logo

ठोरी गाउँपालिकाको केन्द्र सर्ने निर्णय सदर घ्याङडाडाको रुप फेरिने

      1/31/2019 गते 00 00 मा प्रकाशित     944   पटक पढिएको

बीरगंज १७ माघ । एक वर्ष पछि नेपाल सरकारले ठोरी गाउँपालिकाको पहिलो गाउँपरिषदको निर्णयलाई सर्मथन दिएको छ । 


ठोरी गाउँपालिकाको पहिलो गाउँसभाले ठोरी गाउँपालिकाको वडा नं ४ को घ्याङडाडामा गाउपालिकाको केन्द्र सार्ने निर्णय गरेको थियो । यो निर्णयका बिरुद्ध वडा नं ५ सुवर्णपुरवासीले लामो समय आन्दोलन समेत गरेका थिए । 


नेपाल सकार प्रवक्त सूचना तथा प्रविधी मंत्री गोृकुल प्रसाद बास्कोटाले  माघ १४ गते नेपाल सरकार मंत्रीपरिषदले गरेको बैठकको निर्णय आज बिज्ञप्ति मार्फत सार्वजनीक गर्दै ठोरीको केन्द्र सार्ने निर्णयलाई सरकारले औपचारिक रुपमा मान्यता दिएको उल्लेख गरेका छन । 


गाउँपालिकाको केन्द्र सार्ने गाउँ सभाको निर्णय खारेज गर्न माग गर्दै सुवर्णपुवासीले कार्यालयमा तोडफोड गर्नुको साथै कार्यालयभित्रका कुर्सी, टेबल र कागजपत्र बाहिर निकालेर आगो लगाइदिएका थिए । 


नेपाल सरकारको यो निर्णयका बारेमा थाहा पाउने बित्तिकै सुवर्णपुरमा रहेको ठोरी गाउँपालिकाको कार्यालयमा स्थानीयले तालाबन्दी गरेको बताइएको छ । 


ठोरी गाउँपालिका प्रमुख पि.एल.श्रेष्ठले भने सरकारी निर्णयले ठोरीका जनतको भावनालाई सम्मान गरेको टिप्पणी गरेका छन । ठोरीका जनताको सार्वभौम मत पाएर निर्वाचित भएका जनप्रतिनिधिको बैधानिक सभाले केन्द्र सार्ने निर्णय गरेको थियो त्यो निर्णयलाई नेपाल सरकारले सदर गरेर स्वागतयोग्य काम गरेको उनले बताए ।

 

सुवर्णपुर प्रति कुनै बैरभाव छैन  तर ठोरीका सबै जनताको पहुचमा केन्द्रलाई पु¥याउने कोशीस अन्र्तगत अलीक वीचभागमा केन्द्र पार्ने प्रयास गरिएको उनले बताए । उनले केन्द्र जनतालाई सेवा दिने थलो हो त्यसैले सबै जनतालाई समान सेवा दिन सरकारको यो निर्णयले सहज बनाएको टिप्पणी गरे । 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.