logo

शंकरचार्यद्वारले पायो नयाँ स्वरुप

      12/4/2018 गते 00 00 मा प्रकाशित     840   पटक पढिएको


वीरगन्ज,१८  मंसीर ।
वीरगन्ज रक्सौल मितेरी पुल नजिक रहेको नेपाल प्रवेशारा शंकराचार्यद्धारको  वीरगन्ज महानगरपालिकाले शौन्दर्र्यीकरण गरेको छ ।

 

महानगरपालिकाको सौन्दर्यीकरणले वीरगन्ज रक्सौल सिमाक्षेत्रको शंकराचार्यद्धार अहिले सेल्फी स्थलको रुपमा परिणत भएको छ ।  महानगरपालिकाले यसक्षेत्रको सौन्दर्यीकरण गर्दैद्धार अगाडि  राष्ट्रिय झन्डाको स्थापना गरेको छ ।  विदेशबाट आउने पाहुनालाई स्वागत गर्न शंकराचार्यद्धारमा अंगे्रजी भाषाको डिजिटल बत्तीलगाइए छ ।

 

निर्माण गरिएको पानीको फोहरामा भगवान पशुपतिनाथको मुर्ती स्थापना गर्ने योजना समेत रहेको महानगपालिकाले जनाएको छ ।


 आर्थिक नगरी एवम मुख्य प्रवेशद्वारको रुपमा रहेको  वीरगञ्जलाई  राष्ट्रिय गौरवको रुपमा चिनाउन महानगपालिकाले यसक्षेत्रको विकास गरेको हो ।


    शंकराचार्यद्धार सौन्दर्यीकरणको मंगलवार महानगर प्रमुख बिजय सरावगीले गरे  ।  सरावगीले यसक्षेत्रलाई गुरुयोजना अन्र्तगतनै विकास गरिने बताए।

 

संघीय सरकारको उदासिनताको कारण यो क्षेत्रको उचित विकास हुन नसकेको बताउदै नगर प्रमुख सरावगीले मितेरी पुल देखि वीरगन्जको रजतजयन्ती चौकसम्मको क्षेत्रलाई गुरु योजना अन्तर्गत सौन्दर्यकरण गरीने बताए ।

 

उनले संघीय सरकारको ढुलमुल नीतिको कारण वीरगन्जको मुख्य सडक बन्ननसकेको बताउदै सडक विभाग र सम्बन्धीत मन्त्रालयलाई सडक कति फराकिलो बनाउने हो त्यसमा छिटो निर्णय गर्न मागं समेत गरे।

 

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसालले आफु वीरगन्जमा कार्यरत भएर आएका पछि शंकराचार्यद्धारलाई सौन्दर्यीकरण गर्दै राष्टिय पहिचानको रुपमा  सेल्फीस्पटमा परिणत गर्ने व्यक्त गरेको प्रतिवद्धता पुरा भएकोमा खुशी व्यक्त गरे । 

 


     वीरगन्ज उधोगवाणिज्य संघका अध्यक्ष एवम प्रदेश सभासद ओमप्रकाश शर्मा ,वीरगन्ज भन्सार कार्यालयका प्रमुख श्याम प्रसाद भन्डारी,सिमाजागरण मञ्च भारत विहार प्रदेशका अध्यक्ष महेश अग्रवाल लगायतका वक्ताहरुले वीरगन्ज रक्सौल सिमाक्षेत्रमा रहेका समस्याहरुको बारेमा दुबै सरकारको ध्यानाकर्षण गराउदै भौतिक विकासका कार्यहरु जस्ता विषयमा जोड दिएका थिए ।


महानगरपालिकाले शंकराचार्यद्धारको सौन्दर्यीकरण गरेपछि केहि समय देखि यो क्षेत्र सेल्फीसाइटको रुपमा परिणत भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.