logo

पाइपलाईन बिस्तारको काम तिब्र गतीमा ,परियोजना पछि निगमको करोडौ रकम बच्ने

      12/16/2018 गते 00 00 मा प्रकाशित     1207   पटक पढिएको

बीरगंज १ पुष । 
नाकाबन्दी ताका पेट्रोलीयम पर्दाथ आपूर्तीको सकस खेपेका नेपालीकालागि मोतीहारी अमलेखगंज पाइपलाईनको निर्माण बहुप्रतिक्षीत योजनाको रुपमा रहेको छ । पेट्रोलियम पदार्थको सहज आपूर्तीकालागि निर्माण हुदै गरेको यो परियोजना समयमै सम्पन्न हुन्छ की हुदैन भन्नेमा आम नेपालीको समेत चासो देखिन्छ ।

 

मोतीहारी बाट पाइपबाटै पेट्रोलियम पदार्थ अमलेखगंज आउने यो परियोजनाको निर्माण पछि निर्वाध रुपमा पेट्रोलियम पर्दाथको आपूर्ती बिना रोकटोक हुन्छ । परियोजना बिज्ञ शरद पौडेलका अनुसार मोतीहारीबाट सिधै पाइपलाई मार्फत तेल अमलेखगंज टंयाकीमा आउछ । 

 

भारत सरकारको आर्थिक सहयोगमा निर्माण भइरहेको यो परियोजना अर्तगत भारत तर्फ मोतीहारी र सक्सौल बीचको करिव ३२ किलोमिटर दुरीमा ४ किलोमिटीर मात्र पाइप ओच्छयाउने काम  बाँकी छ । नेपाल तर्फ भने पर्सा राष्ट्रीय निकुन्ज क्षेत्रको ८ किलोमिटर दुरीमा पाइपलाई बिच्छाउन बाँकी छ ।

 

बन क्षेत्रमा रुख कटानको प्रक्रिया अगाढि बढेकोले त्याहा पनि काम छिटै हुने छ । निकुञ्ज क्षेत्रको वतावणीय प्रभाव मूल्याकन प्रतिवेदन पास भइसकेपछि छपानको काम समेत अगाडि बढेको छ ।


पर्सा राष्ट्रीय निकुञ्जका साहाक संरक्षण अधिकृत शिव नारायण साहले बनको पाइपलाई ओच्छयाउने क्षेत्रको वतावरणीय प्रभाव मूल्याकंनको काम सकिएर रुख गणना भइरहेको बताए । उनले रुखमा छपानकालागि काम भइरहेको बताए । बनले रुख कटानको अनुमती दिने बित्तिकै नेपाल तर्फको ८ किमी पाइपलाई ओच्छयाउने काम पनि सकिने अवस्था छ । 


सार्क सदस्य राष्ट्रमा पेट्रोलियम इन्धन आपूर्तिको एकाधिकार कायम राख्न भारतले पाइपलाइन विस्तारमा जोड दिदै आएको छ । भारतले नेपाल, बंगलादेश, भुटान, श्रीलंका र म्यानमारमा पाइपलाइन विस्तारलाई उच्च प्राथमिकतामा राखेको छ । नेपालको मोतीहारी अमलेखगंज पाइपलाइन बिच्छाइएर संचालनमा आएपछि निगमकोे शत प्रतिशत तेल ढुवानी खर्च बच्छ, वर्षैदेखी चलिरहेको मिसावट र चुहावट नियन्त्रण हुम्छ ।

 

यसले वतावरणको पारेको प्रदुषणलाई समेत नियन्त्रण गर्छ । परियोजना बिज्ञ पौडेलका अनुसार नेपाल आयल निगमलाई भाडा बापतको रकम बच्दा त्यसको फाइदा उपभोक्तालाई पनि हुने छ । 


नेपालको लागी लजिस्टिक र पारवहनको हिसाबले पार्ईपलाईन बिस्तार गर्नु निकै पहिल्यै आवश्यक थियो ।  अहिले ५५ प्रतिशत काम सम्पन्न भएको यो परियोजना निर्माण कार्य मार्च २०१९ भित्रमा गरिसक्ने लक्ष्य रहेको बिज्ञ पौडेलले बताए ।   

मोतिहारी अमलेखगञ्ज ६९ किमि लामो पेट्रोलियम पाइपलाइन बिछ्याउने काम गत फागुनदेखि शुरु भएको हो । 
भारतीय आयल निगमको मोतिहारी डिपोबाट उच्च क्षमताको पम्पको माध्यमबाट प्रतिघण्टा दुई लाख लिटर पेट्रोल वा डिजेल नेपाल आयल निगमको अमलेखगञ्ज डिपोसम्म वितरण गर्न सक्ने क्षमताको पाइपलाइन विस्तार भइरहेको छ ।

अमलेखगंजमा डिपोमा चार वटा भण्डारण टंयाकीको मरम्मत सम्भार पनि भइरहेको छ ।  यो परियोजनाको निर्माण पछि भारतको बिभिन्न खाले सास्तीबाट मुक्त हुन पाइने र निर्वाध पेट्रोलियम पर्दाथको आपूर्ती हुन्छ भन्ने बिश्वासका साथ यो परियोजनाको निर्माण कार्य प्रति नेपालीले चासो पनि दिएका छन  


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.