logo

समाजको तेश्रो साधरण सभा सम्पन्न अध्यक्षमा पून खनाल

      12/15/2018 गते 00 00 मा प्रकाशित     1004   पटक पढिएको

बीरगंज २९ मंसीर 
स्वतन्त्र मानव अधिकार समाजको तेश्रो साधारण सभा शनिवार बीरगंजको भूटनदेवीमा सम्पन्न भएको छ ।

पर्सा जिल्लाका न्यायधीश बद्री प्रसाद ओलीले साधारण सभाको उद्धघाटन गरेका थिए ।

 

उनले मानव अधिकारको पक्षमा काम गर्ने अभियान्ताहरुले दायित्वको बिषयलाई पनि उठाउनु पर्नेमा जोड दिए । उनले आफनो अधिकारको कुरा गर्दा अरुको अधिकार कुण्ठीत नहोस भन्ने कुराको हेक्का राखिनु पर्ने सुझाव दिए ।

 

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकका प्रतिनिधि के.सीलामिछानेले राज्यले नागरिक सामु गरेका वाचाहरु पुरा नगरेर मानव अधिकारको  उल्लंघन गरेको आरोप लगाए ।

 

उनले नागरिकको आर्थिक समाजिक तथा सास्कृतिक अधिकारको कुरा गर्दा पर्सा जिल्लाको अवस्था सन्तोषजनक नहरेको बताए । उनले मानव अधिकारको प्रत्याभूतीकालागि जिम्मेवार हुनु पर्नेमा जोड दिए ।

 

कार्यक्रममा नेपाल प्रहरीका एसपी रेवती ढकाल ,बीरगंज उधोग वाणिज्यसंघका पूर्व अध्यक्ष अशोक बैद्य दीलीप कार्की मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष अमर गौतम लगायतले साधारण सभाको सफलताको शुभकामना ब्यक्त गरेका थिए । 


तेश्रो साधारण सभामा संस्थाका महासचिवले प्रस्तुत गरेको प्रगती प्रतिवेदन तथा कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित भएको छ । सभाले पून ः कृष्ण खनालको अध्यक्षतामा नया समिति गठन गरेको छ ।
कार्यक्रको संचालन सन्तोष खनालले गरेका थिए । 

कार्यक्रममा  मानव अधिकारको क्षेत्रमा सहयोग गर्ने विभिन्न ब्यक्तिहरुलाई कदरपत्र र सममानपत्र तथा दोसल्लाले सम्मान गरिएको थियो । 

साधारण सभाले  तीन वर्षको लागि सभापति कृष्ण कुमार खनाल,उपसभापति नन्दि किशोर यादव,माहासचिव दिपक साह कानु,कोषाध्यक्ष उर्मिला देवी कुशवाहा,सचिव टङक ढकाल,सह कोषाध्यक्ष अकित जालान तथा  केन्द्रीय सदस्यमा आशिष कुमार मिस्रा,रवि परियार ,सुवोध गुप्ता ,बृजेश अग्रवाल,नितिन शाह,मुकेश सिह, तिलक साह कानु, दिनेश शराफ ,प्रकाश वाहिते ,अभिषेक साह,गुप्ता ,रामभरोस यादव र मानार्थ सदस्यमा बिणा देवी बैठा लगाायतका निविरोध चयन भएका छन् 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.