logo

राष्ट्रीय गौरवको आयोजना हुलाकी राजमार्ग नेतृत्व बिहिन , निर्माणको काम कछुवाको गतीमा

      2/1/2019 गते 00 00 मा प्रकाशित     1127   पटक पढिएको

बीरगंज १८ माघ । 
राष्ट्रीय गौरवको योजनाको रुपमा रहेको हुलाकी राजमार्ग निर्माणको काम निकै ढिलासुस्तीमा हुदैछ ।

पर्सा जिल्लाको बीरगंज ठोरी सडक खण्डको ६० किलोमिटर सडक निर्माणकालागि दुईवटा निर्माण कम्पनीले ठेक्का लिएका छन ।

बीरगंजको प्रतिमाचोक देखी ३० किलोमिटर सम्मको ठेक्का पप्पु अमर कनटेक जेभीको जिम्मामा छ भने वाँकी ३० किलोमिटरको सडक निर्माणको जिम्मा बनीया र कालिका कन्सटकसनको रहेको छ । २ अर्व ११ करोड ८९ लाखमा ०७४ मंसीर १ गते ठेक्का सम्झौता भएको हो ।

 

हाल सममको कामको भौतीक प्रगती भने १३ प्रतिशत मात्र रहेको छ भने आर्थिक निकासा १७ प्रतिशत रहेको हुलाकी सडक परियोजनाको कार्यालय बीरगंज प्रमुख अनुठालाल पटेल बताए । उनले हुलाकी सडक र पुलहरुको निर्माण कार्य सन्तोषजनक रहेको बताए ।

प्रतिनिधि सभाको बिकास तथा प्राविधिक समितिले शुक्रवारबाट हुलाकी राजमार्ग निर्माणको स्थलगत अनुगमन शुरु गरेको छ । त्यसको पहिलो शुरुवात बीरगंजमा आयोजना गरिएको अन्तरक्रियामा पटेलले यस्तो जानकारी दिएका हुन । उनले सन्तोष ब्यक्त गरे पनि परियोजना निकै सुस्त रहेको छ । 

 


बीरगंज देखी ठोरी सम्म ६० किलोमिटर सडक निर्माँणकालागि बिभिन्न समस्याहरु पनि रहेका छन । बीरगंजको प्रतिमा चोक देखी तिलावे पुलसम्म सरकारको मुआव्जा नदिने नीति छ । तर स्थानीयहरुले मुआब्जा नदिइ काम गर्न नदिने अडान लिए पनि सडकको मध्यबिन्दुबाट दाया बाया १२ मिटर कायम गरि काम शुरु भएको छ । त्यस्तै बहुवरवा भाठामा मुआव्जा निर्धारणमा बिवाद छ र स्थानीयले काम गर्न नदिने अडान लिएका छन । सुवर्णपुर खण्डमा पहिला लालपूर्जा थिएन ।

 

पछि सरकारले लालपूर्जा बितरण गरेपछि स्थानीयले मुआव्जा दावी गरेका छन । यो समस्या पनि जस्ताको तस्तै छ । बीरगंजमा रहेको हुलाकी सडक कार्यालयले मुआव्जका समस्याहरुलाई मात्र हेर्छ । तर त्यसले मुआब्जा सम्बन्धी समस्या पनि हल गर्न सकेको छैन ।

 

ओढारमा पुलको निर्माण नै सडक भन्दा पर गरिएको त्यसले  किसानको धेरै जमीनलाई नोक्सानी पारेको ठोरी गाउँपालिका वडा नं ३ ओढारका गंगा बहादुर खडका ले बताए उनले जनताको जमीनको मुआव्जा दिन र गलत डिजाईन गर्ने र निर्माण गर्ने ठेकेदारलाई कारवाही गर्न समेत समिति समक्ष माग गरे ।


तराई मधेशको समृद्धिको आधार । तराइको लाइफलाईनको  रुपमा रहेको हुलाकी राजमार्ग मुलुकले गौरव गर्न लायक ठानिएको राष्ट्रीय गौरवका योजना” अन्र्तगत पर्दछ ।

 

राष्ट्रीय गौरवको योजनाको हुलाकी राजमार्ग निर्माण भइरहेको ठाउमा भने त्यसको गुणात्मकता ,निर्माणको गती,अन्य समस्याको समाधानकालागि पहल गर्ने गरि सरकारले संयान्त्र नै खडा गरेको छैन । नेतृत्वबिहिन अवस्थामा रहेको हुलाकी सडक परियोजनाको यो अवस्थाको कारण नै सरकारी अर्घेल्याई हो । 

 


पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले परियोजना हेर्ने जिम्मेवार कार्यालय यही भएको भए काम गर्न सजिलो हुने सुझाव दिए । सरकारले ठेक्का लगाएका भौतीक निर्माणका परियोजनाहरु बिरलै मात्र समयसीमा भित्र सकिएका छन । त्यसमाथि पप्पुले काम हात पारेको छ भने समसमा काम नसक्ने मानक बनाउनेमा उसको नाम समावेश छ ।

तर सरकारले राज्यकोषबाट सेवा सुविधा दिएर राखेका अड्डा र कर्मचारीहरुले ति परियोजनाहरु बेलैमा सक्नकालागि कुनै योगदान नदिएको देख्दा ति कर्मचारीहरुले राज्यको सेवा गरेका छन की ठेकेदारको तावेदारी भन्ने प्रश्न उठन थालेको छ ।

 

तर समितिका सभापति कल्याणी खडकाले अनुगमन पछि के देखिन्छ त्यसका आधारमा काम गर्ने बताउनु भयो ।कार्यक्रममा समितिका सदस्यहरु प्रभू साह,सरला यादव मिनाक्षी झा रमेश पटेल लगायतका संघीय संसदका सदस्य तथा प्रदेश सभाका सदस्यहरुको सहभागिता रहेको थियो ।

 

कार्यक्रममा नेकपाका नेता नागेन्द्र चौधरी ,पत्रकारहरु के.सी.लामिछाने,श्याम बन्जारा र उपेन्द्र ठाकुर लगायतले जिज्ञासा राखेका थिए ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

निजगढ नगरपालिका–९ पश्चिम लच्कामा  मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

निजगढ ।  पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको निजगढमा बुधवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको छ ।

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

खेलकुद

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.