logo

कृपा दैनिकको १८ औं बार्षिकोत्सव सम्पन्न,पत्रकार समाजप्रति सकारात्मक हुनुपर्छः मैनाली 

      2/16/2019 गते 00 00 मा प्रकाशित     874   पटक पढिएको

कोल्भी,४ फागुन । बारा जिल्लाको सबैभन्दा पहिलो कृपा दैनीकले शनिबार आफ्नो १८ औं बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको छ । 
    कार्यक्रमलाई संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूत मैनालीले पत्रकारहरु जहिले पनि समाजप्रति सकरात्मक हुनुपर्ने बताए  ।

 

उनले पत्रकार भन्ने बित्तीकै नकरात्मक सोच राख्नु पर्ने  मानसितकताबाट माथि उठ्न पनि आग्रह गरे । दैनीकका प्रधानसम्पादक नवराज उपाध्यायको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाल कम्यूनिष्ट  पार्टीका केन्द्रीय सदस्य बलबीर चौधरी, प्रदेश सभा सदस्य रबिराज दंगाल,कोल्भी नगरपालिकाका मेयर भरत भण्डारी,निजगढ नगरपालिकाकी उपमेयर लीलादेवी लामिछाने खनाल ,कोल्भी उधोग बाणिज्य संघका अध्यक्ष महेश कुमार साह,साना किसान सहकारी संघका बिश्वनाथ चौधरी,नेपाल बाणिज्य संघका डुण्डीराज उप्रेती,नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ कासदस्य भोजराज भट्टराई,जीतलाल श्रेष्ठ,नेपाल आदिवासी जनजाती महासंघ तथा काब्य पब्लिकेशनका अध्यक्ष दुष्यन्त चौधरी लगायतले शुभकामना मन्तब्य राखेका थिए । 
ठाकुर र मेहता सम्मानित

यसैबीच कृपा दैनिकले स्थापना गरेको उमादेवी स्मृति कृयाशिल पत्रकािरता पुरस्कारबाट यस बर्ष कान्तिपुर टिभीमा बाराबाट कार्यरत पत्रकार  उपेन्द्र ठाकुरलाई प्र्रदान गरिएको छ । रु. ३० हजार राशीको उक्त पुरस्कार रकम कार्यक्रमका प्रमुख अतिथि अच्यूत मैनालीले प्रदान गरेका हुन ।

 

आफूले पाएको रकम बाराको निजगढमा रहेको मामाघर नेपालका आश्रित बालिबालिकाहरुका लागि सहयोग गर्ने पत्रकार ठाकुरले घोषणा गरे । त्यसरी नै चन्द्रप्रसाद खनाल स्मृति पत्रकारिता पुरस्कारबाट बाराको सिम्रौनगढका प्रतीक दैनिकका पत्रकार रामेश्वर मेहतालाई सम्मान गरिएको छ ।

 

रु. पाँच हजार राशीको उक्त पुरस्कार पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालका पिताको  स्मृतिमा २०६८ सालमा स्थापना गरिएको हो भने उमादेवी पुरस्कार पत्रिकाका प्रधानसम्पादक नवराज उपाध्यायकी धर्मपत्नी उमादेवीको नाउँबाट २०७२ सालमा स्थापना गरिएको हो । 


    कार्यक्रममा बाराका बरिष्ठ पत्रकार सत्यप्रकाश श्रेष्ठकी धर्मपत्नी मायाँ श्रेष्ठको उपचारका लागि रु. १५ हजार र बाराकै करैयाका स्थानीय समिर चौधरीलाई रु.१० हजार प्रदान गरिएको छ । पत्रिकाका कार्यकारी सम्पादक कृष्णउदास खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा पत्रिका सम्पादक कमल कुमार उपाध्यायले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.