बीरगन्ज ८ पुष ।बीरगंज महानगरले सामुदायीक बिद्यालयका प्रधानाध्यापकहरुको सरुवा गरेपछि शिक्षक सम्बद्ध संगठनहरुले आन्दोलनको घोषणा गरेका छन ।
उनीहरुले पुष ९ र १० गते बिद्यालय बन्दको आव्हान गरेका छन । कतिपय बिद्यालयहरुमा बिदार्थीहरुले अद्र्धवार्षिक परिक्षा दिइरहेका छन उनीहरुको परिक्षा प्रभावित हुने गरि आव्हान गरिएको आन्दोलन वालवालिकाको शिक्षा पाउने अधिकारको खिलाफमा रहेको छ ।
आफनो हित अनुकुल नहुने बित्तिकै बिद्यालय बन्दको आव्हान गरेर सैयौ बिद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने प्राधानाध्यापकहरु र शिक्षक सम्बद्ध संघ संस्थाहरुलाई वालअधिकारको रक्षा र सम्मान गर्न अधिकारकर्मीहरुले आग्रह गरेका छन । उनीहरुले बिद्यार्थीको पढन पाउने आधारभूत अधिकारको खिलाफमा जाने कदम तत्काल रोकिनु पर्ने माँग गरेका छन ।
महानगरको शिक्षा महाशाखाले पहिलो चरणमा महानगर अन्तर्गतको ८ वटा माविका प्रधानाध्यापकहरुको सरुवा गरेको छ । बिद्यालय प्रशासन सुधार र गुणात्मक शिक्षाको वतावरण निर्माणकालागि महानगरले यस्तो कदम उठाएको हो ।
लामो समयदेखी बिद्यालयको प्राधानाध्यापकको कुर्सीमा बसेका केही ब्यक्तिहरुले महानगरको यो निर्णयलाई नमान्ने निर्णय गरेर सम्बैधानिक दायरा भन्दा बाहिर आफूलाई राख्ने कोशीस गर्दैछन । बिद्यालयलाई मठ जस्तै बनाएर आफू त्यसको मठाधिश बनेका केही प्राधानाध्यापकले आफनो स्वार्थका निम्ति कलिला वालवालिकाको हातमा प्लेकार्ड बोकाएर नाराबाजी गर्न लगाउने घृणिात काम समेत गर्न भ्याएका छन ।
महानगरले सुखचैना माविका प्रअ दिनेश चौरसियालाई रेलवे मावि, नृसिंह माविका प्रअ हरेन्द्र कुर्मी लाईत्रिजुद्ध मावि, कोन्हीया माविका प्रअ मो। मुरतुजा अंसारीलाई माईस्थान विधापीठ, बीरगन्ज रात्री माविका प्रअ पुरुषोतम मिश्रलाई सोलखपुर मावि, सुर्जीदेवीका प्रअ अनिल कुमार वर्णवाललाई नृसिंह मावि, त्रिजुद्ध माविका प्रअ नविनकुमार मिश्रलाई सुर्जीदेवी मावि , माईस्थान विधापिठका प्रअ विनोद मेहतालाई सुखचैना मावि तथा रेलवे माविका प्रअ देवशरण यादवलाई कोन्हीया माविमा सरुवा गरेको छ ।
सरुवाको विरोधमा माईस्थान विधापिठका प्रअ विनोद मेहताले विधार्थीलाई उचालेर बीरगंज महानगरका मेयर बिजय सरावगी बिरुद्ध प्रदर्शन समेत गर्न लगाए । मेयरलाई भ्रष्टाचारी भनेर लेखिएको प्लेकार्ड दिएर प्रअको सरुवा रोक्न दवाव दिने प्रधानाध्यापकहरु लाई कानुन अनुसारको कार्यवाही गर्ने मेयर सरावगीले बताएका छन ।
माइस्थान बिद्यापिठ मावि , त्रिजुद्ध मावि रेल्वे मावि लगायतका बिद्यालयहरुका प्रअहरुबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरीका चाङ परेका छन। आफू बिरुद्धको प्रमाण लोप गर्न पनि सरुवा भएका केही प्रअहरु बिद्यालय छोडन चाहीरहेका छैनन ।
बीरगन्जम महानगर भित्र रहेको शहरी भेगमा बढी शिक्षक थुप्रीने र गाउमा कोहिपनि जान नमान्ने प्रवृतीले अहिले शिक्षक दरबन्दी समायोजन कार्यपनि अगाडी बढाइएको महानगरले जनाएको छ । बीरगन्ज महानगर भित्र रहेको जम्मा ९५ वटा सामुदायिक विधालय मध्ये १९ वटा मावि तहको तथा बाकी अधारभुत विधालयमा २० हजार १ सय ८५ विधार्थी रहेका छन् ।
महानगरभरि ७ सय ५२ वटा शिक्षक मध्ये धेरैजसो शिक्षकहरु श्हर केन्द्रीत भएको र ग्रामिण भेगका विधालयमा विधार्थी अनुसारको शिषक नभएकोले दोश्रो चरणमा समायोजनको कार्य गर्ने महानगरपालिकाले जनाएको छ ।
तपाईको प्रतिक्रिया