीरगन्ज,३ मंसिर ।
राजपाका महासचिव शिव पटेलले प्रदेश सरकारमा आफनो पार्टीका तर्फबाट नेतृत्व गर्ने भौतीक पूर्वाधार मंत्री जितेन्द्र सोनललाई केही गम्भिर सवाल गरेका छन ।
उनले सामाजिक संजाल मार्फत सवाल उठाएका हुन । जन सरोकारको बिषयमा मंत्री ध्यान नगएको प्रति उनले सामाजिक संजाल मार्फत चोटीलो प्रहार समेत गरेका छन । उनले मंत्रीलाई साधेका छन “मंत्री जी उद्धघाटन मात्र हुन्छ की केही काम पनि हुन्छ ? ” ।
महासचिव पटेलको यो प्रश्नले नै प्रदेश सरकारले जनताको सरोकारको बिषयमा काम गरेको छैन भन्ने कुरा बोलेको छ । उनले प्रदेश सकारले बनाएका योजना र बिनियोजन गरेको बजेट कहिले कार्यान्वयन हुन्छ भनेर सोधेका मात्र छैनन अषाढमा काम काम गर्ने हो ? भनेर ब्यङ्गयात्मक सवाल गरेका छन ।
अगााडे बिकास नेपालको रोगै हो । आर्थिक वर्षको अनत्यतिर गरिने कामले बित्तिय अनुशासनहिनता बढछ । त्यसो हुनु भनेको अनियमितता हुनु नै हो । आन्दोलनको जगमा बनेको क्रान्तिकारी सरकारको पारा पनि केही फरक नदेखिदा पटेल जस्ता युवा नेतृत्वको मगजमा यस्ता सवाल उठनु स्वभाविक पनि हो ।
उनले बीरगंजको यातायात ब्यवस्था कार्यालयमा बेथिती रहेको उल्लेख गरेका छन । यायात कार्यालय मार्फत प्रदेश सरकारले नागरिकलाई सेवा समेत दिन सकेको छैन ।
भौतीक पूर्वाधार मंत्री सोनल पनि आन्दोलनबाट स्थापित नेतृत्व हो । तर महासचिव पटेलको सवालले केही गम्भिर प्रवृतितर्फ संकेत समेत गरेको छ । उनले मंत्री सोनललाई मोटरसाइकलमा प्रदेश घुम्न सुझाएका छन । उनले केन्द्र सरकारले के गर्छ गर्दैन त्यो त्यो सबैले हेरिरहेको बताउदै तपाईले प्रदेशकालागि के गर्नु भयो त्यो बताउनुस जनताले त्यो जान्न चाहेका छन भनेका छन ।
उनले मंत्रीको करको धम्की दिनु भन्दा पनि जनतालाई सुविधा दिने कुरामा ध्यान दिन आग्रह समेत गरेका छन । महासचिव पटेलले यस्ता गम्भिर सवाल गर्दै गर्दामा पनि मंत्री सोनल प्रति आश भने यथावत रहेको उल्लेख गरेका छन । सत्ताधारी पार्टीका महासचिवको सरकार र आफना मंत्री प्रतिको दृष्टिकोण यस्तो रहेको छ ।
जनताको सेवा र सुविधाको कुरा आउदा केन्द्रले केही दिएको छैन भनेर उम्किन खोज्ने प्रदेश सरकारहरुले अव त्यही बाहनामा जोगीन पाउने अवस्था भने रहदैन ।
तपाईको प्रतिक्रिया