logo

मानव अधिकारको अवस्थाका बारेमा इन्सेकले ग¥यो बीरगंजमा अन्तरक्रिया 

      11/20/2018 गते 00 00 मा प्रकाशित     945   पटक पढिएको

०७५ मंसीर ४ गते । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) केन्द्रीय कार्यालय र प्रदेश २ को संयुक्त टोलीले मंगलवार बीरगंजमा सरोकारवाला निकाय संग मानव अधिकारको अवस्थाको बारेमा अन्तरक्रिया गरेको छ । 


इन्सेक केन्द्रीय कार्यालयका सम्झा श्रेष्ठको नेतृत्वमा रहेको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेल,पर्साका एसपी रेवती ढकाल बीरगंज कारागार र स्थानीय अधिकारकर्मीहरुसंग भेटगरि मानव अधिकारको अवस्थाको बारेमा छलफल गरेको हो । 


पर्साका प्रमुख जिल्ला अधिकारी लोकनाथ पौडेलले मानव अधिकारका बिभिन्न पक्षहरुको बारेमा पर्सा जिल्लाको समग्र अवस्थाको बारेमा चर्चा गरेका थिए ।

उनले आर्थिक,सामाजिक,सास्कृति शिक्षा,स्वास्थ खाद्य , सामुदायिक अन्तरघुलन वालश्रम र त्याहा मानव अधिकारको अवस्थाको बारेमा चर्चा गर्दै अधिकारको उपभोगको वतावरण बनाउन आफनो तर्फबाट भएका कामहरुको बारेमा जानकारी गराएका थिए ।

 

उनले मानव अधिकारको अवस्था बहाल गराउनकालागि स्थानीय तहहरुले पनि प्रयास गरिरहेको बताए । आफनो तर्फबाट शान्ति सुरक्षाको अवस्था बनाई राख्न र अधिकारको उपभोगको वतावरण बनाई राख्न कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता समेत ब्यक्त गरे । 


पर्साका प्रहरी प्रमुख एसपी रेवती ढकालले पर्साका अपराधको प्रवृतिका बारेमा जानकारी गराएका थिए । अपराध सहिता लागू भइसको पछिको अवस्थाको बारेमा चर्चा गर्दै उनले अपाधीलाई कानूनी दायरामा ल्याउन त्यसले कुनै अप्ठयारो नपारेको प्रष्ट पारे । 


टोलीले बीरगंज कारागारका निमित्त प्रमुख दीपक यादवसंग पनि कारगारको भौती अवस्था र कैदी बन्दीको अवस्था स्थितिका बारेमा छलफल गरेको थियो । 


त्यसैगरि अधिकारको क्षेत्रमा काम गर्ने मानव अधिकार संघ संस्थामा आवद्ध अधिकारकर्मीहरुसंग पानि टोलीले होटेल कुमु प्यालेसमा अन्तरक्रिया गरेको थियो । त्यस क्रममा पर्साको समग्र मानव अधिकारको अवस्था तुलानात्मक रुपमा सुधार रहेको उनीहरुले बताएका थिए ।

मानव अधिकार निगरानी समुह पर्साका अध्यक्ष तवरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा प्रकाश थारु,संचारकर्मी रितेश त्रिपाठी अधिकारकर्मी निला राम ,शम्भु साह संचारकर्मी बिमला गुप्ता लगायतले आफनो बिचार राखेका थिए ।

 

इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले संचालन गरेको कार्यक्रममा इन्सेक प्रदेश २ का संयोजक राजु पासवान र अधिकृत जागेश्वर यादवको सहभागिता रहेको थियो ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.