logo

अध्ययन अध्यापनमा गुणस्तरहिनतामा मोलाहिजा गरिदैनः महानगर प्रमुख सरावगी

      12/5/2018 गते 00 00 मा प्रकाशित     888   पटक पढिएको

वीरगन्ज,मंसीर १९
सामुदायीक विद्यालयहरुवाट प्रदान भइरहेकको शिक्षाको गुणस्तरियतामा जोडदिनुपर्ने  धारणा वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधिहरुले व्यक्त गरेका छन् । महानगरपालिकाले आयोजना गरेको गुणस्तरीय र व्यवसायिक शिक्षाको सवलिकरण बिषयमा वडाध्यक्ष एवं प्राधानाध्यापकहरुको सम्मेलनमा जनप्रतिनिधिहरुले यस्तो धारणा व्यक्त गरेका हुन ।

 

विद्यालयहरुबाट प्रदान भइरहेको शिक्षाको गुणस्तरमा सुधार गर्दै विद्यालय पहुच बाहिर रहेका वालवालिकाहरुलाई विद्यालयमा भित्र्याउन  अभियाननै चलाउनु पर्नेमा वडाअध्यक्षहरुले  जोड दिएका छन । 


सम्मेलनलाई सम्बोधन गर्दै महानगरप्रमुख विजय कुमार सरावगीले अध्ययन अध्यापन वालिवालिकाको भविष्यसंग सम्बन्धित भएकोले यसको गुणस्तरहिनता भएमा कुनै प्रकारको मोलाहिजा नगरिने बताए ।

 

उनले कुनैप्रकारको दलगत वा राजनीतिक क्रियाकलाप विद्यालयमा नगर्न सुझाव दिदै तीन पटकसम्ममा पनि विद्यालय व्यवस्थापन समिति गठन नभए महानगरपालिकाले सम्बन्धित वडाका जनप्रतिनिधि वा कार्यपालिकालेनै व्यवस्थापन समिति मनोनयन गरेर पठाउने कानुननै पासगर्ने योजनामा रहको जानकारी गराए  ।


कर्यक्रममा बोल्दै प्रमुख प्रशासकिय अधिकृत डा भीष्मकुमार भूसालले विद्यालयहरुमा वालवालिकाहरुको लागि सुरुहुन गइरहेको  खाजा कार्यक्रमलाइ राम्रोसंग व्यवस्थापन गर्दै विद्यालयलाई वाल मैत्री बनाउन सुझाव दिए । उनले शिक्षकलाई   समाजले गुरुको दर्जादिएको बताउदै वालवालिकाहरुलाई  उच्चस्तरीय शिक्षा प्रदान गर्नु गरुको नैतीक धर्म समेत भएको बताए ।  


   विद्यालयमा छिटै लागुहुन गइरहेको खाजा कार्यक्रमको व्यवस्थापनको बारेमो संघीय सरकारको शिक्षा मन्त्रालयले निर्धारण गरेको कार्यविद्यिको बारेमा महानगरपालिकाका शिक्ष तथा स्वास्थ्य महाशाखाका प्रमुख उपसचिव अरविन्दलाल कर्णले जानकारी गराएका थिए ।

 

कार्यक्रममा विद्यालयमा रहेका विभिन्न समस्याहरुका बारेमा सहभागी विद्यालयका प्रधानाध्यापकहरुले जानकारी गराएका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.