logo

नाकाबन्दी र बलिदानी बीरगंजले दिने अवसर र पूर्वाधार अन्यत्र जाने ?

      12/9/2018 गते 00 00 मा प्रकाशित     928   पटक पढिएको

बीरगंज २३ मंसीर । नेपालको दशरथ रंगशाला पछिको ठुलो रंगशला बीरगंजको नारायणी रंगशाला हो । तर असोज २५ गते २ नम्बर प्रदेश सकारको मंत्रीपरिषदको बैठकले जनकपुरमा प्रादेशीक रंगशाला बनाउने निर्णय ग¥यो ।  

 

भदौ १० गते राष्ट्रीय खेलकुद परिषदेले प्रदेश सरकारलाई प्रादेशीक रंगशाला निर्माणकालागि स्थान छानौट र स्वामित्वको स्थिति लेखी पठाउन पत्राचार गरेको थियो । त्यही पत्राचारको जवाफमा प्रदेश सरकारले मंत्रीपरिषदको निर्णय गरेर प्रादेशीक रंगशला जनकपुरमा बनाउने निर्णय गरेको हो । 


जनकपुर उपमहानगरको वडा नं १४ मा रहेको लक्ष्मण गुठी मन्दीरको गुठी तैनाथी जग्गाको १६ बिगाह  १७ कठा १९ धुर क्षेत्रफल राम जानकी बहुउद्धेशिय अन्तराष्ट्रीय रंगशाला  निर्माण गर्नकालागि राष्ट्रीय खेलकुद परिषदले वर्षिक ९ लाख भाडा तिरेर  भाडामा लिएको छ ।  प्रदेश सरकारले त्यही जग्गामा रंगशाला निर्माण गर्ने भन्दै  निर्णय गरेको हो ।

 

प्रदेश सरकारको यस्तो निर्णय भने मध्यमाञ्चल खेलकुद बिकास समितिले पछि मात्र थाहा पायो । म काठमाण्डु गएपछि थाहा पाए मध्यमाञ्चल खेलकुद बिकास समितिका अध्यक्ष मानदेव हजराले बताए । उनले नारायणी रंगशालालाई स्तरीय बनाउनकालागि आफूले गरेको प्रयास खेर जान्छ की भन्ने चिन्ता लागेको बताए ।


बीरगंजमा २०४२ सालमा निर्माण भएको नारायणी रंगशाला राष्ट्रीय खेलकुद परिरषदको स्वामित्वमा छ । १८ बिगाह क्षेत्रफलमा फैलिएको नारयाणीरंगशाला फूटवल मैदान र क्रिकेट मैदान छ । अहिले राष्ट्रीय खेलकुदपरिषदले २६ लाख रुपैया लगाएर डिपीआर समेत बनाएको छ । १५ हजार दर्शक क्षमताको फूटवल मैदान ,७ हजार दर्शक क्षमताको क्रिकेट मैदान ,बहुउदेशिय कर्भड हल ,स्वीमिङपूल तथा पार्किङ निर्माण हुने गरि डिपीआर बनेको छ ।

 

यही वीचमा राखेपले ७५ लाख रुपैया लगाएर बाउण्ड्री वाल समेत निर्माण भएको छ भने साढे २ अर्वको लागतमा अन्तराष्ट्रीय स्तरको रंगशाला बन्ने गरि डिपीआर तयार गरेको छ यती काम अगाडि बढीसकेको बीरगंजको रंगशालाले प्रादेशीक रंगशालाको मान्यत नपाउदा बीरगंजका राजनीतिकक्रमीहरु आश्चर्यमा परेका छन ।।मौजुदा अवस्थामा पनि रंगशालाले अमात्य गोल्ड कप ,महेन्द्र गोल्डकप ,बीरेन्द्र शिल्ड जस्ता दर्जनौ प्रतियोगिताहरुका माध्यमले दर्शकलाई पर्याप्त खेल मनोरञ्जन दिएको इतिहास छ ।

 

केही दिनमा बिशल मेमोरियल गोल्डकप हुदैछ ।  यस्तो महत्वको खेल मैदान प्रति प्रदेश सरकारको बेवास्ता भने उद्धेक लाग्दो  छ । प्रदेश सरकारले अ आधारमा निर्णय ग¥यो त्यो त थाहा छैन तर प्रादेशीक रंगशाला बीरगंजलाई नवनाउने निर्णय हो भने त्यो ठीक छैन म सरकारलाई आग्रह गर्छु त्यो निर्णय सच्याउनु पर्छ । 


बीरगंजले  ठुला ठुला खेल प्रतियोगिता सम्पन्न गरेको छ । आर्थिक राजधानीको रुपमा रहेको बीरगंजमा भएको यत्रो पूर्वाधारलाई नजरअन्दाज गरिएको कुरा स्वयं सत्ताधारी दलका नेताहरुलाई पनि पचेको छैन । सघीय समाजवादी फोरम नेपाल पर्साका प्रशिक्षण बिभाग प्रमुख  समेत रहेका युव नेता तवरेज अहमदे आर्थिक राजधानी बीरगंजले जुन सुकै स्तरको प्रतियोगितालाई होस्ट गर्न सक्छ त्यसकारण सरकारी लगानीमा बनेको यत्रो पूर्वाधारलाई नजरअन्दाज गर्न नमिल्ने बताउछन  । 


प्रदेश सरकारले देशकै दोश्रो रंगशालालाई प्रादेशीक रंगशाला नवनाउने निर्णयलाई मध्य तराईमा भने सरकारको हेपाह नीतिको रुपमा लिन थालिएको छ । सरकारको नेतृत्व गर्ने मुख्यमंत्री बीरगंजकै हुदा पनि बीरगंजले न्याय नपाएको अर्थमा सरकारको यो निर्णयलाई लिन थालिएको छ । सरकारले यो निर्णय नसच्याएमा आन्दोलनको आधार बन्न सक्ने छ । नेकपा प्रदेश सदस्य समेत रहेका प्रभू हजराले सरकारले निर्णय नसच्याए यही कुरा सरकार बिरुद्धको आन्दोलनको अस्त्र बन्न सक्ने बताउछन ।


मधेश आन्दोलनको इपिसेन्टर रहेको बीरगंजमा अहिले ,नाकाबन्दी र बलिदानी बीरगंजले दिने र त्यसको बदलामा राजधानी लगायतका अन्य सबै पहुचयुक्त संयन्त्रहरु पूर्वमा मात्रै हुने भन्ने प्रश्न उठन थालेको छ । यस्तो खाले प्रश्नको सहि जवाफ बेलैमा खोजिएन शान्ति र अमनको अवस्था दीगो नरहन सक्छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.