logo

पाँच वर्षीया वालिका बलात्कार काण्डका फरार अभियुक्त गिरफ्तार

      2/1/2019 गते 00 00 मा प्रकाशित     1342   पटक पढिएको

बीरगंज १८ माघ  । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पकाहा मैनपुर गाउपािलका वडा नं १ धोरेका २२ वर्षिय देवकुमार यादवलाई पर्सा प्रहरीले गिरफतार गरेको छ ।

 

उनलाई धोरे गाउँमै लुकीछिपी बसीरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको हो । पटेल बिरुद्ध प्रहरीले कारवाही प्रकृया अघि बढाएको जनाएको छ । पटेलले गत पुस १६ गते सोही गाउँपालिका वडा नम्बर १ का पाँच बर्षीया बालिकालाई बलात्कार गरी फरार भएका थिए ।

 

एक महिना पछि पटेललाई पक्राउ गर्न प्रहरी  सफल  भएको डिएसपी  अनन्त शर्माले बताए । बालिका बलात्कार गरे लगतै भारततर्फ प्रवेश गरेका कारण उनलाई पक्राउ गर्न एक महिना लागेको डिएसपी  शर्माले बताए ।

पटेललाई जिल्ला अदालत पर्साबाट म्याद थप गरी आवश्यक कारवाहीको प्रकृया अगाडी बढाइएको शर्माको भनाइ छ ।

पटेलले बालिकालाई चकलेट दिने लोभ देखाएर घरमा लगेर जबरजस्ती करणी गरी फरार भएका थिए ।

 

  बलात्कारपछि गम्भिर घाइते बालिकालाई अस्पताल ल्याउन खोज्दा पटेल परिवारले घटनालाई सामसुम बनाउन दवाब दिएका थिए । बालिकाको स्वास्थ्य परिक्षण गर्दा जबरजस्ती करणीको रिपोर्ट आएको प्रहरीले जनाएको छ ।

 

डा. प्रिती यादवले जबरजस्ती करणी भएको प्रमाणित गरिसकेपछि पनि दलका कतिपय स्थानीय नेताले मुद्धा दर्ता नगराउन दवाव दिएको पीडित पक्षले जनाएको छ । पटेललाई छुटाउन पटेल परिवारले  ठूलो आर्थिक चलखेल गरिरहेको पीडित परिवारको आरोप छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.