logo

मुख्यमंत्री स्वच्छता अभियानको शुभारम्भ बीरगंजबाट

      1/28/2019 गते 00 00 मा प्रकाशित     2185   पटक पढिएको

वीरगञ्ज १४  माघ । मुख्यमंत्री स्वच्छता अभियानको  प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सोमबार बिहान वीरगञ्जमा शुभारम्भ गरे ।

बीरगंजको घण्टाघरमा आयोजना गरिएको एक कार्यक्रममा हरिया बेलुन उडाएर मुख्यमंत्रीले अभियान शुभारम्भभ भएको घोषणा गरेका हुन  ।  स्वच्छ मधेश समृद्ध प्रदेश भन्ने नाराका साथ प्रदेश सरकारले नीति तथा कार्यक्रम मार्फत यो अभियान घोषणा गरेको थियो ।  

वीरगञ्ज महानगर प्रथम सरसफाइ महाजागरण अभियान  नाम दिइएको कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री राउतले बीरगंजलाई मुलुककै सफाइृयुक्त शहर बनाउने उद्धघोष गरे । 

बीरगंजका बिभिन्न बिद्यालयमा अध्ययनरत बिद्यार्थी ,राजनीतिक दलका नेता कार्यकर्ता ,सामाजिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको कायएक्रम मुख्यमंत्री राउतले स्कूलमा पढने पढाउनेहरु हरेक क्षेत्रमा रहेका सबैलाई यो अभियानमा सहभागि हुन अपिल गरे । 


उनले वीरगञ्ज नगरबासीलाई घरआँगन सफा राख्न आग्रह गर्दै  प्रत्येक व्यक्ति र परिवारले स्वास्थ्य र सरसफाइलाई प्राथमिकतामा राख्न सुझाव दिए । 

 

छोरी शिक्षा र सुरक्षामा बिशेष ध्यान दिएको बताउदै मुख्यमंत्री राउतले  फागुन ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले वीरगन्जबाटै बेटी पढाई बेटी बचाई  अभियानको औपचारिक शुरुवात गर्ने घोषणा गरे  ।

 

प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियानका लागि मात्रै २० करोड रुपैयाँ विनियोजन गरेको छ । प्रदेशका ८ वटै जिल्लामा सञ्चालन हुने अभियानको मुख्य उद्देश्य भनेको सरसफाइबाट स्वस्थ नागरिक उत्पादन गर्ने नै रहेको अभियानका प्रदेश संयोजक सलाउद्दिन अहमदले बताए  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.