logo

अनधिकृत रुपमा  पाँच महिनादेखी मोटरसाइकल प्रहरी नियन्त्रणमा 

      2/15/2019 गते 00 00 मा प्रकाशित     917   पटक पढिएको

बीरगंज ३ फाल्गुन । 
बिगत  पाँच महिना देखी प्रहरीले अनधिकृत रुपमा नागरिकका दुईथान मोटरसाइकिल आफनो नियन्त्रणमा राखेको छ । भदौ २२ गते बीरगंजको बसपार्कमा प्रहरीले ९ सय ६६ ग्राम ब्राउन सुगरसहित मोटरसाइकल नियन्त्रणमा लिएको दावी गरेको थियो ।

 

बीरगंज बसपार्कका प्रहरी नायव उपरिक्षक बैद्यनाथ दासको दावी अहिले पनि यस्तै रहेको छ । तर प्रहरीले ति दुवै मोटरसाइकलका बारेमा कहि कतै केही उल्लेख गरेको पाइदैन । 


पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं २ का जयराम कुमारको नाममा दर्ता रहेको ना २९ प ७३४८ नम्बरको मोटरसाइकल मार्फत उनी आफै शिक्षक सेवा आयोगको परिक्षा दिन पोखरा जादै थिए ।

 

बीरगंजको बसपार्कमा मोटरसाइकल रोकी एक छेउमा मकै खाइरहेको अवस्थामा सादा पोशाकका मान्छेहरुले आफनो खल्ती जोरजवरजस्ती छाम्न खोज्दा प्रतिवाद गरेको र त्यसकै रिसमा उनलाई ब्राउन सुगर हालेर फसाइएको  रामका पिता बिहारी रामको दावी छ ।

 

रामलाई नियन्त्रणमा लिएर प्रहरीले गाडीमा तीन घण्टा घुमाएपछि होटेलमा लगेर जोरजुलुम गरि मुचुल्का बनाएको उनले दावी लिएका छन । 

 

    प्रहरीले राम र उनका साथी बालकिशोर दास थारुलाई होटेलको कोठाबाट सामेतको दावी लिएर अदालतमा मुद्धा गरेको देखिन्छ । प्रहरीले ब्राउन सुगर सहित नियन्त्रणमा लिएको मोटरसाइकललाई दशी प्रमाणका रुपमा पेश गरेको पनि छैन ।

 

प्रहरीले दासले चढेको बा ५२ प २५०४ को प्यासन प्रो मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ ।  प्रहरीका आधिकारीक दस्तावेजमा समेत मोटरसाइकलका बारेमा केही उल्लेख भएको पाइदैन । प्रहरीले मोटरसाइलक बरामद नभएको जिकीर लिएको छ ।

 

तर रामको नाममा रहेको मोटरसाइकल करिव साढे पाँच महिना देखी बीरगंज बसपार्कको प्रहरी कार्यालयमा रहेको छ । नागरिकको धनको रक्षा गर्ने प्रहरीले अनधिकृत रुपमा मोटरसाइकल कब्जामा लिएको बिषयमा गृहमंत्रालयले समेत चासो लिएको छ ।

 

मंत्रालयले यो बिषयमा अनुसन्धान गर्ने जनाएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा हुनु त्यसलाई दशीको रुपमा प्रस्तुत नगर्नु र घटना स्थल होटललाई देखाइएको कुराले प्रहरीको कार्यसम्पादनमा प्रश्न उठाउन थालिएको छ । 


    रामका पिता बिहारी रामले कार्यालयले लिखित रुपमा मोटरसाइकल आफूलाई बुझाउनु पर्ने शर्त राखेपछि प्रहरीले त्यसो गर्न मानेको छैन । उनले पर्साका प्रमुख जिल्ला अधिकारीलाई सम्बोधन गरेर जिल्ला प्रशासन कार्यालय मार्फत मोटरसाइकल उपलब्ध गराउन माँग गरेपनि जिल्ला प्रशासन कार्यालय पर्साले त्यसो गर्न नमिल्ने भन्दै फर्काइदिएको उनले बताए । प्रहरीले भने कोही दावी गर्न नआएकोले मोटरसाइकल राखिएको तर्क गरेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.