logo

गिट्टी बालुवा निकासीमा निकुन्जको अवरोध,सेना लगाएर पैसा मागेको ठेकेदारको आरोप

      1/15/2019 गते 00 00 मा प्रकाशित     862   पटक पढिएको

बीरगंज १ माघ । 
भेडाह खोलाबाट गिट्टी बालुवाको निकासीकोलागि ठेक्का बन्दबोस्त गर्न अख्तियारी पाएको ठेकदारले निकुन्जका कारण आफूहरुलाई अप्ठयारो भएको गुनासो गरेका छन ।

निकुन्जले बिभिन्न बाहनामा गिट्टी बालुवा निकासी गर्न गएका ट्रयाक्टरहरुलाई नियन्त्रणमा लिएर सात दिन सम्म राख्ने गरेकोले ब्यवसायीहरुले आफूहरु मर्कामा परेको बताएका छन ।

गत वर्षहरुमा जिल्ला बिकास समिति पर्साले ठेक्का लगाउदै आएको थियो । त्यती बेला निकुन्जले कुनै अवरोध गरेको थिएन । तर अहलिे आएर मध्यवर्ती बन उपभोक्ता समुहलाई अगाडि सारेर निकुन्जले दुःख दिन थालेको ब्यवसायी र ठेकेदार पक्षले गुनासो गरेका छन ।


निकुन्ज र मध्यवर्ती समुहले आफनो मनलाग्दी गरि सीमा निर्धारण गरेर गिट्टी बालुवा निकासीमा अवरोध सृजना गर्दै आएका छन । इलाका बन कार्यालय सोलखपुरका बन कर्मचारीले बनको सीमानामा निकुन्ज र मध्यवर्तीका नाममा नाजायज काम भएको बताएका छन । ब्यवसायीहरुले भने अप्ठायारोमा पारेर मध्यवर्ती र निकुन्जले नाजायज रुपमा पैसा लिन खोजेको आरोप लगाएका छन ।

मध्यवर्तीका समुहका पालेले त प्रति ट्रयाक्टर तीन हजार रुपैया दिए कुरा मिल्ने बताउने गरेको ब्यवसायीले बताएका छन ।

निकासीको अख्तियारी पाएको नागेन्द्र निर्माण सेवाका संचालकले अवरोध सृजना  गर्ने काम बन्द नभए ठेक्का तोडने चेतावनी दिएका छन ।उनले निकुन्जको दादगिरीका कारण आफू मर्कामा परेको बताएका छन ।

भेडाहा खोलाबाट यो भन्दा अगाडिका वर्षहरुमा गिट्टी बालुवाको निकासी हुदै गरेको स्थानबाट अहिले उत्खनन गर्दा निकुन्जले सेना पठाएर धरपकड गर्ने गरेको छ । न्यूनतम सात दिन सम्म ट्रयाक्टर नियन्त्रणमा राख्दा ब्यवासायीहरु मर्कामा पर्ने गरेका छन ।


सेनाले पैसा माग्ने गरेको समेत निर्माण पक्षले आरोप लगाएको छ । गसतीमा आएको सेनाले प्रति ट्रयाक्टर २५ हजार मागेको आरोप ठेकेदार पक्षले लगाएको छ ।


पर्सा राष्ट्रीय निकुन्जका प्रमुख बन संरक्षण अधिकृत अमिर महर्जनले भने कसले भनेको लिएर आउनुहोस अनी कारवाही गरौला भन्ने प्रतिक्रिया दिए । मर्हजनको यस्तो प्रतिक्रियाले ब्यवासायी र निर्मँण पक्षले लगाएको आरोपलाई बल पु¥याएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.