logo

शहीदपार्क शिलान्यासको बिषय बिवादमा प्रदेश सरकारले बलमिच्याई गरेको नेकाको आरोप

      1/29/2019 गते 00 00 मा प्रकाशित     1090   पटक पढिएको

वीरगंज, १५ माघ । 
 वीरगंजको घण्टाघर स्थित रहेको वि.पी. उद्यानको जग्गामा शहीद पार्क शिलान्यास गर्ने प्रदेश सरकारको निर्णय बिादमा परेको छ । बीरगंज महानगरको स्वामित्वमा रहेको जग्गामा महानगरको सहमती बिना प्रदेश सरकारले पार्क शिलान्यास गर्न लागेकोले सरकारी कार्यक्रममाथि बिवाद शुरु भएको हो ।  

 

वीरगंज महानगरपालिकाको वडा नं. ९ स्थित १० विगाहा क्षेत्रफलमा रहेको जग्गामा बुधबार मधेशी शहीद पार्कको शिलान्यास गरिने कार्यक्रम रहेको छ । बीरगंजमा  शहीद दिवसकै दिन पारेर शहीद पार्क शिलान्यास गर्ने कार्यक्रम बिवादमा परेको छ । बीरगंज महाानगरको स्वमित्वमा रहेको बि.पी.उद्यानमा प्रदेश सरकारले शहीद पार्क बनाउने गुरु योजना बनाएको छ ।

 

 प्रदेश सरकारले चालु आर्थिक वर्षकालागि ७२ लाख रुपैया बिनियोजन गरेको छ । प्रदेश सरकारले शहीद पार्क बनाउने जमिनको स्वामित्व बीरगंज महानगरपालिका संग छ । तर सरकारले बीरगंज महानगरसंग पार्क बनाउने बिषयमा प्रक्रियागत कुनै पनि सहमती लिएको छैन । 


बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले यो बिषयमा प्रक्रिया नमिलेको बताए । उनले बीरगंज महानगरपािलकाको पहलमा सवा सय करोडको परियोजनाको बिषयमा लविङ भइरहेको बताए । उनले बीरगंज महानगरपालिकाको वोर्ड बैठकलेमात्र यो बिषयमा निर्णय लिन सक्ने बताएर महानगर उपर प्रदेश सरकारले बलमिच्याई गरेको संकेत गरे । 


०५० सालमा गिरीजा प्रसाद कोइराला सरकारले बीरगंजको घण्टाघरसंज जोडिएर रहेको यातायात संस्थानको करिब १० बिगाह जग्गा बिक्रीकालागि टेण्डर गरेको थियो । तत्कालीन नगर प्रमुख माधवलाल श्रेष्ठले टेण्डर बिरुद्ध सघर्ष गरेपछि  कोइराला सरकारले टेण्डर रद्ध गरेको थियो र त्यतीबेलै उपमहानगरले १० करोड भूक्तानी दिएको थियो ।

 

त्यतीबेला तत्कालीन वडा नं ९ का वडाध्यक्ष रहेकागोपाल गिरी पछि शाही कालमा बीरगंज उपमहानगरपालिकाको मेयर मनोनीत भएपछि उहाँकमै पहलमा जग्गा उपमहानगरको नाममा रजीष्ट्रेशन पास भयो । बि.पी उद्यान बनाउन बाहेक अन्य काम गर्न नपाइने लालपूर्जामै लेखिएको छ । तर जे प्रयोजनकालागि जमीन उपलब्ध भएको हो त्यही कुरा नामेट पार्न हुदैन ।

 

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार दिवेदी  ले लालपूर्जामै बि.पी.उद्यान बाहेक अन्य प्रयोजनमा जमिनको प्रयोग हुन नपाउने बाध्यकारी कुरा उल्लेख भएको जानकारी दिदै अन्य प्रयोजनमा जमिनको प्रयोग गरियो त्यो स्वीकार नहुने बताए । नेपाली कांग्रेसले १५ गते पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो प्रक्रिया सार्वजनीक गरेको हो ।


प्रदेश सरकारको भौतीक तथा पूर्वाधार मंत्रालय अन्र्तगत रहेको  शहरी बिकास तथा भवन कार्यालयले कार्यक्रमको निम्तो बाडी सकेको छ ।

 

 बिधि प्रक्रिया भन्दा बाहिर गएर प्रदेश सरकारले भावनालाई अगाडि सारेर बि.पी.उद्यानको जमीनमा शहीद पार्कको शिलान्यास गर्ने कुरा धेरैलाई मन परेको छैन । यो कुरा बिवादमा आएपछि शहरी बिकास तथा भवन कार्यालयm बीरगंजले माघ १५ को मितिमा आवश्यक सहयोग गर्न भन्दै बीरगंज महानगरपालिकालाई पत्र लेखेको छ ।

 

त्यही पत्रमा बीरगंज महानगरपालिकाले तत्काल बोड बैठक बस्न नसक्ने भन्दै कुनै निर्णय गर्न नसकिने जानकारी पठाएको छ । महानगरको सहमती बिना शहीद पार्कको शिलान्यासले झनै द्वण्द्व निम्तीन सक्छ । शहीद पार्कको शिलान्यास भएमा  नेपाली कांग्रेसले भने न्यायीक र राजनीतिक रुपमा लडाई गर्ने चेतावनी दिएको छ ।

 

नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार दिवेदीले आफूहरुले बिनम्रतापूर्वक आग्ह गर्दै कार्यक्रम रोक्न माग गरेका छौ बलमिच्याई गरे कानूनी र राजनीतिक रुपमा प्रतिवाद गरिने छ । उनले भने हामी द्वण्द्वको पक्षमा छैन सरकार जिम्मेवार होस भन्न चहान्छौ ” । महानगर आफैले संघ सरकारसंग १ सय २० करोड बराबरको परियोजनाको लविङ गरिरहको छ ।

 

महानगर आफैले यत्रो परियोजना अगाढि बढाइरहेको बेला प्रदेश सरकारले अनावश्यक हस्तक्षेप गरेर सम्बिधानकै खिल्ली उडाएको छ । अधिकार पाइएन भनेर कुर्लने प्रदेश सरकारको यस्तो पारालाई कसैले निको मानेका छैनन ।


वीरगंजको मुर्ली स्थित रहेको नेपाली कांग्रेस पर्साले आफनै पार्टी कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा वीरगंज महानगरपालिकाकी उपमेयर शान्ति कार्की, पूर्व सांसद राजेन्द्र बहादुर अमात्य, पूर्व मन्त्री दुर्गा देवी, पर्साका सचिव श्याम पटेल, क्षेत्रिय सभापति विजय सर्राफ, अरबिन्द गुप्ता, नेपाल पत्रकार महासंघ प्रदेश नं २ का अध्यक्ष दिपेन्द्र चौहान, उपाध्यक्ष के.सी।.लामिछानेलगायतकाको सहभागिता रहेको थियो । प्रेस युनियन, पर्साका अध्यक्ष रामनारायण कुर्मीको अध्यक्षतामा पत्रकार सम्मेलन भएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.