logo

राष्ट्रीय गौरवको आयोजना हुलाकी राजमार्ग नेतृत्व बिहिन , निर्माणको काम कछुवाको गतीमा

      2/1/2019 गते 00 00 मा प्रकाशित     1043   पटक पढिएको

बीरगंज १८ माघ । 
राष्ट्रीय गौरवको योजनाको रुपमा रहेको हुलाकी राजमार्ग निर्माणको काम निकै ढिलासुस्तीमा हुदैछ ।

पर्सा जिल्लाको बीरगंज ठोरी सडक खण्डको ६० किलोमिटर सडक निर्माणकालागि दुईवटा निर्माण कम्पनीले ठेक्का लिएका छन ।

बीरगंजको प्रतिमाचोक देखी ३० किलोमिटर सम्मको ठेक्का पप्पु अमर कनटेक जेभीको जिम्मामा छ भने वाँकी ३० किलोमिटरको सडक निर्माणको जिम्मा बनीया र कालिका कन्सटकसनको रहेको छ । २ अर्व ११ करोड ८९ लाखमा ०७४ मंसीर १ गते ठेक्का सम्झौता भएको हो ।

 

हाल सममको कामको भौतीक प्रगती भने १३ प्रतिशत मात्र रहेको छ भने आर्थिक निकासा १७ प्रतिशत रहेको हुलाकी सडक परियोजनाको कार्यालय बीरगंज प्रमुख अनुठालाल पटेल बताए । उनले हुलाकी सडक र पुलहरुको निर्माण कार्य सन्तोषजनक रहेको बताए ।

प्रतिनिधि सभाको बिकास तथा प्राविधिक समितिले शुक्रवारबाट हुलाकी राजमार्ग निर्माणको स्थलगत अनुगमन शुरु गरेको छ । त्यसको पहिलो शुरुवात बीरगंजमा आयोजना गरिएको अन्तरक्रियामा पटेलले यस्तो जानकारी दिएका हुन । उनले सन्तोष ब्यक्त गरे पनि परियोजना निकै सुस्त रहेको छ । 

 


बीरगंज देखी ठोरी सम्म ६० किलोमिटर सडक निर्माँणकालागि बिभिन्न समस्याहरु पनि रहेका छन । बीरगंजको प्रतिमा चोक देखी तिलावे पुलसम्म सरकारको मुआव्जा नदिने नीति छ । तर स्थानीयहरुले मुआब्जा नदिइ काम गर्न नदिने अडान लिए पनि सडकको मध्यबिन्दुबाट दाया बाया १२ मिटर कायम गरि काम शुरु भएको छ । त्यस्तै बहुवरवा भाठामा मुआव्जा निर्धारणमा बिवाद छ र स्थानीयले काम गर्न नदिने अडान लिएका छन । सुवर्णपुर खण्डमा पहिला लालपूर्जा थिएन ।

 

पछि सरकारले लालपूर्जा बितरण गरेपछि स्थानीयले मुआव्जा दावी गरेका छन । यो समस्या पनि जस्ताको तस्तै छ । बीरगंजमा रहेको हुलाकी सडक कार्यालयले मुआव्जका समस्याहरुलाई मात्र हेर्छ । तर त्यसले मुआब्जा सम्बन्धी समस्या पनि हल गर्न सकेको छैन ।

 

ओढारमा पुलको निर्माण नै सडक भन्दा पर गरिएको त्यसले  किसानको धेरै जमीनलाई नोक्सानी पारेको ठोरी गाउँपालिका वडा नं ३ ओढारका गंगा बहादुर खडका ले बताए उनले जनताको जमीनको मुआव्जा दिन र गलत डिजाईन गर्ने र निर्माण गर्ने ठेकेदारलाई कारवाही गर्न समेत समिति समक्ष माग गरे ।


तराई मधेशको समृद्धिको आधार । तराइको लाइफलाईनको  रुपमा रहेको हुलाकी राजमार्ग मुलुकले गौरव गर्न लायक ठानिएको राष्ट्रीय गौरवका योजना” अन्र्तगत पर्दछ ।

 

राष्ट्रीय गौरवको योजनाको हुलाकी राजमार्ग निर्माण भइरहेको ठाउमा भने त्यसको गुणात्मकता ,निर्माणको गती,अन्य समस्याको समाधानकालागि पहल गर्ने गरि सरकारले संयान्त्र नै खडा गरेको छैन । नेतृत्वबिहिन अवस्थामा रहेको हुलाकी सडक परियोजनाको यो अवस्थाको कारण नै सरकारी अर्घेल्याई हो । 

 


पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले परियोजना हेर्ने जिम्मेवार कार्यालय यही भएको भए काम गर्न सजिलो हुने सुझाव दिए । सरकारले ठेक्का लगाएका भौतीक निर्माणका परियोजनाहरु बिरलै मात्र समयसीमा भित्र सकिएका छन । त्यसमाथि पप्पुले काम हात पारेको छ भने समसमा काम नसक्ने मानक बनाउनेमा उसको नाम समावेश छ ।

तर सरकारले राज्यकोषबाट सेवा सुविधा दिएर राखेका अड्डा र कर्मचारीहरुले ति परियोजनाहरु बेलैमा सक्नकालागि कुनै योगदान नदिएको देख्दा ति कर्मचारीहरुले राज्यको सेवा गरेका छन की ठेकेदारको तावेदारी भन्ने प्रश्न उठन थालेको छ ।

 

तर समितिका सभापति कल्याणी खडकाले अनुगमन पछि के देखिन्छ त्यसका आधारमा काम गर्ने बताउनु भयो ।कार्यक्रममा समितिका सदस्यहरु प्रभू साह,सरला यादव मिनाक्षी झा रमेश पटेल लगायतका संघीय संसदका सदस्य तथा प्रदेश सभाका सदस्यहरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा नेकपाका नेता नागेन्द्र चौधरी ,पत्रकारहरु के.सी.लामिछाने,श्याम बन्जारा र उपेन्द्र ठाकुर लगायतले जिज्ञासा राखेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.