logo

शंकरचार्यद्वारले पायो नयाँ स्वरुप

      12/4/2018 गते 00 00 मा प्रकाशित     755   पटक पढिएको


वीरगन्ज,१८  मंसीर ।
वीरगन्ज रक्सौल मितेरी पुल नजिक रहेको नेपाल प्रवेशारा शंकराचार्यद्धारको  वीरगन्ज महानगरपालिकाले शौन्दर्र्यीकरण गरेको छ ।

 

महानगरपालिकाको सौन्दर्यीकरणले वीरगन्ज रक्सौल सिमाक्षेत्रको शंकराचार्यद्धार अहिले सेल्फी स्थलको रुपमा परिणत भएको छ ।  महानगरपालिकाले यसक्षेत्रको सौन्दर्यीकरण गर्दैद्धार अगाडि  राष्ट्रिय झन्डाको स्थापना गरेको छ ।  विदेशबाट आउने पाहुनालाई स्वागत गर्न शंकराचार्यद्धारमा अंगे्रजी भाषाको डिजिटल बत्तीलगाइए छ ।

 

निर्माण गरिएको पानीको फोहरामा भगवान पशुपतिनाथको मुर्ती स्थापना गर्ने योजना समेत रहेको महानगपालिकाले जनाएको छ ।


 आर्थिक नगरी एवम मुख्य प्रवेशद्वारको रुपमा रहेको  वीरगञ्जलाई  राष्ट्रिय गौरवको रुपमा चिनाउन महानगपालिकाले यसक्षेत्रको विकास गरेको हो ।


    शंकराचार्यद्धार सौन्दर्यीकरणको मंगलवार महानगर प्रमुख बिजय सरावगीले गरे  ।  सरावगीले यसक्षेत्रलाई गुरुयोजना अन्र्तगतनै विकास गरिने बताए।

 

संघीय सरकारको उदासिनताको कारण यो क्षेत्रको उचित विकास हुन नसकेको बताउदै नगर प्रमुख सरावगीले मितेरी पुल देखि वीरगन्जको रजतजयन्ती चौकसम्मको क्षेत्रलाई गुरु योजना अन्तर्गत सौन्दर्यकरण गरीने बताए ।

 

उनले संघीय सरकारको ढुलमुल नीतिको कारण वीरगन्जको मुख्य सडक बन्ननसकेको बताउदै सडक विभाग र सम्बन्धीत मन्त्रालयलाई सडक कति फराकिलो बनाउने हो त्यसमा छिटो निर्णय गर्न मागं समेत गरे।

 

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसालले आफु वीरगन्जमा कार्यरत भएर आएका पछि शंकराचार्यद्धारलाई सौन्दर्यीकरण गर्दै राष्टिय पहिचानको रुपमा  सेल्फीस्पटमा परिणत गर्ने व्यक्त गरेको प्रतिवद्धता पुरा भएकोमा खुशी व्यक्त गरे । 

 


     वीरगन्ज उधोगवाणिज्य संघका अध्यक्ष एवम प्रदेश सभासद ओमप्रकाश शर्मा ,वीरगन्ज भन्सार कार्यालयका प्रमुख श्याम प्रसाद भन्डारी,सिमाजागरण मञ्च भारत विहार प्रदेशका अध्यक्ष महेश अग्रवाल लगायतका वक्ताहरुले वीरगन्ज रक्सौल सिमाक्षेत्रमा रहेका समस्याहरुको बारेमा दुबै सरकारको ध्यानाकर्षण गराउदै भौतिक विकासका कार्यहरु जस्ता विषयमा जोड दिएका थिए ।


महानगरपालिकाले शंकराचार्यद्धारको सौन्दर्यीकरण गरेपछि केहि समय देखि यो क्षेत्र सेल्फीसाइटको रुपमा परिणत भएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.