logo

 भब्य कलश यात्रा, महायज्ञको प्रारम्भ,मानिसमा क्रान्तिकारी अध्यात्मीक  चिन्तन बढ्छः पाण्ड्या 

      3/3/2019 गते 00 00 मा प्रकाशित     851   पटक पढिएको

वीरगञ्ज, १९ फागुनः

वीरगञ्जमा आजदेखि अश्वमेध गायत्री महायज्ञ शुरु भएको छ । महायज्ञको देव सँस्कृति विश्वविद्यालयका कुलाधिपति एवं अखिल विश्व गायत्री परिवारका अध्यक्ष डा प्रणव पाण्ड्याले महायज्ञको उद्घाटन गरे ।

खराब मौसमका कारण राष्ट्रपति विद्यादेवी भण्डारी आउन नसकेपछि महायज्ञको उद्घाटन डा. पाण्ड्याले गरेका हुन  । महायज्ञ मुल आयोजक समितिका अध्यक्ष डा उपेन्द्र महतोले राष्ट्रपति विद्या भण्डारीले पठाएको सन्देश पढेर सुनाएका थिए  ।

सन्देशमा भण्डारीले महामन्त्र, वेदमन्त्र, गायत्री मन्त्रको उपासनाका साथ हुने अश्वमेध महायज्ञले जीवन मुल्य र अत्याध्म अनुशासन कायम गर्ने विश्वास व्यक्त गरिएको छ ।


    महायज्ञको उद्घाटन गर्दै डा. पाण्ड्याले गायत्री मन्त्रोच्चारण सहित हुने महायज्ञले मानिसमा क्रान्तिकारी अध्यात्मीक  चिन्तन बढ्ने बताउनु भयो । त्यस अवसरमा पाण्ड्यालाई नेपाली टोपी र रुद्राक्षको माला लगाएर सम्मान गरिएको थियो । 


    २ सय ५१ कुण्डीय भव्य यज्ञशाला निर्माण गरिएको महायज्ञमा देव सँस्कृति दर्शाउने प्रदर्शनी राखिएको छ । शान्तिकुञ्ज हरिद्वारबाट आएका पुरोहित तथा साधकहरुले वैदिक मन्त्रको साथमा ४ दिनसम्म हवन यज्ञ गर्नेछन् ।

युग संगीत, सत्सँग एवं साँस्कृतिक कार्यक्रमका साथै १६ प्रकारका सँस्कार निःशुल्क गर्ने व्यवस्था मिलाईएको छ । पुस्तक मेला, चित्र प्रदर्शनी समेत राखिएको छ ।
    महायज्ञको पहिलो दिन आज विशाल कलश यात्रा समेत निकालिएको थियो ।

यात्रामा नगर तथा बिदेशबाट आएका उल्लेख्य महिलाहरुले सहभागिता जनाएका थिए । महायज्ञ चार दिन सम्म चल्ने छ । बीरगंज महानगर क्षेत्रमा चारदिनसम्म माछा, मासुमा प्रतिबन्ध लगाइनुको साथै विद्यालयहरु पनि पूर्णरुपले बन्द गरिएको छ ।

यज्ञमा सहभागीहरुको स्वागत यज्ञ आयोजक समितिका संयोजक तथा बीरगंज महानगरपालिकाका प्रमुख बिजय सरावगीले गरेका थिए । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.