logo

कृपा दैनिकको १८ औं बार्षिकोत्सव सम्पन्न,पत्रकार समाजप्रति सकारात्मक हुनुपर्छः मैनाली 

      2/16/2019 गते 00 00 मा प्रकाशित     768   पटक पढिएको

कोल्भी,४ फागुन । बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनीकले शनिबार आफ्नो १८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । 
    कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूत मैनालीले पत्रकारहरु जहिले पनि समाजप्रति सकरात्मक हुनुपर्ने बताए  ।

 

उनले पत्रकार भन्ने बित्तीकै नकरात्मक सोच राख्नु पर्ने  मानसितकताबाट माथि उठ्न पनि आग्रह गरे । दैनीकका प्रधानसम्पादक नवराज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल कम्यूनिष्ट  पार्टीका केन्द्रीय सदस्य बलबीर चौधरी, प्रदेश सभा सदस्य रबिराज दंगाल,कोल्भी नगरपालिकाका मेयर भरत भण्डारी,निजगढ नगरपालिकाकी उपमेयर लीलादेवी लामिछाने खनाल ,कोल्भी उधोग बाणिज्य संघका अध्यक्ष महेश कुमार साह,साना किसान सहकारी संघका बिश्वनाथ चौधरी,नेपाल बाणिज्य संघका डुण्डीराज उप्रेती,नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ कासदस्य भोजराज भट्टराई,जीतलाल श्रेष्ठ,नेपाल आदिवासी जनजाती महासंघ तथा काब्य पब्लिकेशनका अध्यक्ष दुष्यन्त चौधरी लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
ठाकुर र मेहता सम्मानित

यसैबीच कृपा दैनिकले स्थापना गरेको उमादेवी स्मृति कृयाशिल पत्रकािरता पुरस्कारबाट यस बर्ष कान्तिपुर टिभीमा बाराबाट कार्यरत पत्रकार  उपेन्द्र ठाकुरलाई प्र्रदान गरिएको छ । रु. ३० हजार राशीको उक्त पुरस्कार रकम कार्यक्रमका प्रमुख अतिथि अच्यूत मैनालीले प्रदान गरेका हुन ।

 

आफूले पाएको रकम बाराको निजगढमा रहेको मामाघर नेपालका आश्रित बालिबालिकाहरुका लागि सहयोग गर्ने पत्रकार ठाकुरले घोषणा गरे । त्यसरी नै चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बाराको सिम्रौनगढका प्रतीक दैनिकका पत्रकार रामेश्वर मेहतालाई सम्मान गरिएको छ ।

 

रु. पाँच हजार राशीको उक्त पुरस्कार पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालका पिताको  स्मृतिमा २०६८ सालमा स्थापना गरिएको हो भने उमादेवी पुरस्कार पत्रिकाका प्रधानसम्पादक नवराज उपाध्यायकी धर्मपत्नी उमादेवीको नाउँबाट २०७२ सालमा स्थापना गरिएको हो । 


    कार्यक्रममा बाराका बरिष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठकी धर्मपत्नी मायाँ श्रेष्ठको उपचारका लागि रु. १५ हजार र बाराकै करैयाका स्थानीय समिर चौधरीलाई रु.१० हजार प्रदान गरिएको छ । पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा पत्रिका सम्पादक कमल कुमार उपाध्यायले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.