logo

जीपीको नाउमा खेल नगरौ,जग्गा हाम्रो हो महानगर 

      2/12/2019 गते 00 00 मा प्रकाशित     2798   पटक पढिएको

वीरगन्ज,२९ माघ  ।
महानगरपालिकाको स्वामित्वमा रहेको जग्गामा गिरिजा प्रसाद कोइराला फाउन्डेशन समुदघाटन कार्यक्रम नर्गन महानगरपालिकाले नेपाली कांग्रेस पर्सा र फाउन्डेशनलाई छुटाछुटै पत्राचार गरेको छ ।

 

नगर प्रमुख विजय कुमार सरावगीले नेपाल कांग्रेस जिल्ला कार्यसमिति पर्साको नाउमा गरेको   पत्राचारमा महानगरपालिकाको  स्वामित्वमा रहेको जग्गामा पार्टीका र्शीर्षस्थ नेताहरुलाई समेत आमन्त्रण गरी समुदघाटन गर्ने कार्यक्रम तय गरिनुले नेताहरु समेतलाई विवादमा पार्ने कुरालाई दुष्टिगत गरी उक्त स्थानमा कुनैपनि कार्यक्रम नगर्न आग्रह गरिएको छ  ।


 यसैगरी महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्म कुमार भूसालले जी पि कोइराला फाउन्डेशन परिवार वीरगन्ज पर्सालाई पत्राचार गरि महानगरपालिकाको स्वीकृती बिना कुनैपनि कार्यक्रम नगर्न अनुरोध गरेका छन ।फाउन्डेशनका पर्सा जिल्ला संयोजक महम्मद साहबुद्धिनलाई माघ २९ गते लेखिएको पज्ञमा जी पी कोईराला फाउन्डेशन परिवार वीरगन्ज पर्साले फागुन ४ गते  राखेको समुदघाटन कार्यक्रमको व्यहोरा निमन्त्रण कार्ड मार्फत अवगत भएको र उक्त भवन रहेको जग्गा साविक वी,म न पा १३ एवम हाल वडा नम्बर १०मा पर्ने कित्ता प्लट न ८१७ हाल कित्ता न १८ र कित्ता न ५३को जग्गा ०–१–० महानगरपालिकाको स्वामित्वमा रहेकोले महानगरपालिकाको स्वीकृती बेगर कुनैपनि प्रकारको उपयोग गर्ने अधिकार कुनै संघसंस्था एवम व्यत्तिलाई नहुने व्यहोरा अवगत गराइन्छ भनिएको छ  ।

जिल्ला प्रशासन कार्यालय पर्सालाई बोद्यार्थ समेत गरिएको उक्त पत्रमा सो कार्यक्रम आयोजना गरिएको सम्बन्धमा महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको जानकारी गराउदै उक्त जग्गामा कार्यक्रम नगर्नुहुन दुबै पत्रमा उल्लेख गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.