logo

बेरोजगारी अन्त्यकालागि कृषिमा लगानी गरौः मंत्री खनाल

      1/25/2019 गते 00 00 मा प्रकाशित     1101   पटक पढिएको

माघ ११ बीरगंज । 
कृषि तथा पशुपन्छि  विकास मन्त्री चक्रमणी खनालले  देशको समृद्धिकोलागि कृषि क्षेत्रको बिकास अनिवार्य शर्त भएको बताएका छन । 

बाराको परवानिपुरमा नेपाल ककम्युनिष्ट पार्टीको प्रदेश २ को संसदीय दलले आयोजना गरेको कृषिको आधुनिकीकरणमा तीनै तहको सरकारको भूमिका’ विषय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले  कृषिमा आवश्यक बजेटको ब्यवस्था गर्न सके बढ्दो बेरोजगारी समस्या हल हुने बताए । 

 


नेपालको ठुलो जनसंख्या कृषिमा  निर्भर भएपनि केन्द्र सरकारले कृषि क्षेत्रमा छुट्याउने बजेटको मात्रा अत्यन्त  न्यून भएको उनको टिपपणी थियो । 

 

नेपाल सरकारको चालु आर्थिक  वर्षको कुल बजेट १३ खर्ब  १५  अर्व  १६ करोड १७ लाख रहेको छ  भने यसमध्ये कृषि  क्षेत्रमा  ७९ अर्व ५३ करोड बजेट  विनियोजन गरेको छ ।   नेपालमा सय जनामा  ६६ जनाले  कृषि पेशालाई मुख्य पेशा बनाएका छन् । 

 

प्रदेश नं २ मा भने  ८५ प्रतिशत जनसंख्या पूर्ण रुपमा कृषिमा निर्भर रहेको छ तर , केन्द्र  सरकारले भने  कुल बजेटको २ं दशमलव ५ प्रतिशत  मात्रै बजेट  कृषि क्षेत्रमा विनियोजन  गर्नु अत्यन्त दुखद भएको मन्त्री खनालको टिप्पणी रहेको छ ।


मंत्री खनालले नेपाल सरकारको मातहतमा रहेको अनुसन्धान केन्द्रहरु निदाएको अवस्थामा रहेको चित्रण गर्दै उनले निजी क्षेत्रको लगानीमा खुलेका अनुसन्धान केन्द्रको तुलनामा सरकारी स्वामित्वमा रहेका केन्द्रमा काम गर्ने क्रमचारीहरुले जागिर खाने मात्र काम गरेको र जनतासम्म पुग्न नसकेको भन्दै असन्तोषा जनाए ।

 

मन्त्री खनालले नेपालमा कुल कृष्क ६६ प्रतिशत र प्रदेश नम्बर २ मा ८५ प्रतिशत रहेपनि नेपाल सरकारको लगानि २ दशमलव ५ प्रतिशत मात्र रहेको प्रति चिन्ता ब्यक्त गर्दै यसलाई बढाए मात्र कृषि पेशालाई मर्यादित बनाउने सकिने जानकारी दिनुभयो ।

 
उहाँले प्रदेश नम्बर २ को सरकारलाई ब्यङ्ग गर्दै ५० प्रतिशत बजेटपनि खर्च गर्न नसक्नेलाई थप बजेट दिन आवश्यक नरहेको बताउनुभयो ।
प्रदेश नम्बर २ का सहकारी मन्त्री शैलेन्द्र साहले यस मुलुकको किसानले आफुलाई अझैपनि प्रतिष्ठित ब्यक्तीको रुपमा चिनाउन नसक्दा कृषि पेशाको विकास हुन नसकेको बताउनुभएको छ ।

उहाँले प्रदेश नम्बर २ लाई कृषिमा आत्मनिरभर नबाएसम्म यो प्रदेश सम्बृद्ध प्रदेश नबन्ने बताउदै यस प्रदेशमा कृषि तर्फ लगानी बढाउन प्रदेश सरकार विशेष योजना बनाएर अगाडी बढेको बताए । 


प्रदेश सभा प्रदेश नम्बर २ नेकपा  संसदिय दलका नेता एवम पुर्व मन्त्री सत्यनारायण  मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशका कृषि मंत्री शैलेन्द्र साह पुर्व मन्त्रि तथा प्रतिनिधी सभा सदस्य प्रभु साह,राष्ट्रीय सभाका सदस्य सुमन प्याकुरेल  प्रेदश नम्बर २ का आर्थिक मामिला राज्य मन्त्री उषा यादब लगाएत नेकपाका केन्द्सीय सदस्यहरुदस्यहरु नागेन्द्र चौधरी ,रामचन्द्र साह  निर्मला देवकोटा,बलवीर चौधरी  प्रदेश सभाका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।कार्यक्रममा क्षेत्रीय कृषि अनुसन्धन परिषद, राष्ट्रिय उखु अनुसन्धान केन्द्र, माछा सुपरजोन लगाएन कृषि क्षत्रेका विभिन्न कार्यालयहरुले आफ्ना समस्या र अवसरको बारेमा जानकारी गराएका थिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.