logo

पदाधिकारीको शपथग्रहणमा बिद्यालय बन्द गाउँपालिका मुकदर्शक

      2/15/2019 गते 00 00 मा प्रकाशित     914   पटक पढिएको

बीरगंज ३ फाल्गुन । 
शिक्षक महासंघका निर्वाचित भएका शिक्षक नेताहरुको शपथ ग्रहण कार्यक्रमकालागि बिद्यालयहरु बन्द हुने भएका छन ।

 

ठोरी गाउँपालिकाको शिक्षक महासंघमा निर्वाचित भएका शिक्षकहरुको शपथ ग्रहण कार्यक्रममा सामुदायिक बिद्यालयका सबै शिक्षकहरुलाई उपस्थित हुन महासंघले निर्देशन दिएपछि बिद्यालयहरु बन्द हुने अवस्था सृजना भएको हो ।


बिद्यालयको अध्यापन प्रभावित हुने गरि नेपाल शिक्षक महासंघ ठोरीले आइतवारका दिन शपथ ग्रहण कार्यक्रम राखेको छ ।

बिदाको दिन मिलाएर कार्यक्रम राख्दा बिद्यार्थीको आधारभूत अधिकारको सम्मान हुने थियो तर शिक्षक महासंघले सबै बिद्यालयका सबै शिक्षकहरुलाई कार्यक्रममा सहभागि हुन उर्दी जारी गरेर गाउँपालिका,प्रदेश सरकार र संघीय सरकारको अधिकारमाथि नै धावा बोलेको छ ।

 

बिद्यालयलामा छुट्टी दिने अख्तियारी नभएको महासंघले बिद्यालयलाई शिक्षक मुक्त बनाएर वालवालिकाको अधिकार उल्लंघन गरिरहेको छ । ठोरी गाउँपालिकाका भित्रका बिभिन्न बिद्यालयमा अध्ययनरत सैयौ बिद्यार्थीको अध्ययन अलपत्र हुदा समेत गाउँपालिका भने कानमा तेल हालेर बसेको छ ।

 

गाउँपालिका नेतृत्व नै बिद्यार्थीको शिक्षा पाउने अधिकारको प्रत्याभूतीमा उदासिन भएकोले महासंघले बलमिच्याई गर्ने काम गरेको बुद्धिजीवीहरुको टिप्पणी छ ।

 

गाउँ पालिकाले समेत बिदाको दिनमा कार्यक्रम आयोजना गर्ने वतावरण बनाएर बिद्यालय ब्यवस्थित संचालनकालागि वतावरण बनाउन सक्थ्यो तर बिद्यार्थीको भविष्य प्रति शिक्षक महासंघ जस्तै गैरजिम्मेवार भएको गाउँपालिका समेत मुकदर्शक बनेको छ ।
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.